उत्कृष्ट बन्दै प्रतिष्ठानको इमरजेन्सी सेवा

घोराही । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी सेवा उत्कृष्ट वन्दै गएको छ । यसअघि इमरजेन्सी विभाग एच.ए.को भरमा चलेको थियो ।

प्रतिष्ठानको इमरजेन्सी विभागमा प्रोफेसरसहीत २ जना कन्सल्टेण्ट चिकित्सक हुनुहुन्छ । इमरजेन्सी विभागको प्रमुखको जिम्मेवारीमा युवा चिकित्सक एमडिजिपि डा. उमाकान्त तिवारी हुनुहुन्छ भने प्रोफेसरमा डा. नारायणसिंह गुरुङ रहनु भएको छ । अहिले डा. तिवारीको नेतृत्वमा रहेको इमरजेन्सी विभागमा १० जना एमबीबीएस, २८ जना प्यारामेडिक्स तथा नर्शहरुले सेवा दिइरहेका छन् । पछिल्लो डेढ वर्ष यता इमरजेन्सी सेवा विशेषज्ञ मुखी वन्दै पनि गएको छ । २४ सै घण्टा अनकल रहेको डा. तिवारीले बताए । ३४ शैयाको सुविधा सम्पन्न रहेको इमरजेन्सी विभागमा मनिटरसहीतको सेवा ब्यवस्था गरीएको छ ।

प्रतिष्ठानका अनुसार इमरजेन्सी विभागमा अत्याधुनिक १७ वटा मनिटर पनि राखिएको छ । विभागमा अरु कन्सल्टेण्ट डाक्टरहरुलाई लिने प्रकृयामा रहेको डा. तिवारीले जानकारी दिए । त्यतिमात्रै नभएर सर्पदंशको उपचारको पनि भरपर्दो अस्पतालकोरुपमा प्रतिष्ठान बनेको छ। सर्पदंशको उपचारका लागि पनि विरामिहरु पछिल्लो समय प्रतिष्ठानमा आइरहेका छन् । भने अर्कोतर्फ प्राकृत्तिक विपत्तीका साथै सडक दुर्घटनामा परेर घाइते हुनेहरुको पनि राम्रो उपचारको प्रवन्ध गरीएको छ । विपत्तीको वेला प्रतिष्ठानमा कसरी भरपर्दो उपचार दिन सकीन्छ भनेर प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलको नेतृत्वमा इमरजेन्सी विभागका प्रमुख तिवारीसम्मीलित चिकित्सकको आपतकालिन समिति नै बनाईएको छ । तिवारीकै नेतृत्वमा एमडिजिपिको पाठ्यक्रम बनाएर एमडिको पढाई पनि सुरुवात गरीएको छ ।

एमडिजिपिमा एमडिको पढाइका लागि दुइ जना विद्यार्थि भर्ना भइसकेका छन् ।
एमडिजिपि डा. तिवारी कन्सल्टेण्टरुपमा आफै इमरजेन्सी विभागमा बस्न थालेपछि सेवा सुधार हुन थालेको हो । अस्पतालको प्रमुख सेवाकोरुपमा रहेको इमरजेन्सी विभाग सुधार्नका निमित्त उहाँ आफै खटिएपछि सेवा सुधारको अवस्थामा गएको छ । सबैले मुख्यरुपमा आँखा लगाउने सेवा भित्र इमरजेन्सी भएकाले यहाँको सेवालाई थप चुस्त, दुरुस्त बनाउन लागिपरेको डा. तिवारी बताउनुहुन्छ । ‘हामिले अस्पतालको मुख्य सेवा, जो सबैको आँखामा देखीरहन्छ इमरजेन्सी सेवा सुधार्नका निमित्त लागी परेका छौ, सिमीत स्रोत साधनको वावजुद सकेसम्म र सम्भव भएसम्म सेवा विस्तारमा ध्यान दिएका छौ–डा. तिवारीले थप्नुभयो–‘इमरजेन्सीको सेवा वदल्ने आट गरेका छौ, चिकित्सकको सख्या बढाउदै लगेर सेवालाई अझ ब्यवस्थित बनाउने योजना पनि अघि सारेका छौ, सबैको सहयोग भएमा यसमा सफल हुनेछौ ।’

पाटन अस्पतालवाट एमडि पुरा गरे लगत्तै डा. तिवारी प्रतिष्ठानमा हाजिर भइ सेवा दिइरहनु भएको छ । उहाँले इमरजेन्सी विभागको कमाण्ड सम्हालेपछि विरामीहरुले सरल, सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउन थालेका छन् । ‘अस्पतालको इमरजेन्सी भनेको घरको मुल ढोका जस्तै हो, जव तपाइको मुल ढोका ठिक छैन, वलियो छैन भने जोखिम हुन्छ–डा. तिवारीले भन्नुभयो–‘अस्पतालको इमरजेन्सीले अस्पतालको अवस्था दर्साउछ, इमरजेन्सी विरामी जाँदा तुरुन्तै रेस्पोन्स, उपचार भयो की भएन ?, समयमा विरामीको रोगको पहीचान भयो कि भएन ? भन्ने कुरा महत्वपुर्ण हो ।’

उनले आफु प्रतिष्ठानमा आएदेखी नै इमरजेन्सी विभागलाई विरामी मैत्री र गुणस्तरीय बनाउदै लैजाने प्रयास प्रारम्भ भएको पनि सुनाउनु भयो । इमरजेन्सी विभागमा आउने विरामीको अवस्था वर्गिकरण गरेर उपचार गर्ने गरीएको छ । ‘विरामीलाई छिटोछरीतो, गुणस्तरीय र प्रभावकारी सेवा दिनका लागि रोगको जटिलताका आधारमा वर्गिकरण गरेर उपचार सेवा दिने गरीएको छ, त्यतिमात्रै नभएर इमरजेन्सी विभागले अहिले रोग पहीचान गरेर मात्रै उपचार गर्ने विधिलाई अवलम्वन गरीएको छ ।’ डा. तिवारीले भन्नुभयो–‘ विरामीले अनावश्यक औषधि खानु पर्यो, अर्कोतर्फ आर्थिक ब्यभार पनि थप्नु हुदैन, अहिले त्यो अवस्था वन्द भएको छ, विरामीको रोग पहीचान भएपछि मात्र औषधि दिने गरीएको छ ।’

इमरजेन्सीमा दुइ जना कन्सल्टेण्ट एमडिजिपी डाक्टर हुँदा विरामीले तत्काल उपचार पाँउने गरेका छन् । यसैगरेर विरामी अवस्था हेरेर उपचारका लागि अन्तर विभाग समन्वयको काम पनि प्रभावकारी वन्दै गएको छ । ‘एमआरआई, सिटी स्क्यान, आइसियुसहीत विषय विशेषज्ञ दक्ष चिकित्सक प्रतिष्ठानमा भएका कारण सामान्य खालका अप्रेसनका लागि जिल्लावाहीर जानुपर्ने वाध्यता समेत हटेको छ–उहाँले भन्नुभयो–‘अहिले त प्रतिष्ठानमा विभिन्न निजि तथा सरकारी अस्पतालवाट उपचारका लागि रेफरल विरामी आइरहेका छन् ।

डा. तिवारीले अहिले प्रतिष्ठानमा जनरल प्रयाक्टिस ओपिडि सेवा पनि सुरु गरीसकेका छन् । यो ओपिडि यसअघि प्रतिष्ठानमा थिएन । अहिले आफ्नो ओपिडिमा दैनिक २० देखी ३० जना विरामि उपचारका लागि आउने गरेको उनले जानकारी दिनु भयो । वि.स. २०४६ साल बैशाख २२ गते जुम्लाको सिंजामा जन्मीनु भएका डा. तिवारी पढाईमा पनि निकै अब्बल भएका कारण कहील्यै दोस्रो भएनन् । भैरहवा युनिभर्सल कलेजवाट २०७२ सालमा छात्रबृत्तीमा एमविविएस गरेका डा. तिवारीले २०७९ सालमा छात्रबृत्तीमै पाटन अस्पतालवाट एमडि गर्नु भएको थियो । डा. तिवारी जिल्ला अस्पताल कालिकोट, भजनि प्राथमीक स्वास्थ्य केन्द्र कैलालि, पाटन अस्पतालमा बसेर पनि सेवा प्रवाह गरीसक्नु भएको छ । भजनि प्राथमीक स्वास्थ्य केन्द्रमा उनकै पहलमा केन्द्रको सरकारी फार्मेसि शुभारम्भ भएको थियो । स्वास्थ्य केन्द्रमा आफ्नै फार्मेसि भएको भजनि स्वास्थ्य केन्द्र नेपालकै पहीलो हो ।

चारभाइवहिनि मध्ये उनको ठुलो दिदि निजामति कर्मचारी छन भने बहीनि पनि डाक्टर छिन् भने भाइ इन्जिनियर छन् । इमरजेन्सी विभागको सुधारका लागि विशेषज्ञ थप्ने, विशेषज्ञ बस्ने वातावरण बनाउने, अवसरवाट विमुख नगराउने, कामको सही मुल्याङ्कन हुने वातावरण बनाउनुपर्ने विचार डा. तिवारीको छ ।
इमरजेन्सी विभागवाट ९ महीनामा १५ हजार बढिले पाए उपचार
यसैविच वितेको ९ महीनामा प्रतिष्ठानको इमरजेन्सी विभागवाट १५ हजार बढि विरामिले उपचार सेवा पाएका छन् । प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलले गएको साउनदेखी चैतसम्म १५ हजार १९ जना विरामिहरुले इमरजेन्सी विभागवाट उपचार प्राप्त गरेको जानकारी दिनुभयो । जसमा पुरुष ७ हजार ४ सय ४१ जना र महीला ७ हजार ५ सय ७८ जना विरामिले उपचार पाएका छन् । प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइका अनुसार गएको साउनमा पुरुष ८ सय ९२ जना, महीला ९ सय ७२ जना गरेर १ हजार ८ सय ६४ जना, भदौमा पुरुष ८ सय ७२ जना, महीला १ हजार ४० जना गरेर १ हजार ९ सय १२ जना विरामिले सेवा पाएका छन् ।

यसैगरेर असोजमा पुरुष ८ सय ३७ जना, महीला ९ सय ७२ जना गेर १ हजार ८ सय ९ जना, कार्तिकमा पुरुष ९ सय ८ जना, महीला ८ सय ४३ जना गरेर १ हजार ७ सय ५१ जना, मंसिरमा पुरुष ७ सय ६२ जना। महीला ७ सय ६ जना गरेर १ हजार ४ सय ६८ जना विरामिले इमरजेन्सी विभागवाट उपचार पाएका छन् । त्यस्तै पुषमा पुरुष ७ सय ४६ जना, महीला ६ सय ८२ जना गरेर १ हजार ४ सय २८ जना, माघमा पुरुष ७ सय ६७ जना, महीला ६ सय ९९ जना गरेर १ हजार ४ सय ६६ जना, फागुनमा पुरुष ८ सय १९ जना, महीला ८ सय ७४ जना गरेर १ हजार ६ सय ९३ जना र चैतमा पुरुष ८ सय ३८ जना, महीला ७ सय ९० जना गरेर १ हजार ६ सय २८ जना विरामीले उपचार पाएको सुचना अधिकारी भट्टराइले बताउनु भयो ।

प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले इमरजेन्सी विभागको सेवा सुधार भइरहेको बताउदै आउदा दिनमा थप कल्सल्टेण्ट डाक्टरहरु थप्ने तयारी गरीरहेको बताउनु भयो । अस्पतालको मुहार भनेकै इमरजेन्सी विभाग हुने भन्दै यसमा सुधार ल्याउने कोशीस आफुहरुको रहीरहने बताउनुभयो । यसैगरेर प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले हर सम्भव प्रयास गरेर प्रतिष्ठानको इमरजेन्सी विभागलाई मजवुत, सेवाको हिसावले उत्कृष्ट बनाउने कामहरु भइरहेको बताउनु भयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *