कृष्णसेन इच्छुक बहुप्राबिधिक शिक्षालयमा यसै शैक्षिकसत्रदेखि रेडियोग्राफी पढाइ हुने

चेतना अनलाइन

घोराही । सहिद कृष्णसेन इच्छुक नमूना बहुप्राबिधिक शिक्षालय दाङमा यसै शैक्षिक सत्रबाट डिप्लोमा इन डाइग्नोस्टिक रेडियोग्राफी पढाई हुने भएको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् सिटिइभिटीईको परिषद् बैठकले यसै शैक्षिकसत्र देखि पढाई सञ्चालन गर्ने निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टी दाङका इञ्चार्ज एवम् शिक्षामन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जीवन गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो विषय राप्ती अञ्चलमै पहिलो पटक दाङमा पढाई हुन थालेको हो ।

त्यसैगरी भेटेनरी साईन्स विषय पनि यसै वर्ष देखि सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।

एसइईको नतिजा सार्वजनिक भए लगत्तै प्रवेश परिक्षा गराएर भर्ना पक्रिया शुरु गरिने शिक्षालयका प्रमुख यादव सुवेदीले जानकारी दिनुभयो । यसवर्ष आन्तरिक मूल्यांकनबाटै एसईईको मूल्यांकन गर्ने सकारले यस अघि नै निर्णय गरिसकेको छ ।

गौतम शिक्षामन्त्रीको सल्लाहकार भएपछि दाङको प्राधिक शिक्षाको विकासमा उल्लेख्य प्रगति भएको छ । यहाँका दुई दर्जनभन्दा बढी सामुदायिक विद्यालयहरुले प्राविधिक विषय सञ्चालन गर्ने अनुमति पाएर कक्षा सञ्चालन गरिसकेका छन् । त्यसैगरी तुलसीपुरमा पनि प्राविधिक कलेज स्थापना भएको छ ।

महेन्द्र बहुमुखी क्याम्पस दाङमा समेत इञ्जिनियरीक संकाय सञ्चालनमा आएको छ ।

भर्खरै प्रकाशित

लोक गायीका कलाको गीत लाहुरेभाइरल बन्दै

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोक गायीका कला लम्सालले यतिबेला समसामयीक बिषयबस्तु समेटिएको गीत लाहुरे आएन झुक्यायो लिएर नेपाली लोक संगीत प्रेमी…

प्रियासनको एयर होस्टेस आकाशमै विमोचन

चेतना अनलाइन दाङ, १३ असाेज । यस क्षेत्रमा सबै भन्दा बढि उपन्यास प्रकाशन गरेर किर्तिमानि कायम गर्नु भएका साहित्यकार एवं पत्रकार सविन प्रियासनको चर्चित उपन्यास…

राप्ती प्रतिष्ठानको विकासमा प्रष्ट कार्ययोजना आवश्यक : पूर्व सभामुख महरा

चेतना अनलाइन दाङ, १३ असोज । पूर्वसभामुख कृष्णबहादुर महराले राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानको विकासका लागि प्रष्ट कार्ययोजना ल्याउनुपर्ने बताउनुभएको छ । प्रतिष्ठानको दोस्रो वार्षिकोत्सव समारोहमा…

‘रोटरी जर्नाे अवार्ड’ पत्रकार महासंघ दाङका पूर्व उपाध्यक्ष आचार्यलाई

चेतना अनलाइन दाङ, ९ असोज । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले प्रदान गर्दै आएको ‘रोटरी जर्नाे अवार्ड’ पत्रकारिता पुरस्कार रोटरी वर्ष २०१९–२० नेपाल पत्रकार महासंघ…

सभापति घर्तीद्वारा स्वास्थ्य सामाग्री सहयोग

दाङ । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक के एल पीडितले संचालन गरेको संचारकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण अभियानलाई संघीय संसद शिक्षा तथा…