के हो तुलसीपुर विमानस्थलमा शुरु भएको स्मल एएफएस प्रोजेक्ट ?

चेतना अनलाइन

दाङ, ९ मंसिर । नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालयले तुल्सीपुर विमानस्थलमा ‘स्मल एएफएस प्रोजेक्ट’ को काम सुरु गरेको छ ।

लुम्बिनी प्रदेशअन्तर्गतका जिल्लाहरु रुकमु पूर्व, दाङ, सल्यान, प्युठान लगायतका जिल्लाहरुमा हवाई सेवामार्फत् सहज पहुँचका लागि उक्त परियोजना सुरु गरिएको निगमका प्रादेशिक प्रमुख प्रलयशंकर आचार्यले जानकारी दिए । परियोजनाबाट प्रदेशको प्रादेशिक राजधानीमा सुगम पहुँचको लागि दाङ तुल्सीपुरस्थित विमानस्थलमा निगमको भण्डारण तथा सेवा विस्तार कार्यक्रम अन्तर्गत ‘स्मल एएफएस प्रोजेक्ट’ को काम सुरु गरिएको हो ।

सोमबार तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेल, स्थानीय जनप्रतिनिधिहरु लगायतको टोलीले उपमहानगरपालिकास्थित टरीगाउँ, दाङ विमानस्थलमा हवाई ईन्धन डिपो स्थापनाको लागि आवश्यक पर्ने जग्गा विमान स्थलको मुल गेटको दक्षिणतर्फ स्थापना गर्ने एकिन गरेको छ ।

उक्त स्थानमा सुरक्षित पूर्वाधार तथा संरचना निर्माण गर्न तुल्सीपुर उपमहानगरपालिकाले सहयोग गर्ने निर्णय भएको छ । निगमका प्रादेशिक प्रमुख आचार्यले परियोजनाका लागि सघाउने आपूर्तिमन्त्री लेखराज भट्ट, प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललगायत सबैलाई धन्यवाद दिएका छ्न् ।

भर्खरै प्रकाशित

घोराही नयाँ बसपार्कमा अम्बिकेश्वरी डेन्टल, एक महिना निःशुुल्क सुुगर परिक्षण

चेतना अनलाइन घोराही, २६ पुुस । दाङको घोराही स्थित नयाँ बसपार्कमा अम्बिकेश्वरी डेन्टल केयर सेन्टर एण्ड फार्मेसी सञ्चालनमा आएको छ । घोराही उपमहानगरपालिका मेयर नरुलाल…

दाङ उवासंघको नयाँ नेतृत्वलाई स्वागत, उत्पादनमुखी व्यवसाय अहिलेको आवश्यकता

चेतना अनलाइन घोराही, २२ पुस । संयुक्त व्यावसायिक प्यानल प्रचारप्रसार समितिले दाङ जिल्ला उद्योग वाणिज्य संघमा निर्वाचित नयाँ नेतृत्वलाई स्वागत तथा शुभकामना प्रदान गरेको छ…

केपि ओलीमा कम्युनिस्ट चरित्र देखिएन : नेता भण्डारी

चेतना अनलाइन तुलसीपुर, १६ मंसिर । अनेरास्ववियूका प्रभावशाली नेता तिलक राज भण्डारिले केपि ओलि कम्युनिस्ट आन्दोलनको कलंक भएको बताउनु भएको छ । अनेरास्ववियू दाङ्गको अगुवा…

भण्डारीको स्मृतिमा श्रद्धाञ्जली

चेतना अनलाइन घोराही, ११ पुस । पुराना कम्युनिष्ट नेता खुमप्रसाद भण्डारीको तेह्रो दिनको पुन्यतिथीको अवसरमा उहाँकै निवास घोराही उपमहानगरपालिका वडा नं १७ वर्गद्धीमा श्रद्धाञ्जलीसभा गरिएको…

पूर्वसभामुख महरालाई भेट्न पुगिन चीनिया राजदुत

चेतना अनलाइन काठमाडौं । चीनिया राजदुत होउ यान्छी र पूर्वसभामुख कृष्णबहादुर महराबीच आज शिष्टाचार भेट वार्ता भएको छ । राजदुत यान्छी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)…