चेतना अनलाइन
घोराही । दाङ जिल्लाबाट प्रतिनिधित्व गर्दै पश्चिम नेपालबाट मिस नेपाल २०२० को फाइलनमा पुग्न सफल हुनुभएकी घोराही उपमहानगरपालिका वडा नं १५ कि डा. निगाता केसीलाई जिताउन अभियान शुरु गरिएको छ ।
प्रतियोगितामा चितवन देखि पश्मिबाट डा. निगाता मात्रै एक्लो प्रतिस्पर्धी हुनुहुन्छ । प्रतियोगितामा पश्चिम नेपालका चार ओटा प्रदेशबाट उहाँमात्रै फाइनलमा जान सफल हुनुभएको हो । निगातालाई जिताउनका लागि दाङ लगायत विभिन्न जिल्लाबाट जिताऔं अभियान शुरु गरिएको छ ।
दाङमा नेपाल पत्रकार महासंघका शाखा अध्यक्ष सविन प्रियासनको संयोजकत्वमा डा. निगाता जिताऔं अभियान समेत शुरु गरिएको छ ।
निगातालाई जिताउनका लागि आइएमइ पे एपबाट भोट गर्न सकिने छ । त्यसका लागि कुनै पनि मोवाइल प्रयोगकर्ताले प्ले स्टोरमा गएर आइएमइ पे एप डाउनलोड गर्नुपर्ने छ । एप ओपन भएपछि इभेन्ट अप्सनमा गई उहाँलाई भोट गर्न सकिन्छ । त्यसपछि एप ओपन गरी प्रतिष्पर्धी नं ७ कि निगातालाई भोट गर्नुपर्ने छ ।
आफ्नी छोरीलाई जिताउनका लागि उहाँका बुवा विष्णुबहादुर केसीले आग्रह गर्नुभएको छ । ‘निगता हाम्री छोरी मात्रै होइनिन्, उनी यस क्षेत्रकै इज्जतका लागि प्रतिस्पर्धा गरिरहेकी छन्,’ उहाँले भन्नुभयो, ‘सबैको सानो सहयोगबाट उनलाई सफलता मिल्ने छ भन्ने हामीले विश्वास लिएका छौं । ’