चेतना अनलाइन
घोराही, ११ पुस । पुराना कम्युनिष्ट नेता खुमप्रसाद भण्डारीको तेह्रो दिनको पुन्यतिथीको अवसरमा उहाँकै निवास घोराही उपमहानगरपालिका वडा नं १७ वर्गद्धीमा श्रद्धाञ्जलीसभा गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) १७ नं वडा कमिटिको आयोजनामा भएको श्रद्धाञ्जली कार्यक्रममा बोल्ने वक्ताहरुले कम्युनिष्ट आन्दोलनमा भण्डारीले अतुलनीय योगदान पुर्याएको बताएका थिए ।
अध्यक्ष पदम बहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्यले पार्टी अहिले गम्भिर अवस्थामा पुगेको बताउनुभयो । उहाँले कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउनका लागि अँझै जुझारु भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा नेकपा जिल्ला सचिवालय सदस्य तथा घोराही नगर सचिव प्रमोद शर्मा, नेकपा जिल्ला सचिवालय सदस्य हुमा डिसी, घोराही १७ का वडा अध्यक्ष खुशीराम चौधरी, भण्डारीका भतिज तथा वडा कमिटि सदस्य दुर्गाप्रसाद भण्डारीले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन पार्टी वडा सचिव धनिराम चौधरीले गर्नुभएको थियो ।