चेतना अनलाइन
घोराही, १२ माघ । राजपुर गाउँपालिका वडा नं ४ दुलैया दाङमा भैसी स्रोत केन्द्र उद्घाटन भएको छ ।
भैसी स्रोत केन्द्र समितिको आयोजनामा सोमबार लुम्बिनी प्रदेशका भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले स्रोत केन्द्रको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले मुलुकको आर्थिक विकासका लागि कृषि क्षेत्रको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले लुम्बिनी प्रदेश सरकारले किसानको हितका लागि विभिन्न कार्यक्रमहरु ल्याएको उल्लेख गर्दै आगामी दिनमा थप कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा प्रदेश सांसद् रेवतिरमण शर्मा दाङको विकासको आधार कृषि भएको उल्लेख गर्दै प्रदेश सरकारले यहाँको विकासमा पु¥याएको योगदानका उच्च प्रशंसा गर्नुभयो ।
कार्यक्रममा पशु विज्ञ कार्यलयका प्रमुख डा. वेदबहादुर केसीले दाङमा पशुपालनको अवस्थाबारेमा प्रकाश पार्नुभएको थियो ।