चलचित्रकर्मी पीडित छायांकनस्थल अध्ययन समितिमा नियुक्त

चेतना अनलाइन , काठमाडौं । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक केएल पीडितलाई चलचित्र विकास बोर्डले लुम्बिनी प्रदेशमा चलचित्र छायांकनस्थल निर्माणको संभाव्यता अध्ययन समितिको सदस्यमा नियुक्त गरेको छ । बोर्डको भाद्र २२ गते बसेको बैठकले चलचित्रकर्मी पीडितलाई सदस्यमा नियुक्त गरेको थियो ।
बोर्डले महेन्द्र प्रसाद साँखी सदस्य सचिव रहेको ७ सदस्यीय चलचित्र छायांकनस्थल निर्माणको संभाव्यता अध्ययन समिति गठन गरेको छ । जसमा सदस्यहरूमा प्रदीप कुमार उदय, मनोज श्रेष्ठ, केएल पीडित, सोनु थारु, बाबुराम पन्थी र दिनेश बानियाँ हुनुहुन्छ । समितिले लुम्बिनी प्रदेशमा संभाव्य चलचित्र छायांकन स्थलहरुको अध्ययन, अनुसन्धान र अवलोकन गरी उपयुुक्त स्थानको पहिचान सहित २०७७ पौषभित्र बोर्ड र लुम्बिनी प्रदेश सरकारको संबन्धित निकायलाई स्पस्ट खाका सहितको प्रतिवेदन बुझाउने कार्यक्षेत्र तोकिएको नवनियुक्त सदस्य पीडितले बताउनु भयो ।

भर्खरै प्रकाशित

कोरोना डिफेन्स अवार्ड–२०२० बाट दाङ उवासंघका अध्यक्ष भुसाल सम्मानित

दाङ, ११ मंसिर । कोरोना डिफेन्स अवार्ड–२०२० बाट दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाल काठमाडौंमा सम्मानित भएका छन् । फोकस नेपाल संस्थाले कोरोना…

तुलसीपुरका पौडेलमाथि पाँचवटा गोलीको छर्रा, घटना स्थलबाट बन्दुक बरामद

चेतना अनलाइन तुलसीपुर, ११ मंसिर । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बराहाखुटीका खुसलराम पौडेललाई गोलीका छर्रा लागेको स्थानबाट प्रहरीले बन्दुक बरामद गरेको छ । पौडेल…

मिस नेपाल प्रतियोगी दाङकी चेली डा. निगाता केसी भन्छिन् :…

पाण्डव शर्मा घोराही । मिस नेपाल २०२० को प्रतियोगितामा फइनल चरणमा पुग्नुभएकी दाङकी चेली डा. निगाता केसीले आँफूले समाजका लागि केही योगदान गर्न चाहेको बताउनुभएको…

दाङको मोबाइल बजारमा आइटेल ब्रान्डको नँया कृतिमानि , एकै दिन…

मंसिर ११ घोराही । दाङमा आइटेल माबाइल एकै दिनमा एघार हजार पिस सेल्स भएको हो । दाङमा बिक्रि बितरण भैरहेका अधिकांश मोबाइल ब्रान्डहरुमा आइटेल ब्रान्डको…

विष्णु पौडेललाई गृहजिल्लामै कालो झण्डा, बिरोधीलाई प्रहरी लियो यसरी नियन्त्रणमा

चेतना अनलाइन बुटवल, १० मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाइएको छ । बुटवलबाट पश्चिम…