चेतना अनलाइन
तुलसीपुर, १६ मंसिर । अनेरास्ववियूका प्रभावशाली नेता तिलक राज भण्डारिले केपि ओलि कम्युनिस्ट आन्दोलनको कलंक भएको बताउनु भएको छ ।
अनेरास्ववियू दाङ्गको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई संवाेधा गर्दै नेता भण्डारीले ओलीले देश र जनताको लागि अपराध गरेका कारण दिनगन्ती सुरु भएको बताउनुभयाे ।
नेता भण्डारीले भन्नुभयाे, ” प्रधानमन्त्री अाेलीले संसद विघटन गरेर जनमतको अपमान मात्रै गरेनन्, नेपाली कम्युनिस्ट आन्दोलनको पनि बदनाम गरेका छन्, त्यसको जनताले उचित जवाफ दिनेछन् ।”
देश कोरोना संकटमा रहेको समयमा अाेलीले जनताको स्वास्थ्यमा ध्यान केन्द्रीत गर्नुपर्ने समयमा संसद विघटनको नाटक गरेर देश जनता र कम्युनिस्ट आन्दोलन प्रति गम्भीर अपराध गरको बताउनुभयाे ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका नेता भण्डारीले शान्ति र समृद्धिको अभियान सहित अगाडि बढेको कम्युनिस्ट आन्दोलन ओलीले प्रतिगमनतर्फ फर्काउने प्रयास गरेकाे बताउनुभयाे ।
भण्डारीले ओलीको असंवैधानिक कदमको हरेक युवा विद्यार्थीले प्रतिवाद गर्नु पर्ने अावश्यकता अाैंल्याउनुभयाे ।
अनेरास्ववियू दाङ्गका संयोजक जंग रोकाको अध्यक्षता एवम् संगठनका प्रभावशाली नेता तिलकराज भन्डारीको प्रमुख आतिथ्यता तथा नेकपा दाङ्गका संगठन बिभाग प्रमुख कृष्ण भुसालको विशिष्ट अतिथिमा भएको कार्यक्रममा नेकपा दाङ्गका सचिवालय सदस्य पदम केसि, जिल्ला सदस्य अमित शर्मा, राष्ट्रिय युवा संघ दाङ्गका संयोजक प्रेम मगरको उपस्थित रहेको थियाे ।
कार्यक्रममा नेकपा तुलसीपुर नगर कमिटिका अध्यक्ष एवम् संगठनका पूर्व नेता खुसिराम चौधरी, अनेरास्ववियूका केन्द्रिय अनुशासन आयोगका सदस्य बिरबल खड्का लगायतले प्रशिक्षण मन्तब्य राख्नु भएको थियो ।
रविन्द्र डाँगीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रकाश शर्माले गर्नु भएको थियो ।
भेलाले अनेरास्ववियू दाङ्गका सह संयोजक सर्जन परियारलाई पदमुक्त गर्दै रबिन्द्र डाँगीलाई अनेरास्ववियू दाङ्गको सह संयोजकको रुपमा जिल्ला पार्टी कार्यालय दांग र अनेरास्ववियू केन्द्रिय समितिमा सिफारिस गरेको छ ।