गजल मुना खनाल “मारिया”
देश बद्लियो, राजनीति बद्लियो, संविधान बद्लिएन
शिक्षक बद्लियो, ब्यापारी बद्लियो, किसान बद्लिएन ।
कसैको घरमा चुलो बल्दैन, काेही चन्द्रमा पुगिसके
लास बद्लियो, मलामि बद्लियो, चिहान बद्लिएन ।
युवाको कलिलो जवान बेचेर देश कहा पुगिसक्यो
रात बद्लियो, सपना बद्लियो, निदान बद्लिएन ।
छोरा आउने खुसिमा बार्दलिमै दिन बित्छ आमाको
आश बद्लियो, याद बद्लियो, रुने सिरान बद्लिएन ।