देश माओवादीकाे एजेन्डामा चलेकाे छ : आचार्य

दाङ । नेकपा माओवादी केन्द्र घोराही – १२ को बैठक हापुरमा सम्पन्न भएको छ ।

बैठकले बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार जिताउँन  विभिन्न अभियान संचालन गर्ने निर्णय गरेको छ । बैठकले गाउँ÷गाउँमा वाई.सि.एल , र विभिन्न जनबर्गीय संगठन विस्तारको कामलाई अघि बढाउँने निर्णय गरेको छ ।

यस्तै पार्टी छोडेर अनेत्र गएका हरुका लागि घर फर्क अभियान संचालन गर्ने भएको हो । बैठकलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्य (बिमल) समाज रुपान्तरण माओवादीले गरेको बताउँनुभयो ।

समाजको विभेद अन्याय अत्याचार जनयुद्धको वलमा परिवर्तन भएको वताउँदै प्रमुखअतिथी आचार्यले अब माओवादीले बिचारको लडाई लड्न जरुरी रहेको उल्लेख गर्नुभयो ।
समानुपातीक,समावेसी एजेन्डा माओवादीकै उपलब्धी भएको भन्दै देश माओवादीकै एजेन्डामा अगाडी बढेको छ भन्नुभयो ।

जनयुद्ध सुरु हुनु भन्दा पहिले थुप्रै दल देशमा भएपनि उनिहरुले नेपाली जनताका पक्षमा देखिने गरी उपलव्धी ल्याउँन नसकेको तर्क गर्नुभयो ।

बैठकमा बोल्दै नेकपा माओवादी केन्द्र घोराही नगर कमिटी अध्यक्ष प्रमोद शर्माले गाउँ /गाउँमा माओवादी लहर पैदा भएको बताउँदै अब आउँने स्थानिय,प्रदेश र संघको निर्वाचन माओवादीले जित्ने बताउँनुभयो ।

बैठकमा नेकपा माओवादी केन्द्र घोराही – १२ का ईन्चार्ज राजु परियार सह ईन्चार्ज राजेन्द्र बुढा, प्रेस सेन्टर दाङका सचिव जनक नेपाली लगाएतले बोल्नु भएको थियो । अध्यक्ष  पूर्णबुढा (मगर) को अध्यक्षता भएको बैठकको संचालन मनप्रसाद चौधरीले गर्नु भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *