व्यावहारिक शिक्षा : शिक्षामा अनुभव

बिष्णु गोराथाेकी

बिद्यार्थी (बि.बि.एस चौथो बर्ष)

बिद्यार्थी जिबनमा जहिले पनि दुई कुरा अधुराे र अपुराे  रहिरहन्छ  । बिद्यार्थी सपना, आफ्नाे भबिष्य, पारिवारिक अबस्था र दैनिकी हरेक पल खड्कि रहन्छ । शैक्षिकसत्र पूरा गरौं : शिक्षामा अनुभवलाई प्राथमिकता भैदिन्छ, अनुभवलाई अङ्गालौ त शैक्षिक याेग्यता अनिवार्य हुनुपर्ने हुन्छ । यी दुबैमा याेग्य भयाे भने पनि उचित पारिश्रमिक पाउन गार्‍हो ।।

हामी यसलाई परिचर्चा गर्दा शिक्षा र अनुभव नै कार्यरुपरेखा हाे, या त शिक्षा सङ्गसङ्गै अनुभव पनि महत्त्वपूर्ण छ भन्ने बुझ्नुपर्ने हुन्छ । शिक्षामा अनुभवले तपाईंलाई नयाँ ज्ञान र कौशलता प्रदान हुन्छ । यसले तपाईंको जीवनमा सिक्न र प्रगति गर्नका लागि महत्त्वपूर्ण रूपमा सहयोग पनि पुर्‍याइरहेकाे हुन्छ । अनुभवले तपाईंको जीवनमा परेका अवस्था, घटना,  गतिविधिहरुकाे ज्ञान प्राप्त र जानकारीको संग्रह गरिरहेको हुन्छ । यसले तपाईंलाई बुझ्न, सिक्न, र जीवनमा परिवर्तन ल्याउन मद्दत पुर्याउँछ र तपाईंको व्यक्तिगत विकासमा महत्त्वपूर्ण भूमिका खेल्दछ । अनुभवले तपाईंलाई जीवनका विभिन्न समस्याहरूको समाधान गर्न समेत मद्दत पुर्याइरहेकाे हुन्छ ।

शिक्षाले तपाईंको व्यक्तिगत विकासमा पनि महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । शिक्षामा प्राप्त गरेको अनुभवले तपाईंको आत्म-विश्वास बढाउँछ र स्व- निर्णयमा विकास गर्दछ, जसले तपाईंलाई जीवनका चुनौतीहरु सहजै समाधान गर्न सहयोग पनि पुर्याउँछ। शिक्षामा अनुभवले आफुलाई यात्रा गर्दै जाने मौका पनि दिइरहेको हुन्छ, जसले तपाईंलाई नयाँ दृष्टिकोण र शिक्षामा अगाडि बढ्नका लागि महत्त्वपूर्ण मार्गनिर्देशन पनि गर्दछ। शिक्षाले तपाईंको जीवनमा सिक्न, प्रगति गर्न, व्यक्तिगत विकासमा, जीवनका विभिन्न समस्याहरूको समाधानमा, अार्थिक, सामाजिक, सांस्कृर्तिक, व्यापारीक लगाएतका क्षेत्रमा बिशेष भूमिका खेलेकाे पाईन्छ ।

यसका रूपमा, शिक्षामा अनुभवले तपाईंको व्यक्तिगत, पेशेवर, र सामाजिक जीवनमा महत्त्वपूर्ण भूमिका खेल्दछ। याद गर्नुहोस् कि अनुभव बिनाकाे शिक्षा ठूलो अध्ययन, व्यापारिक योग्यता, र अन्य महत्त्वपूर्ण प्राप्तिहरूको स्थानमा पुर्याउन सक्दैन। अनुभव र शिक्षाको सम्बन्ध मिलाउँदा, तपाईंको जीवनमा विशेष गुणस्तरको सामर्थ्य र विवेक हुन्छ ।  जसले तपाईंलाई कार्य रुपरेखा बनाउनका लागि सजिलो बनाउँछ।

 

मेराे व्याक्तिगत अनुभवलाई हेर्ने हाे भने शिक्षा नै भबिस्यकाे सफलता हाे आज नभए भाेलि पक्कै पनि केही सफलता पाईन्छ भन्ने आसामा स्नातक अन्तिम बर्ष (बिबिएस चौथो बर्ष) भयाे तर अहिलेसम्मकाे मार्कसिट काेठाकाे एक कुनामा बसिरहेको छ ।  शैक्षिक याेग्यता मात्र भएर हुदैन कार्य अनुभव चाहिन्छ भन्ने लागेपछि, २०७८ मा मेगा बैंकमा तीन महिना इन्टनसिप प्राेग्राममा काम गरे, बिगत 2 बर्ष यता अनलाइन, रेडियो, टेलिभिजन जस्ता मिडिया क्षेत्रमा सक्रिय रुपमा काम गरे तर अहिले हाताे लाग्याे शुन्य…।।

 

गाेराथाेकी स्वतन्त्र विद्यार्थी युनियन पद्माेदय क्याम्पस घाेराहीका सभापति तथा अखिल (क्रान्तिकारी) का इकाई अध्यक्ष हुन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *