राजधानी प्रस्ताव गरिएपछि भालुवाङमा जग्गाकाे भाउ आकाशियाे

चेतना अनलाइन 

१८ असोज, दाङ। प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेपछि भालुवाङमा जग्गाको भाउ एकाएक आकाशिएको छ। भालुवाङ राजधानी हुने निश्चित भएसंगै  बजार आसपासमा प्रतिकठ्ठा २५ लाखमा पाइने जग्गा मूल्य बढेर ५० लाख भन्दा माथि पुगेको छ ।

प्रदेश राजधानी हुने भएपछि जग्गा बेच्ने भन्दा किन्नेहरुको भिडभाड बढेको छ। खेति समेत नहुने जग्गाको मूल्य दुईगुणा बढेको  छ। भालुवाङ पेट्रोलपम्प नजिकै ४ कट्ठा जग्गा भएका स्थानीय कृष्ण गिरी भन्छन्, ‘पहिले त्यस्तै २०-२५ लाख  प्रतिकट्ठा जति पर्दो हो, अब राजधानी हुनेभएपछि ५० घटी कसले दिन्छ।’

जग्गाको भाउ भालुवाङमा मात्रै नभइ भालुवाङलमही राजमार्ग  आसपासका क्षेत्रमै मंहगीने अपेक्षा गरिएको छ। प्रदेश सरकारले राजधानी प्रस्ताव गरिएको क्षेत्रमा जग्गा किनबेच गर्न रोक लगाएता पनि बुटवल र घोराहीबाट जग्गा व्यापारीहरुको उल्लेख्य उपस्थिति  हुने गरेको स्थानीय होटल व्यवसायी गिरु सुवेदी बताउनुहुन्छ।

दाङ राजधानी हुने निर्णय  भएकै दिन प्रदेश ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सूचना मार्फत दाङका २ र अर्घाखाचीका एक क्षेत्रमा जग्गा कारोबारमा रोक लगाइएको थियो ।

भर्खरै प्रकाशित

रसायनिक मल कारखाना खोल्न नेपालमै सम्भव छ

३० असोज, काठमाडौं । नेपालमा रसायनिक मल कारखाना स्थापना सम्बन्धमा अध्ययन गर्न बनेको कार्यदलले नेपालमै रसायनिक मल कारखाना खोल्न सम्भव भएको निश्कर्ष निकालेको छ ।…

सिभिल इञ्जिनियरिङको पहिलो बर्षमा रझेनाका विद्यार्थीले गरे नेपाल टप

दाङको माध्यमामिक विद्यालय रझेना घोराहीको प्राबिधिक शिक्षालयमा अध्ययनरत कमल केसीले डिप्लोमा इन सिभिल इञ्जिनियरिङ कार्यक्रमको प्रथम वर्ष दोस्रो खण्डको परीक्षामा नेपाल टप गर्नुभएको छ ।…

चलचित्रकर्मी पीडित छायांकनस्थल अध्ययन समितिमा नियुक्त

चेतना अनलाइन , काठमाडौं । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक केएल पीडितलाई चलचित्र विकास बोर्डले लुम्बिनी प्रदेशमा चलचित्र छायांकनस्थल निर्माणको संभाव्यता…

दाङमा जिल्ला प्रशासनसहितका सरकारी कार्यालय बन्द

२६ असोज, दाङ । कोरोना भाइरस संक्रमणका कारण दाङमा जिल्ला जिल्ला प्रशासनसहितका चार सरकारी कार्यालयहरु बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत…

यसरी बसाल्न सकिन्छ देउखुरीमा व्यवस्थित शहर

पाण्डव शर्मा प्रदेश सभाबाट दुई तिहाई मतले दाङ र अर्घाखाँचीमा पर्ने राप्ती उपत्यकामा प्रदेशको स्थायी राजधानी घोषणा भएसँगै नयाँ बहस शुरु भएको छ । कतिपयले…