आजदेखी घोराहीका विद्यालय खुल्ने

घोराहीका विद्यालय आजदेखि खुल्ने – Tulsipur Online

घोराही, ७ मंसिर/ घोराही उपमहानगरपालिकाले आज देखी विद्यालय सञ्चालन गर्ने भएको छ । उपमहानगरको शिक्षा समितिको बैठकले २०७७ कार्तिक २० को मन्त्रीस्तरीय निर्णयबाट स्विकृत कोरोना सन्दर्भमा विद्यालय सञ्चालन कार्यढाँचा अनुसार विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

यस अघि विद्यालयमा सिकाइ सहजिकरणको नाममा सिकाइ केन्द्र चलेका थिए । समितिका संयोजक एवं नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले मंसिर ७ गते देखी विद्यालय सञ्चालन गर्ने र एक बेन्चमा २ विद्यार्थी मात्रै राखेर शिक्षण सिकाई क्रियाकलाप गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, विहान साढे १० देखी अपरान्ह साढे ३ बजे सम्म विद्यालय सञ्चालन गर्ने, १० गते देखी बसहरुले विद्यार्थी बोक्ने र बसहरु भएका विद्यालयले विद्यार्थी बोक्दा सिटमा मात्रै सिमित विद्यार्थी राख्ने र खेपसार गरेर सञ्चालन गर्ने तथा आबस्यक स्वास्थ्य सुरक्षामा विद्यालय, विद्यार्थी र अभिभाबकले विषेश ध्यान दिने निर्णय भएको छ ।

बैठकले सामाजिक विकास समितिका संयोजक भरतमणि अर्यालयको संयोजकत्वमा शाखा अधिकृत एवं नगर शिक्षा समितिका सदस्यहरु नारायणप्रसाद पौडेल, ज्ञानेन्द्र गौतम, निशान्त आचार्य र माया रावत सदस्य रहेको विद्यालय अनुगमन समिति गठन गरेको छ ।

भर्खरै प्रकाशित

दाङमा ‘गिफ्ट कल्चर’ बढ्दै

चेतना अनलाइन घोराही, ३० चैत । दाङमा पछिल्लो समय गिफ्ट कल्चर बढ्न थालेको छ । केही वर्ष पहिलेसम्म विशेष गरेर किशोरकिशोरीहरुमा गिफ्ट दिने प्रचलन भए…

पारुको अंगालो !

पाण्डव शर्मा छोराको स्कुल बस आउन निकै ढिलो भएको थियो । अफिसबाट मलाई तारन्तार फोन आइरहेको थियो । अरु दिन पौने १० बजे नै आइपुग्ने…

आज क्षयरोग दिवस, के हो क्षयरोग ?

डिल्लीराज आचार्य हरेक बर्षको मार्च २४ अन्तराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । अर्थात् ” mycobacterium tuberculosis” क्षयरोग बनाउने किटाणु पत्ता लागेको दिन हरेक बर्षको मार्च २४…

भुमिगत राजनीति छाडेका विप्लवले गुरु महरालाई भेटे

चेतना अनलाइन काठमाण्डाै । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई उहाँकै निवास पुगेर भेट…

दाङमा रातमा पनि व्यापार व्यवसाय सञ्चालन गर्नुुपर्छ

  लिला डिसी सञ्चालक न्यू टि थ्री प्यालेस, घोराही १५ दाङ न्यू टि थ्री प्यालेसका सञ्चालक लिला डिसी दाङमा पनि रातको समयमा व्यापार व्यवसाय सञ्चालन…