चेतना अनलाइन
घाेराही, ६ माघ । मृगाैला पीडित दाङ घोराही उपमहानगरपालिका वडा नं १९ रालबाङ निवासी निम बहादुर पुनकाे उपचारका लागि दुई लाख पचास हजार रूपैयाँ संकलन भएकाे छ ।
युवा नेता ज्ञानबहादुर रायमाझी र भारतीय सेनामा कार्यरत गिरु रोकाको सहयोग अभियान मार्फत साे रकम संकलन गरिएकाे हाे । संकलित रकम गिरु रोकाकी जीवन संगीनि उषा रोकाले हस्तान्तरण गर्नु भयाे ।
मृगौला पीडित पुन अहिले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा नियमित डाइलोसिस गर्दै आउनु भएको छ ।
अनेरास्ववियू दाङका संयाेजक जंग राेकाले मृगाैला पीडित पुनकाे जीवन रक्षाका लागी सबैमा अपिल गर्नुभएकाे छ । उहाँले दाताहरूलाई अार्थिक सहयाेगका लागि अपिल गर्नुभएकाे छ ।