डा. साधना बुढाथोकी
दाँत हाम्रो शरिरको महत्वपूर्ण अंग हो । हामीले खाएको खानेकुुरालाई दाँतले मसिनो बनाएर पठाउने गर्दछ । यति महत्वपूर्ण अंग हुँदा हुँदै दाँतको सुरक्षा गर्न नसक्दा हामी मध्ये धेरैले दुुःख पाउनुुपरेको छ ।
धेरैलाई दाँतको उपचार कसरी र कहाँ गएर गरिन्छ भन्ने कुराको जानकारी पनि हुँदैन । दाँतको उपचार भनेको दाँत फाल्नु मात्र हो भन्ने धेरैको बुुझाई रहेको छ । तर, दाँतको उचित उपचार गर्न सकिन्छ ।
यसका लागि हामीले सबैभन्दा पहिले दाँतमा आएको समस्याको पहिचान गर्नुपर्छ । केहीलाई बच्चै देखि दाँतको समस्या हुुन्छ भने केहीलाई उमेर बढ्दै जाँदा दाँतको समस्या थपिन थाल्छ ।
दाँतमा आउने समस्याहरु
गिजा सुन्निने
दाँतको बाहिरी क्षेत्रमा किराले खाने
दाँतको जरा सम्ममा गएर किराले खाने
दाँत भाचिने
दाँतमा फोहोर जम्ने
दाँतमा कालो दाग लाग्ने
दाँत बांगोटिंगो हुने
दाँतकै कारण मुखमा संक्रमण देखिने
मुख गन्ध आउने
कतिपयलाई संक्रणम लामो समयसम्म रह्यो भने क्यान्सर सम्म हुन्छ ।
दाँतको सुुरक्षा कसरी गर्ने ?
नियमित राम्रोसँग दिनमा दुुई पटक ब्रस गर्ने
धेरै चिसो र तातो खानेकुुरा नखाने
धेरै साह्रो खाने कुरा नखाने
६÷६ महिनामा दाँतको सफाई (स्केलिङ) गर्ने
जंक फुड धेरै नखाने
चुुरोट, सुुर्ति, गुड्का, भोला, पुुकार नखाने
मद्यपान नगर्ने
हामीले यि कुरामा ध्यान दिन सकेको खण्डमा दाँतको उचित सुरक्षा गर्न सक्छौं । यदी दाँतमा कुुनै समस्या आएको खण्डमा नजिकको दाँत उपचार केन्द्रमा गएर दाँतको परिक्षण तथा उपचार गर्न सकिन्छ । पछिल्लो समय दाँतको उपचार गर्नुपर्छ भन्ने चेतनाको विकास भइरहेको छ । तर, अहिले पनि अस्पताल आउने मध्ये अधिकांश बिरामीहरु दाँतको उपचार भनेको दाँत फाल्ने नै हो भन्ने धारणा बोकेर आउनुहुन्छ । हामीले दाँत फालेर होइन त्यहीँ दाँतको उचित उपचार गरेर बचाउन सकिन्छ । तत्कालिन समाधानका लागि दाँत फाल्न त सक्छौं तर, यो दीर्घकाली समाधान होइन ।
यसरी गर्न सकिन्छ दाँतको उपचार ः
बाहिरी भागमा मात्र किराले खाएको दाँतलाई भरेर बचाउन सकिन्छ ।
यदी नसासम्म छोएको छ भनेर जरा सम्मै भरेर (आरसीटी) उपचार गर्न सकिन्छ ।
गिजा फोहोर अथवा दाँतमा दाग लागेको छ भने सफा (स्केलिङ) गर्न सकिन्छ ।
बांग्गोटिंगो दाँतहरुलाई तार बाँधेर सोझो बनाउन सकिन्छ ।
दाँतमा क्याप लगाएर सुरक्षा प्रदान गर्न सकिन्छ ।
दाँत नभएको ठाउँमा कृतिम दाँत राख्न सकिन्छ ।
बृद्धबृद्धाहरुको दाँत नभएको खण्डमा नक्कली दाँत हाल्न सकिन्छ ।
कसैकसैलाई सामान्य सल्यकृया गरेर पनि दाँतको उपचार गर्नु सकिन्छ ।
दाँतको एक्सरे गरेर भित्रि भागमा देखिएको समस्याको पहिचान गरेर उपचार गर्न सकिन्छ ।
अहिले जस्तो उपचारको नाममा जथाभावी तरिकाले उपचार भइरहेका हुन्छन् । दन्त चिकित्सकसँग मात्रै उपचार गर्न आवश्यक छ ।
(डा. बुुढाथोकी दाङको घोराही नयाँ बसपार्क स्थित अम्बिकेश्वरी डेन्टल केयर सेन्टर एण्ड फार्मेसीमा कार्यरत हुुनुुहुुन्छ ।)