हेल्पिङ ह्याण्ड जापान र उज्यालो बिहानीको सहकार्यमा अग्नि पीडित रोल्पालीलाई खाद्यान्न सहयोग

सन्तोष डाँगी 

रोल्पा । हेल्पिङ ह्याण्ड जापान  टिमको आर्थिक सहयोगमा उज्यालो बिहानी फाउण्डेसनले रोल्पा त्रिवेणी गाउँपालिकाका विभिन्न वडामा अग्नि पीडितहरूलाई  खाद्यान्न सहयोग गरेको छ।

फाउण्डेसनले शुक्रबार त्रिवेणी गाउँपालिका स्थानीय निकायको रोहबरमा  ३७ घरधुरीलाई प्रतिघर २ बोराका दरले ७४ बोरा चामल, ३७ पोका खाने तेल र ३७ पोका नुन वितरण गरेको हो।   बैशाख १३ गते जङ्गलबाट सल्किएको आगोले ३७  घरगोठ जलेर नष्ट भएपछि गाउँलेहरू अहिले पाल मुनि बस्न बाध्य भएका छन् ।

स्थानीय सरकार र  विभिन्न संघसंस्थाले उपलब्ध गराएको राहत आफूहरुलाई अपुग भएको पीडितहरूको गुनासो छ ।  ‘हामीले परिवारको संख्या हेरी १५ देखि २० हजार सम्म रकम पाएका छौं’, अग्नि पीडित बिनोद थापाले भन्नुभयो जलेका घर बनाउन सात आठ लाख रुपैयाँ लाग्ने होला, हामीसँग पैसा नै छैन’।

हाल सम्म विभिन्न संघ संस्था, स्थानीय सरकार र जिल्ला  कार्यालय रोल्पाबाट थोरै-धेरै सहयोग प्राप्त भएता पनि संघीय र प्रदेश सरकारको तर्फबाट कुनै सहयोग प्राप्त नभएको वडा अध्यक्ष कविराज बुढा बताउनु भयो । बर्खाको सिजन लागिसकेकाले हाललाई काठ चिरान गर्न र टिन खरिद गर्नका लागि नगद रकमको आवश्यक रहेको अध्यक्ष बुढाले बताउनु भयो।

भर्खरै प्रकाशित

दाङमा लकडाउन असार ८ गतेसम्म, सरकारी कार्यालय आंशिक खुल्ने

  असार,१/घोराही । दाङमा लकडाउन एक सातालाई थप गरिएको छ । जिल्ला कोरोना नियन्त्रण ब्यबस्थापन समितिको मंगलबार (आज) घोराहीमा बसेको बैठकले लकडाउनलाई केही खुकुलो बनाउँदै…

वातावरण दिवस :  घोराहीको झिगौरामा वृक्षारोपण

चेतना अनलाइन घोराही, २२ जेठ । विश्व वातावरण दिवसका अवसरमा घोराही १४ झिगौरामा वृक्षारोपण गरिएको छ । नयाँ सोच र सृजना, पारिस्थितिकीय प्रणालीको पुनर्स्थापनामा भन्ने…

हेल्पिङ ह्याण्ड जापान र उज्यालो बिहानीको सहकार्यमा अग्नि पीडित रोल्पालीलाई खाद्यान्न…

सन्तोष डाँगी  रोल्पा । हेल्पिङ ह्याण्ड जापान  टिमको आर्थिक सहयोगमा उज्यालो बिहानी फाउण्डेसनले रोल्पा त्रिवेणी गाउँपालिकाका विभिन्न वडामा अग्नि पीडितहरूलाई  खाद्यान्न सहयोग गरेको छ। फाउण्डेसनले शुक्रबार त्रिवेणी…

कागतीका बोटसंग रमाउँदै नेता थापा

केएल बुढाथोकी घोराही, २२ जेठ । घरको उत्तरतिर ३ कठ्ठा जग्गामा कागतीको मनोरम बगैंचा छ । लहरै रोपिएका सर्लक्क बढेर झुम्म परेका बोटहरुमा फूल र…

एसईई र कक्षा १२ को परीक्षा वैकल्पिक विधिबाट गर्न सिफारिस

चेतना अनलाइन काठमाण्डौ , १६ जेठ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई र कक्षा १२ को परीक्षा वैकल्पिक विधिबाट गर्न सिफारिस गरेको छ…