गाउँगाउँमा दीपावली गर्न नेकपा दाङको अपिल, घोराहीमा पूर्वसभामुख घर्तीले संवोधन गर्ने

चेतना अनलाइन
घोराही । प्रदेश नं ५ को राजधानी दाङको भालुवाङ घोषणा गरिएको खुशियालीमा नेपाल कम्यनुष्टि पार्टी (नेकपा) दाङले गाउँगाउँमा बेलुकी ६ बजे दीपावली गर्न अपिल गरेको छ ।

अध्यक्ष टिकाराम खड्काले प्रदेश राजधानी त्यायोचित ढंगबाट भालुवाङ घोषणा गरिएकाले खुशियाली मनाउन थालिएको जानकारी दिनुभयो ।

जिल्लाका सबै बजार तथा ग्रामीण क्षेत्रमा सामाजिक दूरी कायम गर्दै दीप प्रज्ज्वलन गर्न नेकपाले अपिल गरेको छ ।

घोराहीको शहीद गेटमा आयोजित दीप प्रज्ज्वलन कार्यक्रमलाई पूर्व सभामुख एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश अध्यक्ष ओनसरी घर्तीले संवोधन गर्ने कार्यक्रम तय भएको नेकपा दाङका कार्यालय सदस्य अजयदीप शर्माले जानकारी दिनुभयो ।

‘हामी सौहार्द ढंगले व्यवस्थितरुपमा दीप प्रज्ज्वलनमा सहभागि हुन सबैमा हार्दिक अपिल गर्दछौं,’ उहाँले भन्नुभयो ।

भर्खरै प्रकाशित

रसायनिक मल कारखाना खोल्न नेपालमै सम्भव छ

३० असोज, काठमाडौं । नेपालमा रसायनिक मल कारखाना स्थापना सम्बन्धमा अध्ययन गर्न बनेको कार्यदलले नेपालमै रसायनिक मल कारखाना खोल्न सम्भव भएको निश्कर्ष निकालेको छ ।…

सिभिल इञ्जिनियरिङको पहिलो बर्षमा रझेनाका विद्यार्थीले गरे नेपाल टप

दाङको माध्यमामिक विद्यालय रझेना घोराहीको प्राबिधिक शिक्षालयमा अध्ययनरत कमल केसीले डिप्लोमा इन सिभिल इञ्जिनियरिङ कार्यक्रमको प्रथम वर्ष दोस्रो खण्डको परीक्षामा नेपाल टप गर्नुभएको छ ।…

चलचित्रकर्मी पीडित छायांकनस्थल अध्ययन समितिमा नियुक्त

चेतना अनलाइन , काठमाडौं । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक केएल पीडितलाई चलचित्र विकास बोर्डले लुम्बिनी प्रदेशमा चलचित्र छायांकनस्थल निर्माणको संभाव्यता…

दाङमा जिल्ला प्रशासनसहितका सरकारी कार्यालय बन्द

२६ असोज, दाङ । कोरोना भाइरस संक्रमणका कारण दाङमा जिल्ला जिल्ला प्रशासनसहितका चार सरकारी कार्यालयहरु बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत…

यसरी बसाल्न सकिन्छ देउखुरीमा व्यवस्थित शहर

पाण्डव शर्मा प्रदेश सभाबाट दुई तिहाई मतले दाङ र अर्घाखाँचीमा पर्ने राप्ती उपत्यकामा प्रदेशको स्थायी राजधानी घोषणा भएसँगै नयाँ बहस शुरु भएको छ । कतिपयले…