मोडलिङ क्षेत्र मेरो प्यासन हो : सविना

चेतना अनलाइन
घोराही । कपिल्वस्तु खैरेनी निवासी चर्चित मोडल सविना खनाल यतिबेला चर्चाको शिखरमा हुनुहुन्छ । मोडलिङ क्षेत्रमा लागेको छोटो समयमा नै म्यूजीक भिडियोमा काम गर्नुका साथै महोत्सबहरुमा भ्याई नभ्याई भएपछि उहाँ चर्चाको शिखरमा आउनु भएको हो । सविनाले यति छोटो समयमा नै यो क्षेत्रमा प्रगति गर्नुको पछाडि उहाँको कडा परिश्रम, मेहनत अनि यस क्षेत्रमा केही गर्छु भन्ने चाहनाले काम गरेको छ ।

सविना नृत्य, अभिनयमा पनि पोक्त हुनुहुन्छ । उहाँ हेर्दा पनि अति नै राम्री हुनुहुन्छ । जिउडाल, मुहार अनि उचाईले पनि उहाँलाई मोडल बन्नका लागि साथ दिएको छ । २० वर्षिया सविना यतिबेला काठमाडौलाई कर्मथलो बनाएर अगाडी बढ्नुभएको छ । व्याचलरमा अध्ययन गर्ने सविनाले अहिलेसम्म पढाईमा आफ्नो ध्यान केन्द्रीत गरेको भएपनि अब मोडलिङ क्षेत्रमा अलि बढि सक्रिय रहने उहाँको सोँच छ ।

नेत्रप्रसाद खनाल र भगवता खनालकी जेठी छोरीकारुपमा जन्मिएकी सविनाले यतिबेला घरको समेत अभिभारा बोकि रहनु भएको छ ।  घरपरिवारकै साथसहयोगले यहाँसम्म आएको बताउने सविनाले मोडलिङ क्षेत्रमा लागेर सही काम गरेको जानकारी दिनुभयो ।

‘मलाई घरपरिवारको पूर्णरुपमा साथ छ, त्यसैले यहाँसम्म आई पुगेकी छु’, सविनाले थप्नुभयो, ‘मोडलिङ क्षेत्र मेरो प्यासन हो । यसमा केही गरेर देखाउँछु ।’


विभिन्न म्यूजीक भिडियो अनि फिलिममा समेत अफर आएको बताउने सविनाले राम्रो म्यूजीक भिडियो वा फिलिम आएमा काम गर्ने योजना बनाउनुभएको छ । पछिल्लो समयमा महोत्बमा गएर भ्याई नभ्याई भएको बताउने सविनाले आउँदो महिनामा चर्चित गायकगायीकाको म्यूजीक भिडियो गर्ने तयारी गर्नु भएको छ । ‘म अब छिटै नयाँ प्रोजेक्टमा काम गर्दैछु’, सविनाले भन्नुभयो ।


आफ्नो करियरलाई पहिलो प्राथमिकता दिइरहनुभएकी सविनाले मोडलिङ क्षेत्रमा लाग्दाको अनुभव सुनाउँदै भन्नुभयो, ‘यो क्षेत्र राम्रोका लागि राम्रो छ, नराम्रोको लागि नराम्रो होला, तर मलाई अहिलेसम्म राम्रै भएको छ ।’ प्रीति फन्टमा टाइप गर्नुहोस वा प्रीति फन्टमा भएका अक्षरहरु यहाँ पेस्ट गर्नुहोस् ।

भर्खरै प्रकाशित

मूल्यको कसीमा माया

विन्दु केसी सुन्दैछु तिमीले मायाको हिसाब गर्दै छौ रे मायामा गरेको लगानी डुब्यो भन्दै छौ रे । कहाँ निर जोड्ने कहाँ घटाउने कति नाफा अनी…

बिधता

अस्मिता एमसि बिधता , साच्चै कस्तो हुन्छ होला ? बिधता लेख्ने कलम कस्तो रङ्ग को हुन्छ होला? बिधता लेख्ने मसि म संग पनि भैदिए बिधता…

जेहेनदार विद्यार्थीलाई एभरेष्ट बैंकको छात्रवृत्ति

रुकुम पश्चिम, २० साउन । एभरेष्ट बैंक रुकुम पश्चिमले पाँच विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । जिल्ला सदरमुकाम मुसीकोटमा रहेको मुसीकोट खलंगा बहुमुखी क्याम्पसमा अध्यनरत…

पर्यटन क्षेत्रकाे विकासका लागि पूर्वाधारमा लगानी आवश्यक : महरा

पाण्डव शर्मा घाेराही, २० साउन। पूर्वसभामुख कृष्णबहादुर महराले पर्यटन क्षेत्रकाे विकासका लागि पूर्वाधारमा लगानी गर्नुपर्ने बताउनुभएको छ । घाेराही उपमहानगरपालिका वडा नं १३ स्थित ज्यामिरे…

सहिद कृष्णसेन इच्छुक बहुप्राबिधिक शिक्षालयमा तीन वटा कार्यक्रम थप

सहिद कृष्णसेन इच्छुक नमूना बहुप्राबिधिक शिक्षालयमा तीन वटा कार्यक्रम थपिएका छन् । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को १८०औं बैठकद्वारा तीन कार्यक्रम थपिएका हुन्…