राजधानी न्यायोचित स्थानमा : आचार्य

घोराही, १९ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य निर्मल आचार्य ‘विमल’ ले प्रदेश नं ५ को प्रस्तावित राजधानी सबै हिसाबले न्यायोचित भएको बताउनुभएको छ ।

चौघेरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको खानेपानी ट्यांकी शिलन्यास समारोहमा बोल्दै उहाँले संघीयता कार्यान्वयनमा प्रदेश नं ५ अब्बल देखिएको समेत बताउनुभयो । ‘हचुवाको भरमा राजधानी प्रस्ताव गरिएको होइन,’ उहाँले भन्नुभयो, ‘आम नागरिक, पार्टीहरु र विज्ञहरुसँगको छलफल र अध्ययन पछि मात्र राजधानीको प्रस्ताव गरिएको छ ।’

राजधानीका लागि प्रस्तावित राप्ती उपत्यका पूर्वी रुकुम, बर्दिया देखि पश्चिम नवलपरासीका जनताका लागि पायक पर्ने उल्लेख गर्दै आचार्यले यस विषयमा धेरै राजनीति गर्न नहुने धारणा व्यक्त गर्नुभयो । ‘कुनै एउटा जिल्लालाई मात्र पायक पर्ने गरी राजधानी प्रस्ताव गरिएको छैन, यसले समग्र प्रदेशलाई हित गर्छ,’ आचार्यले भन्नुभयो, ‘नेकपाको स्पष्ट दुई तिहाई मत छ, पार्टीले ह्विप जारी गरेको अवस्थामा अब जसरी भए पनि पारित हुन्छ ।’

सरकारको प्रस्तावमा सहमति जनाउन प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेससँग पनि छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

एक करोड ६७ लाख रुपैयाँ लागतमा निर्माण हुन थालेको उक्त पानी ट्याङकी बनाउन चौघेरा मन्दिरले जग्गा उपलब्ध गराएको छ ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष राजुलाल शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव पदम केसीले गर्नुभएको थियो । कार्यक्रममा खानेपानी डिभिजन कार्यालय दाङका डिइ गुननिधी पोख्रेलले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सहभागिलाई उपाध्यक्ष हरि सुवेदीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार समेत रहनुभएका प्रमुख अतिथि आचार्यलाई सम्मान गरिएको थियो ।

भर्खरै प्रकाशित

रसायनिक मल कारखाना खोल्न नेपालमै सम्भव छ

३० असोज, काठमाडौं । नेपालमा रसायनिक मल कारखाना स्थापना सम्बन्धमा अध्ययन गर्न बनेको कार्यदलले नेपालमै रसायनिक मल कारखाना खोल्न सम्भव भएको निश्कर्ष निकालेको छ ।…

सिभिल इञ्जिनियरिङको पहिलो बर्षमा रझेनाका विद्यार्थीले गरे नेपाल टप

दाङको माध्यमामिक विद्यालय रझेना घोराहीको प्राबिधिक शिक्षालयमा अध्ययनरत कमल केसीले डिप्लोमा इन सिभिल इञ्जिनियरिङ कार्यक्रमको प्रथम वर्ष दोस्रो खण्डको परीक्षामा नेपाल टप गर्नुभएको छ ।…

चलचित्रकर्मी पीडित छायांकनस्थल अध्ययन समितिमा नियुक्त

चेतना अनलाइन , काठमाडौं । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक केएल पीडितलाई चलचित्र विकास बोर्डले लुम्बिनी प्रदेशमा चलचित्र छायांकनस्थल निर्माणको संभाव्यता…

दाङमा जिल्ला प्रशासनसहितका सरकारी कार्यालय बन्द

२६ असोज, दाङ । कोरोना भाइरस संक्रमणका कारण दाङमा जिल्ला जिल्ला प्रशासनसहितका चार सरकारी कार्यालयहरु बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत…

यसरी बसाल्न सकिन्छ देउखुरीमा व्यवस्थित शहर

पाण्डव शर्मा प्रदेश सभाबाट दुई तिहाई मतले दाङ र अर्घाखाँचीमा पर्ने राप्ती उपत्यकामा प्रदेशको स्थायी राजधानी घोषणा भएसँगै नयाँ बहस शुरु भएको छ । कतिपयले…