प्रदेश ५ लगायत सुदूरपश्चिमका १२ जिल्लामा चौथो चरणको नि:शुल्क प्राथमिक उपचार तालिम हुँदै

सामाजिक अभियन्ता तथा डिस्कभरी रोयल स्पोर्ट्सका प्रबंध निर्देशक ओम उप्रेतीको पहल मा प्रदेश ५ लगायत सुदूरपश्चिमका १२ जिल्लामा निशुल्क प्राथमिक उपचार तालिमको आयोजना हुने भएको छ।

उक्त कार्यक्रम असोज ५ गते दार्चुलाको नौगाद गाउँपालिकाको कार्यालय बाट शुरुवात हुने उक्त तालिम दांङ जिल्लाको लमही नगरपालिकामा अवस्थित उधोग वाणीज्य संघको सभाहलमा समापन हुनेछ।

यसैगरी असोज ६ गते वैतडी,७ गते बझांग,८ गते डडेल्धुरा, ९ गते डोटी, १० गते अछाम,११ गते बाजुरा, १३ गते कंचनपुर,१४ गते कैलाली, १५ गते बर्दीया, १६ गते बाँके र अन्तिममा १७ गते दांङ देउखुरीको लमहिमा हुनेछ।

यूएईमा व्यवसाय गर्दै आएका अनि सामाजिक कार्यमा सक्रीय सफल व्यवसायी तथा अन्तराष्ट्रीय स्तरका प्रशिक्षक ओम उप्रेतीको प्रत्यक्ष प्रशिक्षण र निर्देशनमा उक्त तालीम हुने भएको छ।

यस अघि पनि नेपालका विभिन्न २३ जिल्लाहरुमा उक्त तालीम सफलता पूर्वक संपन्न भैसकेको छ.
तालीमको समापन पश्चात सहभागीले प्रमाणपत्र सम्म पाउने व्यवस्था गरिएको छ।

उक्त तालीमले आकस्मिक उपचार बाट कसरी मानिसको ज्यान बचाउन सकिन्छ र आपतकालीन अवस्थामा वा गंभीर दुर्घटनामा कसरी जोखिम न्यून गर्न सकिन्छ भन्ने बारेमा प्रारम्भिक ज्ञान प्रदान गर्नेछ।

लमहीमा रहेको उधोग वाणीज्य संघको सभाहल अग्रिम भुक्तानी गरि बुक गरिसकेको त्यहाँ स्थानीय रुपमा कार्यक्रमको लागि सहजीकरण गरिरहनु भएका शान्त गिरीले जानकारी गराउनु भएको छ.उक्त कार्यक्रम सफलपार्न आवश्यक अन्य सहयोग लमही नगर पालिकाका रोजगार संयोजक शरद पुरीले गर्दै आउनु भएको छ. कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिले नेपालमा शान्त गिरि( संपर्क नं.९८१०३१७३५२),एकराज रिजाल (संपर्क नं.९८१३६७८००४), जयराम(९८१२८४४३८३), शरद पुरी (९८४९०७८०८७) तथा यूएईमा कमल गिरि(०५६-१४४८८८९)मा संपर्क गरि आफ्नो सिट सुरक्षित गर्न सक्नु हुनेछ।

यसै क्रममा दाङ देउखुरी समाज यूएईले सम्पूर्ण दाङ वासी लाई मौकामा आफ्नो नाम दर्ता गराई उक्त तालिमबाट लाभान्वित हुन आग्रह समेत गरेको छ।

भर्खरै प्रकाशित

रसायनिक मल कारखाना खोल्न नेपालमै सम्भव छ

३० असोज, काठमाडौं । नेपालमा रसायनिक मल कारखाना स्थापना सम्बन्धमा अध्ययन गर्न बनेको कार्यदलले नेपालमै रसायनिक मल कारखाना खोल्न सम्भव भएको निश्कर्ष निकालेको छ ।…

सिभिल इञ्जिनियरिङको पहिलो बर्षमा रझेनाका विद्यार्थीले गरे नेपाल टप

दाङको माध्यमामिक विद्यालय रझेना घोराहीको प्राबिधिक शिक्षालयमा अध्ययनरत कमल केसीले डिप्लोमा इन सिभिल इञ्जिनियरिङ कार्यक्रमको प्रथम वर्ष दोस्रो खण्डको परीक्षामा नेपाल टप गर्नुभएको छ ।…

चलचित्रकर्मी पीडित छायांकनस्थल अध्ययन समितिमा नियुक्त

चेतना अनलाइन , काठमाडौं । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक केएल पीडितलाई चलचित्र विकास बोर्डले लुम्बिनी प्रदेशमा चलचित्र छायांकनस्थल निर्माणको संभाव्यता…

दाङमा जिल्ला प्रशासनसहितका सरकारी कार्यालय बन्द

२६ असोज, दाङ । कोरोना भाइरस संक्रमणका कारण दाङमा जिल्ला जिल्ला प्रशासनसहितका चार सरकारी कार्यालयहरु बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत…

यसरी बसाल्न सकिन्छ देउखुरीमा व्यवस्थित शहर

पाण्डव शर्मा प्रदेश सभाबाट दुई तिहाई मतले दाङ र अर्घाखाँचीमा पर्ने राप्ती उपत्यकामा प्रदेशको स्थायी राजधानी घोषणा भएसँगै नयाँ बहस शुरु भएको छ । कतिपयले…