चेतना अनलाइन
घोराही, १८ मंसिर । दाङको घोराही नवलपुर स्थित मितेरि अस्पतालमा हाडजोर्नीको अप्रेसन शुरु भएको छ ।
एक हप्ता अघि देखि मितेरीमा हाडजोर्नीको अप्रेसन सेवा शुरु भएपछि १० जना व्यक्तिको अप्रेसन गरिएको अस्पतालका सञ्चालक महाविर जिसिले जानकारी दिनुभयो ।
उहाँका अनुसार खुट्टा, हाड भाच्चिएको, ढाड भाच्चिएको र दुर्घटना विभिन्न अंगका हड्डि भाच्चिएको अप्रेसन गरिएको छ । ‘हामीले अस्पतालमा विशेष सेवा सहितको उपचार गरिरहेका छौं,’ जिसिले भन्नुभयो, ‘पछिल्लो समय अप्रेसनका विरामीहरु समेत धमाधम आइरहेका छन् ।’
हाडजोर्नी रोग विशेष डा. हिमांशु शाहले दाङमा हाडजोर्नीको समस्या भएका विरामीहरुको संख्या धेरै भएको बताउनुभयो ।
अप्रेसन सेवा शुरु भएपछि सबैभन्दा बढी फाइदा दुर्घटनाका विरामीहरुलाई भएको सञ्चालक माधव भण्डारीले जानकारी दिनुभयो ।
अस्पतालमा अत्याधुनिक भिडियो एक्सरे, साधा एक्सरे, घाँटीको इण्डोष्कोपि, ल्याव लगायतको सुविधा रहेको छ ।
त्यसैगरी पाँच ओटा विशेषज्ञ सेवा सञ्चालनमा ल्याइएको भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रसुति, हाडजोर्नि, नाक, कान घाँटी, बाल रोग र भिडियो एक्सरेको विशेषज्ञ सेवा सञ्चालन भएको छ ।
प्रसुति सेवा शुरु
मितेरी अस्पतालमा प्रसुति सेवा समेत शुरु गरिएको छ ।
यस अघि प्रसुतिको परीक्षण हुने गरेपनि डेलिभरी र अप्रेसन सञ्चालनमा थिएन । अहिले प्रसुति रोग विशेषज्ञ डा. अनुपमा शर्माले २४ सैं घण्टा प्रसुति सेवा प्रदान गरिरहेको सञ्चालक महाविर जिसिले जानकारी दिनुभयो । उहाँका अनुसार प्रसुति गराउन आउने महिलाहरुलाई आवश्यकताको आधारमा नर्मल डेलिभरी र अप्रेसन गरेर बच्चा निकाल्ने काम भइरहेको छ ।