कोरोना एन्टिबडी ६ महिनासम्म रहन्छ

७ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको एन्डिबडी ६ महिनासम्म रहने र यसले कोरोनाको दोस्रो संक्रमणबाट बचाउने एक अध्ययनले देखाएको छ । अक्सफोर्ड युनिभर्सिटी हस्पिटलका स्वास्थ्यकर्मीहरुले गरेको अध्ययनले यस्तो देखाएको हो ।

उनीहरुले नियमितरुपमा कोरोना संक्रमण तथा एन्टिबडीको परीक्षण गर्दै आएका थिए । सो क्रममा कोरोनाविरुद्धको एन्टिबडी ६ महिनासम्म रहने पाइएको हो । अध्ययनको क्रममा मानिसको शरीरमा जति धेरै एन्टिबडी विकास भयो दोस्रोपटक संक्रमण हुने जोखिम पनि त्यति नै कम हुने गरेको पाइएको थियो ।

त्यस्तै अर्को एक अध्ययनले कोरोना भाइरस परिवारका अन्य रोगविरुद्धको प्रतिरोधी क्षमताले पनि कोभिड–१९ को लागि काम गर्ने गरेको पाइएको थियो ।

संक्रमणविद् केटी जेफ्रीले कोरोना खोप आउन लागेको अवस्थामा यस किसिमको समाचार उत्साहवर्द्धक रहेको बताएकी छन् । छोटै अवधिको लागि भए पनि एकपटक एन्टिबडी विकास भएपछि कोरोना संक्रमणबाट बच्न सकिने यो अध्ययनले देखाएको जेफ्रीले बताइन् । यो पनि पढ्नुहोस कोरोना खोप : कुनै देश छुट्न सक्छ ?

अक्सफोर्डको यो अध्ययनमा १२ हजारभन्दा धेरै स्वास्थ्यकर्मीहरु सहभागी थिए । जसमध्ये ११ हजार स्वास्थ्यकर्मीको कोभिड–१९ एन्टिबडी नेगेटिभ पाइएको थियो । अध्ययनको क्रममा एन्टिबडी नभएकामध्ये ८९ जनामा लक्षणसहितको संक्रमण देखिएको थियो ।

यद्यपि एन्टिबडी विकास भइसकेका कसैमा पनि लक्षणसहितको संक्रमण देखिएको थिएन । एन्डिबडी भएकामध्ये पनि तीनजना मानिसमा भने लक्षणविनाको कोभिड–१९ पाइएको थियो । लक्षणविनाको कोभिड–१९ देखिनेको संख्या एन्टिबडी नभएका मानिसहरुमा ७६ थियो ।

स्रोत : बीबीसी

भर्खरै प्रकाशित

घोराही नयाँ बसपार्कमा अम्बिकेश्वरी डेन्टल, एक महिना निःशुुल्क सुुगर परिक्षण

चेतना अनलाइन घोराही, २६ पुुस । दाङको घोराही स्थित नयाँ बसपार्कमा अम्बिकेश्वरी डेन्टल केयर सेन्टर एण्ड फार्मेसी सञ्चालनमा आएको छ । घोराही उपमहानगरपालिका मेयर नरुलाल…

दाङ उवासंघको नयाँ नेतृत्वलाई स्वागत, उत्पादनमुखी व्यवसाय अहिलेको आवश्यकता

चेतना अनलाइन घोराही, २२ पुस । संयुक्त व्यावसायिक प्यानल प्रचारप्रसार समितिले दाङ जिल्ला उद्योग वाणिज्य संघमा निर्वाचित नयाँ नेतृत्वलाई स्वागत तथा शुभकामना प्रदान गरेको छ…

केपि ओलीमा कम्युनिस्ट चरित्र देखिएन : नेता भण्डारी

चेतना अनलाइन तुलसीपुर, १६ मंसिर । अनेरास्ववियूका प्रभावशाली नेता तिलक राज भण्डारिले केपि ओलि कम्युनिस्ट आन्दोलनको कलंक भएको बताउनु भएको छ । अनेरास्ववियू दाङ्गको अगुवा…

भण्डारीको स्मृतिमा श्रद्धाञ्जली

चेतना अनलाइन घोराही, ११ पुस । पुराना कम्युनिष्ट नेता खुमप्रसाद भण्डारीको तेह्रो दिनको पुन्यतिथीको अवसरमा उहाँकै निवास घोराही उपमहानगरपालिका वडा नं १७ वर्गद्धीमा श्रद्धाञ्जलीसभा गरिएको…

पूर्वसभामुख महरालाई भेट्न पुगिन चीनिया राजदुत

चेतना अनलाइन काठमाडौं । चीनिया राजदुत होउ यान्छी र पूर्वसभामुख कृष्णबहादुर महराबीच आज शिष्टाचार भेट वार्ता भएको छ । राजदुत यान्छी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)…