वातावरण दिवस :  घोराहीको झिगौरामा वृक्षारोपण

चेतना अनलाइन

घोराही, २२ जेठ । विश्व वातावरण दिवसका अवसरमा घोराही १४ झिगौरामा वृक्षारोपण गरिएको छ ।

नयाँ सोच र सृजना, पारिस्थितिकीय प्रणालीको पुनर्स्थापनामा भन्ने नाराका साथ आयोजना गरिएको दिवसमा मनकामना सामुदायिक वनमा विभिन्न प्रजातिका तिरुवाहरू रोपिएको हो । वन डिभिजन कार्यालय घोराही, दाङको आयोजना र घोराही उपमहानगरपालिका बाताबरण तथा विपद व्यवस्थापन शाखाको सहकार्यमा वृक्षारोपण गरिएको हो ।

वृक्षरोपणको सुरुवात गर्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले प्रसस्त बोटबिरुवा र वातावरण स्वच्छ भए मात्रै मानव जीवन सुरक्षित हुने बताउनुभयो ।

मानवीय क्रियाकलापलाई वातावरण मैत्री बनाउनु पर्नेमा जोड दिदै उहाँले बिरुवाको संरक्षण सबैको दायित्व भित्र पर्ने उल्लेख गर्नुभयो । वातावरण स्वच्छ र हराभरा भए मात्रै विपद जन्य घटना र विभिन्न खाले रोगहरूबाट बच्न सकिने उहाँको भनाई छ । त्यसैगरी, वन डिभिजन कार्यालयका प्रमुख विजयराज सुबेदीले वातावरणलाई स्वच्छ हुनु नै मानवीय जीवन सुरक्षित हुने बताउनुभयो । वर्षेनी मनाइने दिवस र रोपिने बिरुवाको संरक्षणमा सबैलाई सहभागि बन्न समेत अपिल गर्नुभयो ।

कार्यक्रममा डिभिजन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले मानवीय कमजोरी र हेलचेक्र्याइँ वातावरण प्रदुषण बढेको बताउनुभयो ।

वातावरणलाई असर नपर्ने गरी विकास निर्माणका कामलाई अघि बढाउने र बोट बिरुवा संरक्षणमा ध्यान दिनै पर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगी, सहायक वन अधिकृत भक्तबहादुर चौधरी, घोराही उपमहानगर वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख संगीता सुबेदी सहित मनकामना सामुदायिक वन समूहका उपभोक्ताहरू सहभागि भएका थिए ।

भर्खरै प्रकाशित

दाङमा लकडाउन असार ८ गतेसम्म, सरकारी कार्यालय आंशिक खुल्ने

  असार,१/घोराही । दाङमा लकडाउन एक सातालाई थप गरिएको छ । जिल्ला कोरोना नियन्त्रण ब्यबस्थापन समितिको मंगलबार (आज) घोराहीमा बसेको बैठकले लकडाउनलाई केही खुकुलो बनाउँदै…

वातावरण दिवस :  घोराहीको झिगौरामा वृक्षारोपण

चेतना अनलाइन घोराही, २२ जेठ । विश्व वातावरण दिवसका अवसरमा घोराही १४ झिगौरामा वृक्षारोपण गरिएको छ । नयाँ सोच र सृजना, पारिस्थितिकीय प्रणालीको पुनर्स्थापनामा भन्ने…

हेल्पिङ ह्याण्ड जापान र उज्यालो बिहानीको सहकार्यमा अग्नि पीडित रोल्पालीलाई खाद्यान्न…

सन्तोष डाँगी  रोल्पा । हेल्पिङ ह्याण्ड जापान  टिमको आर्थिक सहयोगमा उज्यालो बिहानी फाउण्डेसनले रोल्पा त्रिवेणी गाउँपालिकाका विभिन्न वडामा अग्नि पीडितहरूलाई  खाद्यान्न सहयोग गरेको छ। फाउण्डेसनले शुक्रबार त्रिवेणी…

कागतीका बोटसंग रमाउँदै नेता थापा

केएल बुढाथोकी घोराही, २२ जेठ । घरको उत्तरतिर ३ कठ्ठा जग्गामा कागतीको मनोरम बगैंचा छ । लहरै रोपिएका सर्लक्क बढेर झुम्म परेका बोटहरुमा फूल र…

एसईई र कक्षा १२ को परीक्षा वैकल्पिक विधिबाट गर्न सिफारिस

चेतना अनलाइन काठमाण्डौ , १६ जेठ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई र कक्षा १२ को परीक्षा वैकल्पिक विधिबाट गर्न सिफारिस गरेको छ…