तुलसीपुर उवासंघमा पनि नेकपा एक ढिक्का, बस्नेतले लिए अग्रसरता

चेतना अनलाइन

तुलसीपुर, २३ माघ । दाङ जिल्ला उद्योग वाणिज्य संघमा एक ढिक्का भएर निर्वाचनमा होमिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तुलसीपुर उद्योग वाणिज्य संघमा पनि एक भएर जाने भएको छ ।

केन्द्र देखि जिल्ला हुँदै गाउँ तहसम्म विभाजित भइरहेको नेकपा दाङका दुई ओटा उद्योग वाणिज्य संघको निर्वाचनमा भने एक ढिक्का देखिएको छ । दाङ उवासंघ जस्तै तुलसीपुर उवासंघमा पनि एक ढिक्का भएर साझा उम्मेदवार घोषणा गरिएको छ ।

 

दाङ जिल्ला उद्योग वाणिज्य संघमा नेकपालाई एक बनाउन सफल हुनुभएका पार्टी जिल्ला सचिवालय सदस्य एवम् उद्योग विभाग प्रमुख गेहेन्द्र बस्नेतले तुलसीपुरमा पनि विशेष भूमिका निर्वाह गर्नुभएको छ । उहाँ अहिले नेकपाको घोराही उपमहानगर संगठन कमिटीको अध्यक्ष समेत रहनुभएको छ ।

बस्नेतले नेकपाका दुबै पक्षलाई विश्वासमा लिएर व्यवसायीहरुलाई एक बनाउन सफल हुनुभएको हो । ‘म सधै सहमति र सहकार्यको पक्षमा हुन्छु, मेरो चरित्र नै साझा प्रकृति हो, म निषेधको राजनीतिमा विश्वास गर्दैन,’ बस्नेतले भन्नुभयो, ‘हामीले सकेसम्म नेपाली कांग्रेसँग पनि सहमति गरेर सर्वसम्मत नेतृत्व चयन गर्न खोजेका थियौं ।’

यस्ता सामाजिक तथा व्यवसायीक संस्थाहरुमा सर्वसम्मत नेतृत्व चयन गर्नु नै उपर्युक्त हुने बस्नेतको भनाई छ ।
तुलसीपुर उवासंघको निर्वाचनमा नेकपा सम्बद्ध व्यवसायीहरुको विजय हासिलका लागि माननीय हिराचन्द्र केसीको संयोजकत्वमा विशेष निर्देशन समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा तुलसीपुरका मेयर घनश्याम पाण्डेय, विनोद शर्मा, मेघराज भुसाल, खगेन्द्र पोख्रेल, टोपबहादुर घर्ति लगायत हुनुहुन्छ ।

प्रचारप्रसार समितिको संयोजकमा नारायण खनाल, कार्यलय व्यवस्थापन प्रमुखमा दरिभान डाँगी, आर्थिक व्यवस्थापन समितिमा मिनराज वलीलाई जिम्मेवारी दिइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाले तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षमा रामप्रसाद चालिसेलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । उहाँ उद्योग बाणिज्य संघको वर्तमान बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । नेकपाको नेतृत्व दुई समुहमा विभाजन भएता पनि कम्युनिष्ट विचारधारका व्यापारीहरु उद्योग बाणिज्य संघको आगामी नेतृत्वका लागी एकढिक्का हुदै चालिसेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यस्तै संघको बरिष्ठ उपाध्यक्ष रुप बहादुर खत्री , बाणिज्य उपाध्यक्षमा मिनराज भण्डारी , उद्योग उपाध्यक्षमा यज्ञ बहादुर केसी, महासचिवमा नरेसराज भण्डारी,कोषाध्यक्षमा पवित्रा केसी, सचिवमा वेद प्रसाद वली, सहकोषाध्यक्षमा टेक प्रसाद केसी, सदस्यहरुमा सेषकान्त ढकाल, दुर्गा भुसाल, गोपि चौधरी, कमल डाँगी, नविन राई, चक्र प्रसाद नेपाली, निर्मल पौडेल, महिला सदस्यमा निर्मला भुसाल, गंगावली खड्कालाई उम्मेदवार बनाउने घोषणा गरिएको हो ।

निर्वाचत मिति नजिकिए संगै नेकपाले उम्मेदवारहरुको नामावली टुङग्यो लगाएको हो । उद्योग बाणिज्य संघको आगामी नेतृत्वका लागी आउदो फागुन १ गते निर्वाचन हुने भएको छ ।

नेपाली कांग्रेस निटक प्रजातान्त्रिक उद्योग वाणिज्य संघले भने पूर्व अध्यक्ष हिमाल बस्नेत ‘टेकन’ लाई उठाउने निर्णय गरेको छ ।

भर्खरै प्रकाशित

भुमिगत राजनीति छाडेका विप्लवले गुरु महरालाई भेटे

चेतना अनलाइन काठमाण्डाै । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई उहाँकै निवास पुगेर भेट…

दाङमा रातमा पनि व्यापार व्यवसाय सञ्चालन गर्नुुपर्छ

  लिला डिसी सञ्चालक न्यू टि थ्री प्यालेस, घोराही १५ दाङ न्यू टि थ्री प्यालेसका सञ्चालक लिला डिसी दाङमा पनि रातको समयमा व्यापार व्यवसाय सञ्चालन…

राज्यले औषधी व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन आवश्यक छ

नेपाल औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट लुकराज न्यौपाने महासचिव पदमा निर्वाचित हुनुुभएको छ । मुुलुुकको स्वास्थ्य क्षेत्रको सुुधारका लागि राज्यले स्पष्ट नीति तय…

प्रेमबिना संसार चल्दैन

प्रेमबिना संसार चल्दैन । प्रेमले जीवन जिउन सजिलो बनाउँछ । प्रेम प्रकट गर्नु नराम्रो होइन तर आफ्नो संस्कृतिलाई बिर्सेर अरुको संस्कुतिलाई गलत तरिकाले अगांल्नु चाँहि…

दाङलाई स्वास्थ्य क्षेत्रको हब बनाउन सकिन्छ

शालिकराम आचार्य अध्यक्ष नेपाल औषधी थोक व्यवसायी संघ लुम्बिनी प्रदेश नेपाल औषधी थोक व्यवसायी संघ लुम्बिनी प्रदेश अध्यक्ष शालिकराम आचार्य दाङलाई स्वास्थ्य उपचारको हब बनाउन…