चेतना अनलाइन
घोराही, ७ मंसिर । दाङ जिल्ला उद्योग वाणिज्य संघको यहीँ पुस २० गते हुन थालेको अधिवेशनको नयाँ नेतृत्वका लागि चहलपहल शुरु भएको छ ।
नेतृत्वका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस सम्बद्ध व्यसायीहरु नेतृत्वका लागि दौडधुप शुरु गरेका छन् । कोरोना महामारीका कारण ढिलो गरे हुन थालेको उवासंघको अधिवेशन नजिकिएसँग व्यसायीहर नेतृत्वका लागि दौडधुप गर्न थालेका हुन् । दुबै पक्षका व्यवसायीहरु अहिले नेतृत्वका लागि आआफ्नो तयारीमा जुटेका छन् । यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट व्यसायीहरु एकताबद्ध भएर जाने भएका छन् ।
मंगलवार नेकपा दाङ उद्योग विभागले आयोजना गरेको भेलामा व्यवसायीहरुले एकताबद्ध भएर जाने निर्णय गरेका हुन् । उद्योग विभाग प्रमुख गेहेन्द्र बस्नेतको अध्यक्षतामा भएको भेलाले उवासंघको अधिवेशनमा एक ढिक्का भएर जाने निर्णय गरेको हो । भेलाले बस्नेतकै संयोजकत्वमा निर्वाचन परिचालन कमिटि समेत गठन गरेको छ ।
यसैगरी बस्नेत संयोजक, जितबहादुर केसी र नरबहादुर अधिकारी सदस्य रहेको वार्ता कमिटि समेत गठन गरेको छ । सो अवसरमा बोल्ने व्यवसायीहरुले दाङ जिल्ला उद्योग वाणिज्य संघले व्यवसायीक हित देखि अन्य सबै क्षेत्रमा प्रभाव पार्ने भएका कारण कामकाजी नेतृत्व चयन गर्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङकाका अध्यक्ष एवम् प्रेस संगठन नेपाल लुम्बिनी प्रदेश संयोजक सविन प्रियासनले उवासंघले दाङलाई लुम्बिनी प्रदेशको राजधानी बनाउने देखि यहाँका नागरिक आन्दोलनहरुका सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै आगामी नेतृत्वले यहाँको विकासका लागि निरन्तर पहरेदारी गर्नुपर्ने बताउनुभयो ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले सर्वसम्मत नेतृत्व चयनका लागि आँफूले पहल गरिरहेको बताउदै सहयोका लागि सबैलाई अपिल गर्नुभयो ।
भेलामा व्यवसायीका नेता देखि विभिन्न व्यापार व्यवसायमा आबद्ध व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो । भेलाको सञ्चालन व्यवसायी महेन्द्र बुढाथोकीले गर्नुभएको थियो भने । सहभागिलाई स्वागत व्यवसायी जितबहादुर केसीले गर्नुभएको थियो ।