साहित्यकार डा. उदासीलाई पहिलो ‘वौद्धिक प्रतिभा’ पुरस्कार

दाङ, ३ फागुन । राप्तीकै पुरानो पुस्तकायलय सर्वाेदय पुस्तकालय तथा वाचनालय घोराहीमा स्थापना भएको वौद्धिक प्रतिभा पुरस्कार वरिष्ठ साहित्यकार डा. टीकाराम उदासीलाई प्रदान गरिएको छ ।

आज बुधबार राष्ट्रिय पुस्तक दिवसको अवसरमा सार्वाेदय पुस्तकायल तथा वाचनालय घोराहीले एक कार्यक्रमको आयोजना गरी उदासीलाई पुरस्कार प्रदान गरेको हो ।

एक वर्ष पहिले पुस्तक तथा स्टेसनरी व्यवसायी समिति दाङले स्थापना गरेको वौद्धिक प्रतिभा पुरस्कारको अक्षयकोषबाट पहिलो पटक साहित्यकार उदासीलाई पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार एवं साहित्यकार नारायणप्रसाद शर्मालगायतका अतिथिहरुले सम्मान पत्र, खादा, अविर र नगदसहित पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा पुरस्कृत साहित्यकार डा. उदासीको बारेमा जानकारी दिदै साहित्यकार पद्मप्रसाद शर्माले रोल्पामा जन्मिएका उदासी साहित्यिक क्षेत्र र शिक्षा क्षेत्रका उदाउदा प्रतिभा भएको बताएका थिए । सो अवसरमा राप्ती साहित्य परिषदका पूर्वकेन्द्रिय अध्यक्ष पुरुषोत्तम खनाल, पुस्तक तथा स्टेसनरी व्यवसायी समिति दाङका अध्यक्ष केशव सुवेदी, साहित्यकारहरु कमलमणि देवकोटा, हेमलाल पन्थी, खगराज न्यौपाने लगायतले शुभकामना दिएका थिए ।

सर्वाेदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पत्रकार डा. सुदीय गौतमले गरेका थिए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *