नेपाल औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट लुकराज न्यौपाने महासचिव पदमा निर्वाचित हुनुुभएको छ । मुुलुुकको स्वास्थ्य क्षेत्रको सुुधारका लागि राज्यले स्पष्ट नीति तय गर्नुपर्ने उहाँको भनाई छ । व्यवसायी संघको भर्खरै सम्पन्न अधिवेशन, आगामी कार्ययोजना, औषधी व्यवसायीका समस्या लगायतका विषयमा केन्द्रित भएर चेतना अनलाइनका सम्पादक पाण्डव शर्माले न्यौपानेसँग गरेको कुराकानिको सार :
नेपाल औषधी व्यवसायी संघ लुम्बिनी प्रदेश समितिको अधिवेशन भर्खरै सम्पन्न भएको छ । अधिवेशन कस्तो रह्यो ?
औषधी व्यवसायी संघको गत माघ १७ गते हामीले प्रथम प्रदेश अधिवेशन बुुटवलमा गरेका थियौं । संघीयता कार्यान्वयनसँगै संघको विधान अनुुसार प्रदेश स्तरीय समिति गठन भएको छ ।
यस अन्तर्गतका लुम्बिनी, राप्ती, भेरी अञ्चलमा रहेका अञ्चल शाखाहरुको समन्वयमा यो कार्यसमिति निर्माण भएको छ । यस अन्तर्गत १२ जिल्ला रहेता पनि ११ ओटा जिल्लामा मात्र जिल्ला शाखा गठन भएको छ ।
पूर्वी रुकुुममा विधानतः सदस्य संख्या नपुुगेकोले शाखा निर्माण गर्न सकिएको छैन । आगामी दिनमा यो जिल्लालाई पनि समन्वय गरेर लैजाने हाम्रो योजना रहेको छ ।
तपाई संघको महासचिवमा निर्वाचित हुुनुुभएको छ । तपाईसँग आगामी योजना के छ ?
सर्वप्रथम त पहिलो प्रदेश समिति भएको हुनाले यसको संस्थागत विकासमै चुुनौति छ । तर, पनि यसको सचिवालय निर्माण, भरपर्दो आर्थिक स्रोतको व्यवस्थापन, सम्पूर्ण जिल्लाहरुको समन्वय र व्यवसायीबीच एकता, सामुुहिक नेतृत्व साथै व्यवसायिक हित तथा सामाजिक क्षेत्रमा पनि उल्लेख्य काम गर्नुपर्ने छ ।
त्रैवार्षिक कार्ययोजना बनाएर काम गर्ने, व्यवसायीको क्षमता अभिवृद्धि गर्ने, व्यवसायीबीचमा रहेका समस्याहरुलाई निराकरण गर्ने र यस संस्थासँग उद्देश्य मिल्ने खालका अन्य संस्थाहरुलाई पनि समन्वय गरी काम गर्ने योजना छ ।
ओषधी व्यवसायीहरुका अहिलेका समस्या के हुन् ?
औषधी व्यवसायीहरुको पहिलो समस्या भनेको राज्यले दिनुुपर्ने तालिम र क्षमता अभिवृद्धिको कमी नै हो । यस व्यवसाय भित्र तीन तहका आयातकर्ता, थोक बिक्रेता र खुुद्रा बिक्रेताहरु रहने भएकाले यी तीन ओटै पक्षका फरक फरक समस्या रहेका छन् । हामीले ती समस्याहरुको पहिचान गरेर उचित ढंगले समाधान गर्नुपर्ने छ ।
राज्यसँग तपाईहरुको अपेक्षा के छ ?
राज्यले औषधी व्यवसायलाई हेर्ने दृष्टिकोणमा नै आमुल परिवर्तन गनुर््पने छ । व्यवसायीमैत्री औषधी ऐनहरु हुनुपर्ने छ । दर्ता लगायत औषधी व्यवस्था विभागमा गर्नुपर्ने कामहरु अनलाइन सिस्टमबाट सहजरुपमा सम्पादन गर्नुपर्ने छ । अनुुगमन गर्दा वैज्ञानीक र सभ्य तरिकाले व्यवसायीको उचित सम्मान गर्दै गर्नुपर्छ ।
तपाईहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत गर्नुपर्ने काम के हो ?
औषधी व्यवसाय अति संवेदनशिल र सेवा मुुलक व्यवसाय भएको कारणले गर्दा नाफा भन्दा पनि सेवालाई बढी प्राथमिकता दिनुुपर्दछ । राज्यले अवलम्वन गरेका स्वास्थ्य सम्बन्धी मापदण्डहरु पूरा गर्नका लागि सहयोगी बन्नुुपर्दछ ।
औषधीको उचित प्रयोग, भण्डारण र बिरामीहरुलाई उचित परामर्श दिनुुनै पहिलो सामाजिक कर्तव्य हो । त्यस बाँहेक असहाय, अति विपन्न र विभिन्न सामाजिक संघ संस्थाहरुसँगको सहकार्यमा विभिन्न स्वास्थ्य शिविर, लागुु औषध सम्बन्ची सचेतना मुलक कार्यक्रम, रक्तदान तथा स्वास्थ्य सम्बन्धी सामग्रीहरु हस्तान्तरण गरेका छौं ।
राष्ट्रिय विपद् तथा भैपरी आउने अप्ठेरोमा औषधी व्यवसायी संघ सधै अग्रभागमा रहने गर्दछ ।
अन्यमा व्यवसायीहरुलाई के भन्न चाहनुुहुन्छ ?
यो संवेदनशील व्यवसाय भएको कारणले यसको मर्यादा अनुुशासन र नियम भित्र रहि सेवा भावले जिम्मेवारी पूर्वक औषधी व्यवसायलाई सञ्चालन गर्नका लागि म सबै व्यवसायीहरुलाई आग्रह गर्दछु ।
साथै कुुनै समस्या परेमा वा व्यवसाय भित्र कुुनै समस्या परेको खण्डमा संघको विभिन्न तहमा सम्पर्क गरी समाधान गर्न पनि व्यवसायीहरुमा अपिल गर्दछु । व्यवसायीहरु बिचको एकता अहिलेको आवश्यकता हो । यसलाई पनि मनन गर्दिन म सम्पूर्ण औषधी व्यवसायीहरुलाई आग्रह गर्दछ्ु ।