चेतना अनलाइन
घाेराही, १८ मंसिर । दाङकाे घाेराही न्युरोड स्थित विजि माेबाइल सर्भिस सेन्टरले चेतना अनलाइनलाई स्वास्थ्य सामग्री प्रदान गरेकाे छ ।
विजि माेबाइलका सञ्चालक गगन केसीले चेतना अनलाइन का सम्पादक पाण्डव शर्मालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएकाे हाे । उहाँले माक्स, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएकाे हाे ।
युवा व्यवसायी गगन पछिल्लाे समय सामाजिक क्षेत्रमा सकृय हुनुहुन्छ । अार्थिक उन्नतिका साथै समाजसेवा गर्ने अाफ्नाे लक्ष्य भएकाे उहाँले बताउनुभयो ।