दाङमा जिल्ला प्रशासनसहितका सरकारी कार्यालय बन्द

२६ असोज, दाङ । कोरोना भाइरस संक्रमणका कारण दाङमा जिल्ला जिल्ला प्रशासनसहितका चार सरकारी कार्यालयहरु बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत ३० गतेसम्मका लागि बन्द गरिएको छ । यसैगरी नापी र मालपोत कार्यालय २८ गतेसम्मका लागि बन्द गरिएको छ । नापी र मालपोत कार्यालय असोज २२ गतेदेखि नै बन्द छन् ।

जिल्ला प्रशासन कार्यालयमा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । कन्ट्याक्ट ट्रेसिङका लागि अन्य कर्मचारीहरुको पनि स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ । त्यसैले जिल्ला प्रशासन कार्यालयबाट हुने शान्तिसुरक्षा, मुद्दालगायत अत्यावश्यकबाहेकका अन्य सेवाहरु ३० गतेसम्मका लागि बन्द गरिएको प्रशासकीय अधिकृत अम्मरराज शर्माले जानकारी दिए ।

यसैगरी जिल्ला अदालतमा साक्षी बकपत्रको सम्पूर्ण काम रोकिएको र दैनिक पाँचभन्दा बढी मुद्दा दर्ता नगर्ने निर्णय गरिएको श्रेस्तेदार धनसिंह गिरीले जानकारी दिए ।

भर्खरै प्रकाशित

कोरोना डिफेन्स अवार्ड–२०२० बाट दाङ उवासंघका अध्यक्ष भुसाल सम्मानित

दाङ, ११ मंसिर । कोरोना डिफेन्स अवार्ड–२०२० बाट दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाल काठमाडौंमा सम्मानित भएका छन् । फोकस नेपाल संस्थाले कोरोना…

तुलसीपुरका पौडेलमाथि पाँचवटा गोलीको छर्रा, घटना स्थलबाट बन्दुक बरामद

चेतना अनलाइन तुलसीपुर, ११ मंसिर । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बराहाखुटीका खुसलराम पौडेललाई गोलीका छर्रा लागेको स्थानबाट प्रहरीले बन्दुक बरामद गरेको छ । पौडेल…

मिस नेपाल प्रतियोगी दाङकी चेली डा. निगाता केसी भन्छिन् :…

पाण्डव शर्मा घोराही । मिस नेपाल २०२० को प्रतियोगितामा फइनल चरणमा पुग्नुभएकी दाङकी चेली डा. निगाता केसीले आँफूले समाजका लागि केही योगदान गर्न चाहेको बताउनुभएको…

दाङको मोबाइल बजारमा आइटेल ब्रान्डको नँया कृतिमानि , एकै दिन…

मंसिर ११ घोराही । दाङमा आइटेल माबाइल एकै दिनमा एघार हजार पिस सेल्स भएको हो । दाङमा बिक्रि बितरण भैरहेका अधिकांश मोबाइल ब्रान्डहरुमा आइटेल ब्रान्डको…

विष्णु पौडेललाई गृहजिल्लामै कालो झण्डा, बिरोधीलाई प्रहरी लियो यसरी नियन्त्रणमा

चेतना अनलाइन बुटवल, १० मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाइएको छ । बुटवलबाट पश्चिम…