प्रधानमन्त्रीले विधि र पद्धति नमान्दा समस्या : गौतम

चेतना अनलाइन

पटौलिनाका, १२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज जीवन गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले विधि र पद्धती नमान्दा पार्टीमा संकट उत्पन्न भएको बताउनुभएको छ ।

दाङको राजपुर गाउँपालिकाका विभिन्न वडामा राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रमलाई संवोधन गर्नुहुँदै उहाँले अहिलेको लडाई अग्रगमन र प्रतिगमनकाबीच भएको बताउनुभयो । ‘प्रधानमन्त्रीको कदमले गणतन्त्र, संघीयता र धर्मनिरपक्षालाई खतरामा पार्ने काम भएको छ,’ गौतमले भन्नुभयो, ‘उहाँको हठ र इगोले मुलुक नै संकटमा पुगेको छ ।’ प्रधानमन्त्रीको गलत कदमका विरुद्ध सम्पूर्ण देशभक्त, गणतन्त्रवादी र परिवर्तनगामी शक्तिहरु एक हुन जरुरी रहेको उहाँले बताउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजपुर गाउँपालिका संगठन कमिटीले आयोजना गरेको राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम राजपुर गाउँपालिका वडा नम्बर १ पटौलीनाका देखि वडा नम्बर ७ भौवानाका अन्तरगत पर्ने विभिन्न नाकाक्षेत्रमा सम्पन्न भएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारूले प्रधानमन्त्री ओली र पार्टी अध्यक्षद्धय प्रचण्ड तथा माधव नेपालबीचको लडाइँ भनेको धनी र गरिब विचको लडाइँ रहेको बताउनुभयो । ‘प्रधानमन्त्री ओली दलाल, पुजीपति तथा र धनीको सेवाममा लाग्नुभएको छ भने माध र प्रचण्ड भने गरिबको सेवामा लाग्नुपर्छ भन्ने पक्षमा हुनुहुन्छ ।’

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपा राजपुर गाउँपालिका अध्यक्ष चक्रबहादुर खड्का (शेखर)ले नेपाल कम्युनिस्ट पार्टी विभाजन नभएको बताउनुहुँदै पार्टीबाट केही व्यक्ती चुइटिएर गएपछि (नेकपा) पार्टी अझ सशक्त र बलियो भएको तर्क राख्नुभयो । उहाँले कार्यकर्तालाई पार्टी संकटमा परेको बेला कसैको पर्खाइमा नबस्न आग्रह गर्दै पार्टी संकटमा परेको बेला भाग्ने र विशाल पार्टी भएको बेला अवसर खोज्ने त्यस्ता कार्यकर्ता नभइ अवसरबादी रहेको बताउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजपुर गाउँपालिका पार्टी अध्यक्ष चक्रबहादुर खड्का(शेखर) को अध्यक्षता एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज जीवन गौतमको प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारूको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश सचिवालय सदस्य लुमाकान्त न्यौपाने (सागर), नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सचिव सुवास पुन, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लमही नगर कमिटी सचिवालय सदस्य प्रेमप्रसाद पुलामी लगायतले कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो ।

भर्खरै प्रकाशित

भुमिगत राजनीति छाडेका विप्लवले गुरु महरालाई भेटे

चेतना अनलाइन काठमाण्डाै । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई उहाँकै निवास पुगेर भेट…

दाङमा रातमा पनि व्यापार व्यवसाय सञ्चालन गर्नुुपर्छ

  लिला डिसी सञ्चालक न्यू टि थ्री प्यालेस, घोराही १५ दाङ न्यू टि थ्री प्यालेसका सञ्चालक लिला डिसी दाङमा पनि रातको समयमा व्यापार व्यवसाय सञ्चालन…

राज्यले औषधी व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन आवश्यक छ

नेपाल औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट लुकराज न्यौपाने महासचिव पदमा निर्वाचित हुनुुभएको छ । मुुलुुकको स्वास्थ्य क्षेत्रको सुुधारका लागि राज्यले स्पष्ट नीति तय…

प्रेमबिना संसार चल्दैन

प्रेमबिना संसार चल्दैन । प्रेमले जीवन जिउन सजिलो बनाउँछ । प्रेम प्रकट गर्नु नराम्रो होइन तर आफ्नो संस्कृतिलाई बिर्सेर अरुको संस्कुतिलाई गलत तरिकाले अगांल्नु चाँहि…

दाङलाई स्वास्थ्य क्षेत्रको हब बनाउन सकिन्छ

शालिकराम आचार्य अध्यक्ष नेपाल औषधी थोक व्यवसायी संघ लुम्बिनी प्रदेश नेपाल औषधी थोक व्यवसायी संघ लुम्बिनी प्रदेश अध्यक्ष शालिकराम आचार्य दाङलाई स्वास्थ्य उपचारको हब बनाउन…