दाङमा बढ्दो सवारी दुर्घटना, चार महिनामा २६ जनाले ज्यान गुमाए

चेतना अनलाइन
तुलसीपुर, ८ मंसिर । दाङमा सवारी दुर्घटनाको सङ्या दिनानुदिन बढ्दै गइरहेको छ । बढ्दो सवारी साधनको चापसंगै जिल्लामा दुर्घटनाको सङ्या बढेको हो । ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार चालु आर्थिक वर्ष २०७७/०७८ को पहिलो ४ महिनामा सवारी दुर्घटनामा परी २६ जनाले ज्यान गुमाएका छन ।

यी मध्ये दशै र तिहार बिचको समयमा १७ सवारी दुर्घटनाबाट ११ जनाले ज्यान गुमाएका छन भने ३५ जना घाइते भएका छन । तथ्याङ्क अनुसार ४ महिनाको अवधिमा १ सय ७ सवारी दुर्घनामा परेका छन । उक्त दुर्घटनाबाट १ सय ३ जना गम्भिर घाइते भएका छन भने ३४ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख थम्मन जिसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार साउन महिनामा २९,भदौमा २३,असोजमा १३ र कात्तिक महिनामा १५ सवारी दुर्घटनामा परेका हुन । यी मध्ये सबैभन्दा बढी मोटरसाइकल ६९ वटा दुर्घटनामा परेका छन । त्यस्तै जिपकार १०, बस ५, ट्रक/ट्यान्कर ५, टिप्पर २, ट्याक्टर २, ट्याम्पो ९, शारिरिक शक्तीबाट चल्ने (शाइकल/रिक्सा) ५ वटा दुर्घटनामा परेको ट्राफिक प्रमुख जिसीले जानकारी दिनुभयो ।

जिल्लामा दुर्घटनाबाट २० पुरुष,३ महिला र ३ बालक गरि २६ जनाले ज्यान गुमाएको कार्यालयले जनाएको छ । सवारी दुर्घटनाको मुख्य कारण तीव्रगति रहेको जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार चालकको लापरवाही, उछिन्दा (ओभरटेक), यात्रुको गल्ती, खराब सडकका कारण धेरै दुर्घटना हुने गरेका छन् ।

१६ हजार सवारी कारवाहीमा

दाङमा चालु आर्थिक वर्षको ४ महिनामा ट्राफिक नियम विपरीत सवारी चलाउने १६ हजार सवारी कारवाहीमा परेका छन ।

जिल्ला ट्राफिक कार्यालय दाङका अनुसार मापसे सेवन गरि सवारी चलाउने ३ सय ९ वटा दुर्घटना भएका छन भने सिट बेल्ट नलगाइ चलाउने १ सय २ वटा,मोवाइल/फोन प्रयोग गरि सवारी चलाउने १ सय ३६ वटा,ओभरलोड बोक्ने २ हजार ३ सय ७३ वटा,छतमा यात्रा गर्ने सवारी १ हजार ५७ वटा,प्रयोजन विपरीत ९६ वटा,ओभरटेक गर्ने ५,तिब्रगतिमा सवारी चलाउने १५ वटा लगाएतका नियम पालना नगर्ने गरि १६ हजार सवारी कारवाहीमा परेका छन् ।

यसैबिच ट्राफिक नियम विपरीत सवारी चलाउने १६ हजार सवारीलाई कारवाही गर्दा ९९ लाख ६१ हजार ५ सय रुपैया राजश्व संकलन भएको ट्राफिक प्रमुख जिसीले जानकारी दिनुभयो ।

भर्खरै प्रकाशित

घोराही नयाँ बसपार्कमा अम्बिकेश्वरी डेन्टल, एक महिना निःशुुल्क सुुगर परिक्षण

चेतना अनलाइन घोराही, २६ पुुस । दाङको घोराही स्थित नयाँ बसपार्कमा अम्बिकेश्वरी डेन्टल केयर सेन्टर एण्ड फार्मेसी सञ्चालनमा आएको छ । घोराही उपमहानगरपालिका मेयर नरुलाल…

दाङ उवासंघको नयाँ नेतृत्वलाई स्वागत, उत्पादनमुखी व्यवसाय अहिलेको आवश्यकता

चेतना अनलाइन घोराही, २२ पुस । संयुक्त व्यावसायिक प्यानल प्रचारप्रसार समितिले दाङ जिल्ला उद्योग वाणिज्य संघमा निर्वाचित नयाँ नेतृत्वलाई स्वागत तथा शुभकामना प्रदान गरेको छ…

केपि ओलीमा कम्युनिस्ट चरित्र देखिएन : नेता भण्डारी

चेतना अनलाइन तुलसीपुर, १६ मंसिर । अनेरास्ववियूका प्रभावशाली नेता तिलक राज भण्डारिले केपि ओलि कम्युनिस्ट आन्दोलनको कलंक भएको बताउनु भएको छ । अनेरास्ववियू दाङ्गको अगुवा…

भण्डारीको स्मृतिमा श्रद्धाञ्जली

चेतना अनलाइन घोराही, ११ पुस । पुराना कम्युनिष्ट नेता खुमप्रसाद भण्डारीको तेह्रो दिनको पुन्यतिथीको अवसरमा उहाँकै निवास घोराही उपमहानगरपालिका वडा नं १७ वर्गद्धीमा श्रद्धाञ्जलीसभा गरिएको…

पूर्वसभामुख महरालाई भेट्न पुगिन चीनिया राजदुत

चेतना अनलाइन काठमाडौं । चीनिया राजदुत होउ यान्छी र पूर्वसभामुख कृष्णबहादुर महराबीच आज शिष्टाचार भेट वार्ता भएको छ । राजदुत यान्छी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)…