मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमद्वारा २४ हजार बिरुवा बितरण

दाङ, असार १८ । दाङका कृषकहरु परम्परागत खेती छाडेर फलफूल खेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत खेतीबाट पारिवारिक लालनपालन गर्न धौ–धौ हुन थालेपछि फलफूलखेतीतर्फ आकर्षित हुन थालेको कृषकहरु बताउँछन् ।

निर्वाहमुखी कृषि पेशाको बिकल्पमा कृषकहरु लाग्न थालेको भन्दै राप्ती गाउँपालिकाले यस वर्ष ३० हजार कागतीका बेर्ना बितरण गरेको जनाएको छ । कृषकहरुबाट कागतीको बेर्ना अत्यधिक माग भएपछि ३० हजार कागतीका बेर्ना कृषकहरुलाई उपलब्ध गराएको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिनुभयो । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत १४ हजार र गाउँपालिकाको कृषि शाखाअन्तर्गत १६ हजार कागतीका बेर्ना बिरतरण गरिएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

‘पछिल्लो समय कृषकहरु परम्परागत खेतीको बिकल्पमा रहेको पाइएको छ । कृषकहरुको माग अनुसार यस वर्ष ३० हजार कागतीका बेर्ना बितरण गरेका छौं’, अध्यक्ष सुवेदीले भन्नुभयो, ‘वडानम्वर ९ लाई १४ हजार र अन्य ८ वटा वडालाई २/२ हजारका दरले कागतीको बेर्ना बितरण गरेका छौं ।’

देविकोटलाई कागतीको हव बनाइने
राप्ती गाउँपालिकालाई कागतीमा आत्मनिर्भर बनाउने उद्देश्यले वडानम्वर ९ को देविकोटलाई कागतीको हव बनाउन थालिएको राप्ती गाउँपालिकाले जनाएको छ । अध्यक्ष नुमानन्द सुवेदीले कागती उत्पादनका लागि उर्वर मानिने देविकोटमा यसवर्ष १४ हजार ४ सय बेर्ना बितरण गरेको जानकारी दिनुभयो । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको सहयोगमा देविकोटलाई कागतीको हव बनाउन लागेको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको रु ४ लाख रुपैयाको लागतमा देविकोटलाई कागतीको हव बनाउन लागेको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । राप्ती गाउँपालिकामा आवश्यक कागतीको मागलाई धान्न सक्नेगरी उत्पादन गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो ।

एउटै किसानले दुई बिगाह जग्गामा कागती खेती
परम्परागत खेतीमा भन्दा बढी उत्पादन दिने भएपछि देविकोटका कृषकहरु कागती खेतीमा होमिएको वडानम्वर ९ का अध्यक्ष रिमबहादुर सुनारी मगरले जानकारी दिनुभयो । देविकोटमा कागतीको राम्रो उत्पादन गरेको भन्दै वडाध्यक्ष सुनारी मगरले एउटै कृषकले २ बिगाहा बढी जग्गामा कागती खेती सुरु गरेको जानकारी दिनुभयो । ‘देविकोटमा पहिलेदेखि नै कागती उत्पादन हुँदै आएको छ । कृषकहरुले एउटै बोटबाट ५ हजार रुपैयाको कागती बिक्री गर्न थालेपछि व्यवसायीक कागती खेतीतर्फ कृषकहरुको आकर्षण बढ्न थालेको छ’, वडाध्यक्ष सुनारी मगरले भन्नुभयो, ‘परम्परागत खेती छाडेर कृषकहरुले २ बिगाहसम्मको जग्गामा कागती खेती सुरु गर्नुभएको छ ।’

बंगलाचुलीको वडानम्वर ५ फलफूलको हव बन्दै
बंगलाचुली गाउँपालिकाले वडानम्वर ५ लाई फलफूलको हव बनाउन सुरु गरेको छ । फलफूल खेतीका लागि वडानम्वर ५ अत्यन्तै सम्भावना बोकेको क्षेत्र रहेको भन्दै गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीले कुडुले, साकिनी, मुर्कुटीमा व्यवसायिक फलफूल खेती सुरु गरेको जानकारी दिनुभयो । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको सहयोगमा यसवर्ष ५ हजार कागती र ५ हजार सुन्तलाका बिरुवा रोपिएको भन्दै अध्यक्ष ओली अघिल्लो वर्ष पनि यही परिमाणमा सुन्तला र कागतीमा बिरुवा रोपिएको जानकारी दिनुभयो ।

दाङखबरबाट

भर्खरै प्रकाशित

मूल्यको कसीमा माया

विन्दु केसी सुन्दैछु तिमीले मायाको हिसाब गर्दै छौ रे मायामा गरेको लगानी डुब्यो भन्दै छौ रे । कहाँ निर जोड्ने कहाँ घटाउने कति नाफा अनी…

बिधता

अस्मिता एमसि बिधता , साच्चै कस्तो हुन्छ होला ? बिधता लेख्ने कलम कस्तो रङ्ग को हुन्छ होला? बिधता लेख्ने मसि म संग पनि भैदिए बिधता…

जेहेनदार विद्यार्थीलाई एभरेष्ट बैंकको छात्रवृत्ति

रुकुम पश्चिम, २० साउन । एभरेष्ट बैंक रुकुम पश्चिमले पाँच विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । जिल्ला सदरमुकाम मुसीकोटमा रहेको मुसीकोट खलंगा बहुमुखी क्याम्पसमा अध्यनरत…

पर्यटन क्षेत्रकाे विकासका लागि पूर्वाधारमा लगानी आवश्यक : महरा

पाण्डव शर्मा घाेराही, २० साउन। पूर्वसभामुख कृष्णबहादुर महराले पर्यटन क्षेत्रकाे विकासका लागि पूर्वाधारमा लगानी गर्नुपर्ने बताउनुभएको छ । घाेराही उपमहानगरपालिका वडा नं १३ स्थित ज्यामिरे…

सहिद कृष्णसेन इच्छुक बहुप्राबिधिक शिक्षालयमा तीन वटा कार्यक्रम थप

सहिद कृष्णसेन इच्छुक नमूना बहुप्राबिधिक शिक्षालयमा तीन वटा कार्यक्रम थपिएका छन् । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को १८०औं बैठकद्वारा तीन कार्यक्रम थपिएका हुन्…