विष्णु पौडेललाई गृहजिल्लामै कालो झण्डा, बिरोधीलाई प्रहरी लियो यसरी नियन्त्रणमा

चेतना अनलाइन

बुटवल, १० मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाइएको छ ।

बुटवलबाट पश्चिम सैनामैनातर्फ जाने क्रममा नेता पौडेललाई नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले तिनाउ पुल नजिक नेपालगन्ज रोडमा कालो झण्डा देखाएका हुन् ।

नेता पौडेल आफ्नो निर्वाचन क्षेत्र ९रुपन्देही–२० को सैनामैना मा।बि रानिबगिया र पर्रोहा मा।बि। मुर्गियाको नव निर्मित भवनको उदघाटन गर्न जाँदै थिए ।

प्रहरीले कालो झण्डा देखाउने प्रदर्शनकारीलाई तत्कालै सडकबाट हटाएपछि नेता पौडेल आफ्नो गन्तव्यतर्फ लागेका छन् । कालो झण्डा देखाउने कसैलाई पनि नियन्त्रणमा नलिइएको प्रहरीले जनाएको छ ।

बालुवाटारको सरकारी जग्गा आफ्ना छोराको नाममा गराएको र वर्तमान सरकार एकपछि अर्को ठूला भ्रष्टाचारमा मुछिएको हुँदा पौडेललाई कालो झण्डा देखाएर विरोध गरिएको कांग्रेस रुपन्देहीका युवा नेता विष्णु पोखरेलले बताए ।

गत संसदीय चुनावमा बुटवललाई स्थायी राजधानी बनाउने मुख्य चुनावी एजेण्डा बनाएर चुनाव जिते पनि अन्तिममा एजेण्डा छाडेर अर्थमन्त्री पदसँग राजधानी साटेको आरोप पनि पौडेललाई लाग्दै आएको छ ।

भर्खरै प्रकाशित

घोराही नयाँ बसपार्कमा अम्बिकेश्वरी डेन्टल, एक महिना निःशुुल्क सुुगर परिक्षण

चेतना अनलाइन घोराही, २६ पुुस । दाङको घोराही स्थित नयाँ बसपार्कमा अम्बिकेश्वरी डेन्टल केयर सेन्टर एण्ड फार्मेसी सञ्चालनमा आएको छ । घोराही उपमहानगरपालिका मेयर नरुलाल…

दाङ उवासंघको नयाँ नेतृत्वलाई स्वागत, उत्पादनमुखी व्यवसाय अहिलेको आवश्यकता

चेतना अनलाइन घोराही, २२ पुस । संयुक्त व्यावसायिक प्यानल प्रचारप्रसार समितिले दाङ जिल्ला उद्योग वाणिज्य संघमा निर्वाचित नयाँ नेतृत्वलाई स्वागत तथा शुभकामना प्रदान गरेको छ…

केपि ओलीमा कम्युनिस्ट चरित्र देखिएन : नेता भण्डारी

चेतना अनलाइन तुलसीपुर, १६ मंसिर । अनेरास्ववियूका प्रभावशाली नेता तिलक राज भण्डारिले केपि ओलि कम्युनिस्ट आन्दोलनको कलंक भएको बताउनु भएको छ । अनेरास्ववियू दाङ्गको अगुवा…

भण्डारीको स्मृतिमा श्रद्धाञ्जली

चेतना अनलाइन घोराही, ११ पुस । पुराना कम्युनिष्ट नेता खुमप्रसाद भण्डारीको तेह्रो दिनको पुन्यतिथीको अवसरमा उहाँकै निवास घोराही उपमहानगरपालिका वडा नं १७ वर्गद्धीमा श्रद्धाञ्जलीसभा गरिएको…

पूर्वसभामुख महरालाई भेट्न पुगिन चीनिया राजदुत

चेतना अनलाइन काठमाडौं । चीनिया राजदुत होउ यान्छी र पूर्वसभामुख कृष्णबहादुर महराबीच आज शिष्टाचार भेट वार्ता भएको छ । राजदुत यान्छी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)…