घोराही उपमहानगरको न्यायिक समितिबाट एक सय ९० मुद्धामा मिलापत्र

घोराही उपमहानगरपालिकाअन्तर्गत न्यायिक समितिले चालु आर्थिक वर्षमा १९० मुद्धामा मिलापत्र गरेको छ ।

अघिल्लो वर्ष जिम्मेवारी सरि आएका १०७ र नयाँ दर्ता भएका ७९ मुद्धामा मिलापत्र गरेको न्यायिक समितिका संयोजक तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपानेले जानकारी दिनुभयो ।

वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै न्यायिक समितिले बन्दावन्दीमा पनि मिलापत्रका काम गरेकाले मुद्धा छिनोफानोमा प्रगति हासिल गरिएको संयोजक न्यौपानेले बताउनुभयो ।

उहाँले लेनदेनका ४५, जग्गा विवादका ५५, कुलोपानीका ६, वातावरण सम्वन्धि ५, घरेलु हिंसा ३१, जग्गा र वैंक खाता रोक्का ३, मानाचामल ६, कुटपिटका १ र अन्य ३८ गरी यो आर्थिक वर्षमा १ सय ९० मुद्धामा मिलापत्र गरिएको हो ।

तर यो वर्ष ९४ मुद्धा फछ्र्यौट हुन सकेनन । जसमा जिम्मेवारी सरि आएका १९ र नयाँ दर्ता भएका ७५ मुद्धा फछ्र्यौट हुन बाँकी छन । न्यायिक समितिका अनुसार यो वर्ष लकडाउनका कारण पनि मुद्धा दर्तामा कमी आएको हुनसक्ने न्यायिक समितिले जनाएको छ ।

घरबाट बाहिर निस्कन समस्या भएका कारण कतिपय मुद्धा न्यायिक समिति सम्म आउन नसकेका पनि होलान न्यायिक समितिका संयोजक न्यौपानेले भन्नुभयो,– कतिपयमा हिंसा गर्न हुँदैन भन्ने चेतना बढेर पनि कम भएको हुनसक्छ ।

चालु आर्थिक वर्षमा लेनदेनका २०, जग्गा विवादका ३१, कुलोपानीका १, वातावरण सम्वन्धि ३, घरेलु हिंसा १५, गाली वइज्जति १, जग्गा र वैंक खाता रोक्का ४१ गरी कुल १ सय ५४ मुद्धा दर्ता भएका थिए ।

अघिल्लो वर्ष जिम्मेवारी सरेका १ सय २६ गरी यो वर्ष कुल २ सय ८० मुद्धा न्यायिक समितिमा थिए । वार्षिक प्रगति विवरण सार्वजनिक कार्यक्रममा घोराही उमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले न्यायिक समितिका कारण नागरिकलाई सर्वसुलभ न्याय पाउन सहज भएको उल्लेख गर्नुभयो ।

पत्रकार सम्मेलनमा उपमहानगरपालिकाका कानुनी सल्लाहकार भूपबहादुर डाँगी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियाशनलगायत सहभागिता थियो ।

कार्यक्रमको सहजीकरण न्यायिक समितिका कानुन अधिकृत पर्तला देवकोटाले गर्नुभएको थियो ।

भर्खरै प्रकाशित

रसायनिक मल कारखाना खोल्न नेपालमै सम्भव छ

३० असोज, काठमाडौं । नेपालमा रसायनिक मल कारखाना स्थापना सम्बन्धमा अध्ययन गर्न बनेको कार्यदलले नेपालमै रसायनिक मल कारखाना खोल्न सम्भव भएको निश्कर्ष निकालेको छ ।…

सिभिल इञ्जिनियरिङको पहिलो बर्षमा रझेनाका विद्यार्थीले गरे नेपाल टप

दाङको माध्यमामिक विद्यालय रझेना घोराहीको प्राबिधिक शिक्षालयमा अध्ययनरत कमल केसीले डिप्लोमा इन सिभिल इञ्जिनियरिङ कार्यक्रमको प्रथम वर्ष दोस्रो खण्डको परीक्षामा नेपाल टप गर्नुभएको छ ।…

चलचित्रकर्मी पीडित छायांकनस्थल अध्ययन समितिमा नियुक्त

चेतना अनलाइन , काठमाडौं । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक केएल पीडितलाई चलचित्र विकास बोर्डले लुम्बिनी प्रदेशमा चलचित्र छायांकनस्थल निर्माणको संभाव्यता…

दाङमा जिल्ला प्रशासनसहितका सरकारी कार्यालय बन्द

२६ असोज, दाङ । कोरोना भाइरस संक्रमणका कारण दाङमा जिल्ला जिल्ला प्रशासनसहितका चार सरकारी कार्यालयहरु बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत…

यसरी बसाल्न सकिन्छ देउखुरीमा व्यवस्थित शहर

पाण्डव शर्मा प्रदेश सभाबाट दुई तिहाई मतले दाङ र अर्घाखाँचीमा पर्ने राप्ती उपत्यकामा प्रदेशको स्थायी राजधानी घोषणा भएसँगै नयाँ बहस शुरु भएको छ । कतिपयले…