पाण्डव शर्मा
घोराही, २९ माघ । घोराही उपमहानगरपालिकाले स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरेपछि ग्रामीण भेगका जनतालाई फाइदा पुुगेको छ ।
प्रवद्र्धन केन्द्रबाट ग्रामीण क्षेत्रका जनताले सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
बिरामीहरुले निशुुल्कको स्वास्थ्य उपचार तथा औषधी पाइरहेका छन् । यसअघि सामान्य उपचारका लागि पनि घोराही आउनुपर्ने वाध्यता थियो । तर, अहिले धेरै स्वास्थ्य सेवा प्रवद्र्धन केन्द्रबाटै उपलब्ध हुन थालेको नारायणपुुर स्वास्थ्य प्रवद्र्धन केन्द्रका प्रमुख डिल्लीराज आचार्यले बताउनुुभयो । ‘अहिले प्रवद्र्धन केन्द्रमा उपचार गर्न आउनेहरुको भीड हुुने गरेको छ,’ उहाँले भन्नुुभयो, ‘हामीले यहाँबाट दैनिक करिब ८० जनाको स्वास्थ्य उपचार गरिरहेका छौं ।’
प्रवद्र्धन केन्द्रमा साविकको त्रिपुर नगरपालिकाका र तुलसीपुर १७, १८ र १९ जनताहरु उपचारका लागि आउने गरेका छन् । प्रवद्र्धन केन्द्रमा मेडिकल अफिसरबाट उपचार भइरहेको छ । प्रवद्र्धन केन्द्रमा परिवार नियोजन सेवा अन्र्तगत डिपो पिल्स, इम्प्लान्ट, आइ.यूू. सी.डी., कण्डमका सेवाहरु प्रदान भइरहेको छ ।
त्यसैगरी सुरक्षित मातृत्व सेवा प्रदान भइरहेको छ । गर्भवति जाँच, परामर्श तथा उपचार भइरहेको छ । प्रवद्र्धन केन्द्रमा मासिक २० जना भन्दा बढीले प्रसुति सेवा लिइरहेका छन् ।
प्रवद्र्धन केन्द्रमा ल्याब परिक्षणको सुविधा रहेको छ । त्यहाँ रगत, दिसा, पिसाव र खकार परिक्षण भइरहेको छ । प्रवद्र्धन केन्द्रामामा डट्स सेवा उपलब्ध छ । यो सेवा अन्तर्गत बिरामीलाई प्रत्यक्ष निगरानीमा उपचार गरिन्छ । प्रवद्र्धन केन्द्रामा क्षय रोग सेवा उपलब्ध छ । अहिले ५० जनाले क्षयरोगको औषधी खाइरहेका छन् ।
पोषण सेवा अन्तर्गत दुुई वर्ष देखि मुुनिका बालबालिकाहरुलाई बृद्धि अनुुगमन गर्ने र पहिचान गरि व्यस्थापन गर्ने काम भइरहेको छ । ‘कडा कुपोषित बच्चा फेला परेमा उनीहरुलाई पोषण पुुर्नस्थापना केन्द्रमा पठाइन्छ,’ आचार्यले भन्नुुभयो, ‘सामान्य कुपिषित बच्चालाई पोषण खाने कुुरा प्रदान गरिन्छ ।’
प्रवद्र्धन केन्द्र अन्तर्गत दुुई स्थानमा गाउँघर क्लिनिक सञ्चालन गरिएको छ । लामडाँडाँ र अम्राईमा हरेक महिनामा एक पटक गाउँघर क्लिनिक सञ्चालन गरिन्छ । त्यहीँबाट परिवारनियोजन सेवा, सुरक्षित मातृत्व सेवा, प्राथमिक उपचार र पोषण सेवा प्रदान गरिन्छ ।
गाउँघर क्लिनिकमा पनि एक पटकमा एउटा केन्द्रबाट करीब ३० जना जतिले सेवा प्राप्त गरिरहेको आचार्यले जानकारी दिनुुभयो ।
त्यसैगरी ती दुुबै ठाउँमा खेप केन्द्र पनि सञ्चलन हुँदै आएको छ ।
प्रत्यक महिनाको १० गते अम्राईमा र १२ गते लामडाँडाँ केन्द्रमा पूर्ण खोप कार्यक्रम सञ्चालन भइरहेको छ । एउटा खोप केन्द्रमा करीब महिनामा ८० जनाले खोप सेवा लिइरहेका छन् । त्यहाँ प्रत्यक महिना सबै खोपहरु लगाउने काम भइरहेको छ । खोप सेवा प्रवद्र्धन केन्द्रमा समेत प्रत्येक महिनाको ११ र १३ गते गरि चार ओटा सेसन सञ्चालन हुन्छ । प्रवद्र्धन केन्द्रमा एम्बुलेन्स सेवा सञ्चालन भइरहेको छ । त्यसैगरी किशोरकिशोरीमैत्री सेवा समेत सञ्चालन भइरहेको छ ।
‘संघीयता कार्यान्वयनसँगै सरकारले गाउँगाउँमा सर्वसुुलभ स्वास्थ्य सेवा प्रदान गरिरहेको छ,’ उहाँले भन्नुुभयो, ‘आगामी दिनमा एक्सरे तथा भिडियो एक्सरे सेवा समेत थप्ने तयारी भएको छ ।’ भविष्यमा प्रवद्र्धन केन्द्रहरु मार्फत विशेषज्ञ सेवाहरु पनि प्रदान गर्ने सरकारको लक्ष्य रहेको छ । स्थानीय तहमा जनप्रतिनिधिहरु आएपछि स्वास्थ्य सेवामा उल्लेख्य प्रगति भएको उहाँको भनाई छ ।