चेतना अनलाइन
घोराही, २१ मंसिर । यमाहाको ‘जेडआर १२५ फाइभ’ स्कुटिको माइलेज च्यालेन्स प्रतियोगिता आइतबार घोराहीमा सम्पन्न भएको छ ।
१५ जना स्कुटि प्रयोगकर्ताहरुबीच भएको प्रतियोगितामा बसन्त रोका मगर प्रथम, सुशिला मल्ल द्धितिय र चेतनाथ गिरी तृतिय भएका थिए । घोराहीको यमाहा शोरुमबाट शुरु भएको स्कुटि ¥याली दामोदरचोक, तुलसीपुर चोक, विपि चोक हुँदै धारपानीसम्म पुगेको थियो ।
त्यहाँबाट पुनः ¥याली यमाह शोरुममा आएर टुंगिएको थियो । प्रतियोगितामा प्रथम स्कुटिले ८४.४, द्धितिय हुनेले ८०.४ र तृतिय हुनेले ७४.८१ माइलेज दिएको थियो । प्रतियोगितामा सहभागि अधिकांश स्कुटिको माइलेज ५५ भन्दा माथि थियो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासन, यमाह स्वरुमको आधिकारी बिक्रेता श्रेष्ठ अटोमावाइलका सञ्चालक राजेन्द्र श्रेष्ठ र म्यानेजिङ डाइरेक्टर लक्कि सलमानीले विजेताहरुलाई प्रमाणपत्र, सिल र खादा ओढाएर सम्मान गर्नुभएको थियो ।