सातामा एक पटक सेक्स अनिवार्य

काठमाडौं, पुस १० । यौन मानव जीवनको अत्यावश्यक र महत्वपूर्ण एउटा पाटो हो । सामाजिक र अशिक्षाका कारण हामी यौनका बारेमा खेलेर त कुरा गर्न सक्दैनौ । तर लुकीछिपी तुलनात्मक रुपमा विश्वमै बढी यौनसम्बन्धीका भिडियो हर्ने बताइन्छ ।

तर कति समयमा कति यौन पटक यौन सम्बन्ध राख्दा राम्रो भन्नेमा आफ्नै तर्क र दावी रहेका छन । एक अध्ययनका अनुसार सातामा एक दिन सेक्स गर्ने हो भने महिलाको बढ्दो उमेरको असर कम हुँदै जान्छ । यो अनुसन्धान युनिभर्सिटी अफ क्यालिफोर्नियाले गरेको बताइएको छ । अनुसन्धानमा एक सय २९ आमा भइसकेका महिलाहरूको सेक्स लतको महिनौं लगाएर अनुगमन गरिएको थियो ।
अनुसन्धानले सातामा कम्तीमा एकपटक सेक्स गर्ने महिलामा स्ट्रेडस्को अन्त्यमा लामो टीलोमियर्स र न्यूक्लियोप्रोटिन क्याप्स पाइयो । यसले क्रोमोसोम्सको क्षतीलाई रोक्छ । डिएनए स्ट्रेड्सको अन्त्यमा हुने यो क्याप्सले बढ्दो उमेरको असरलाई रोक्नुका साथै उमेर बढाउने र स्वास्थ्यलाई राम्रो बनाउँछ ।

अनुसन्धानका अनुसार टिलोमियर्स बढ्दो उमेर, खराव खानपान र धेरै मदिरा सेवनले आफै ब्रेक लाग्छ । तर, शारीरिकरूपमा एक्टिभ रहने, राम्रोसंग खाने र सेक्स गर्नाले यसलाई खराब हुनबाट बचाउन सकिन्छ । यसो गर्नाले यसको लम्बाई पनि बढाउन सकिन्छ ।

अनुसन्धानको नतिजालाई मान्ने हो भने यो टिलोमियर्सले तपाईको आयु बढाउनाको साथै शारीरिक र मासिकरूपमा स्वस्थ्य राख्छ । समयका साथ बढ्नु पर्ने टिलोमियर्स कम भयो भने गंभीर विरामी र उमेरभन्दा पहिले मृत्यु हुन सक्छ । त्यसैले सातामा एक पटकको सेक्स अत्यन्त जरुरी मानिएको छ । एजेन्सी