चेतना अनलाइन
घोराही, २८ जेठ घोराही उपमहानगरपालिकाले वडा नम्बर २ को बलामपुर गाउँमा खानेपानीको धारा घरघरमा पु¥याएको छ ।
लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको ससर्त अनुदानको रकमबाट घोराही उपमहानगरपालिकाले बलामपुर गाउँमा खानेपानी आयोजनाका लगानी गरेको थियो । उक्त आयोजना सम्पन्न भएपछि नगर प्रमुख नरुलाल चौधरीले बुधबार उद्घाटन गर्नुभयो । डिपबोरिङ मार्फत पानी निकालेर ट्यांकीमा जम्मा गरि ९० घरमा खानेपानी पु¥याईएको छ । बलामपुरका सबै घरमा धारा बनाइएको छ ।
प्रदेश सरकारले ससर्त मार्फत उपलब्ध गराएको ३० लाख रुपैयाँ मध्य २७ लाख ४८ हजार रुपैयाँ खर्चको शहरी विकास पूर्वाधार महाशाखा प्रमुख सिनियर डिभिजनल इन्जिनियर युवराज पौडेलले जानकारी दिनुभयो । बलामपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष लालबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले बलामपुर रहदै आएको पानीको हाहाकार हटेको भन्दै खुशी व्यक्त गर्नुभयो ।
सरकारले घर घरमा धारा पुराएपछि अब त्यसको संरक्षण जनताको जिम्मामा रहने बताउनुभयो । पानी नै स्वस्थ जीवनको आधार भएको चर्चा गर्दै उहाँले जनताको अधिकार स्थापित गर्न तीनै तहका सरकार जिम्मेवार र जवाफदेही रहेको बताउनुभयो । समितिका अध्यक्ष लालबहादुर चौधरीले यस अघि कुवा र जरुवाबाट पानी खादै आएको अब घरघरमा धारा सरकारले ल्याएपछि निकै खुशी प्रकट गर्नुभयो ।
कार्यक्रमको सहजिरकरण सब इन्जिनियर भरत केसीले गर्नुभएको थियो ।








