घोराही नयाँ बसपार्कमा अम्बिकेश्वरी डेन्टल, एक महिना निःशुुल्क सुुगर परिक्षण

चेतना अनलाइन

घोराही, २६ पुुस । दाङको घोराही स्थित नयाँ बसपार्कमा अम्बिकेश्वरी डेन्टल केयर सेन्टर एण्ड फार्मेसी सञ्चालनमा आएको छ ।

घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीले एक कार्यक्रमकाबीच सेन्टर एण्ड फार्मेसीको उद्घाटन गर्नुभएको हो । सेन्टरमा दाँत सम्बन्धी सम्पूर्ण उपचार गरिने सञ्चालक शिला आचार्यले जानकारी दिनुुभयो । उहाँका अनुुसार सेन्टरमा दाँतको तार बाँढ्ने, सफा गर्ने, स्केलिङ गर्ने, दाँत भर्ने लगायतका सम्पूर्ण समस्याको उपचाग गरिन्छ ।

सेन्टरमा रगत, दिशा, पिसाब तथा सम्पूर्ण ल्याब परिक्षण गरिने अर्का सञ्चालक पाण्डव शर्माले जानकारी दिनुुभयो । ‘हामीले केही समयभित्र दाँत बाँहेक अन्य रोगका पनि विशेषज्ञ डाक्टर सहितको उपचार सेवा सञ्चालन गर्ने तयारी गरेका छौं,’ उहाँले भन्नुुभयो, ‘एक्सरे सेवा पनि सञ्चालनमा ल्याउँदै छौं ।’

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले स्वास्थ्य संस्थाहरु स्थापना हुनु नगरबासीहरुलाई फाइदाजनक भएको बताउनुुभयो । ‘बसपार्क क्षेत्र र यस आसपासका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी सेवा सञ्चालन गर्नुभएको छ,’ उहाँले भन्नुुभयो, ‘दाँत सम्बन्धी समस्या भएका समग्र नगरवासी तथा राप्ती अञ्चलकै जनतालाई सहज हुने छ भन्ने मैले विश्वास लिएको छु ।’


नेपाल चिकित्सक संघ, दाङका अध्यक्ष डा. कुुबेरकुमार रेग्मीले गुणस्तरीय स्वास्थ्य संस्थाहरु स्थापना हुुनु आम नागरिकका लागि सकरात्मक कुुरा भएको बताउनुुभयो । उद्घाटनको दिन सम्पूर्ण सेवाहरु ५० प्रतिशत छुटमा गरिएको थियो ।

उद्घाटनको अवसरमा एक महिनाका लागि पूर्णरुपमा निशुल्क सुुगर परिक्षको व्यवस्था गरिएको सञ्चालक पाण्डव शर्माले जानकारी दिनुुभयो ।

भर्खरै प्रकाशित

दाङमा ‘गिफ्ट कल्चर’ बढ्दै

चेतना अनलाइन घोराही, ३० चैत । दाङमा पछिल्लो समय गिफ्ट कल्चर बढ्न थालेको छ । केही वर्ष पहिलेसम्म विशेष गरेर किशोरकिशोरीहरुमा गिफ्ट दिने प्रचलन भए…

पारुको अंगालो !

पाण्डव शर्मा छोराको स्कुल बस आउन निकै ढिलो भएको थियो । अफिसबाट मलाई तारन्तार फोन आइरहेको थियो । अरु दिन पौने १० बजे नै आइपुग्ने…

आज क्षयरोग दिवस, के हो क्षयरोग ?

डिल्लीराज आचार्य हरेक बर्षको मार्च २४ अन्तराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । अर्थात् ” mycobacterium tuberculosis” क्षयरोग बनाउने किटाणु पत्ता लागेको दिन हरेक बर्षको मार्च २४…

भुमिगत राजनीति छाडेका विप्लवले गुरु महरालाई भेटे

चेतना अनलाइन काठमाण्डाै । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई उहाँकै निवास पुगेर भेट…

दाङमा रातमा पनि व्यापार व्यवसाय सञ्चालन गर्नुुपर्छ

  लिला डिसी सञ्चालक न्यू टि थ्री प्यालेस, घोराही १५ दाङ न्यू टि थ्री प्यालेसका सञ्चालक लिला डिसी दाङमा पनि रातको समयमा व्यापार व्यवसाय सञ्चालन…