भालुवाङ राजधानी हुदा सबैलाई न्याय हुन्छ –पूर्व मन्त्री शर्मा

दाङ । प्रतिनिधी सभा सदस्य एवं पूर्व,सामान्य प्रशासन मन्त्री रेखा शर्माले प्रदेश – ५को स्थायी राजधानी दाङ हुदा प्रदेशका १२ जिल्ला माथि न्याय हुने वताउँनु भएको छ ।

दाङको ढिकपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउँनु भएको हो । मन्त्री शर्माले भालुवाङ बाह्र जिल्लाकै पायक पर्ने स्थानका रुपमा रहेको भन्दै त्यसको विरोध कसैले गर्न नहुने उल्लेख गर्नुभयो ।

बुटवल बिकास उन्मुख शहरका रुपमा रहेको भन्दै त्यसलाई औद्योगिक शहरका अगाडी लैजानु पर्ने धारणा राख्नु भयो ।प्रदेशको मुकाम दाङ राख्दा सबैको लागि न्यायपूर्ण हुने बताउँदै बुटवल राजधानी राख्ने काम भुगोलका दृष्टिकोणले उचित नभएको तर्क व्यक्त गर्नुभयो ।

प्रदेश नं.५ सरकारले गरेको स्थायी मुकामको निर्णय उचित र न्यायपूर्ण छ उहाँले भन्नुभयो । प्रदेश सरकारको पक्षमा सबै उभिन आबश्यक रहेको भन्दै दाङ राजधानी हुदा प्रदेशका सम्पूर्ण नागरिकलाई सहज हुने धारणा व्यक्त गर्नुभयो । सरकारले पछिल्लो समय जग्गाको कित्ताकाट गर्ने क्रम रोकामा खुशी व्यक्त गर्दै राजधानीको बन्ने बाहानामा कसैले जग्गाको विक्री वितरण पर्छ भने त्यसलाई कारर्वाही गर्नुपर्ने उल्लेख गर्नुभयो ।

त्यस अबवरमा मन्त्री शर्माले बकुलाई,चैनपुर,ढिकपुर मछाई सडक खण्डको निर्माण र ढिकपुरमा सिचाई सुविधा पु¥र्याउन भुमिका खेल्ने वताउँनुभयो । मन्त्री शार्मले घोराही १२ हापुरमा पनि कार्यकर्ता भेटभाट एवं विभिन्न आयोजनाको अनुगमन गर्नु भएको थियो ।

भर्खरै प्रकाशित

रसायनिक मल कारखाना खोल्न नेपालमै सम्भव छ

३० असोज, काठमाडौं । नेपालमा रसायनिक मल कारखाना स्थापना सम्बन्धमा अध्ययन गर्न बनेको कार्यदलले नेपालमै रसायनिक मल कारखाना खोल्न सम्भव भएको निश्कर्ष निकालेको छ ।…

सिभिल इञ्जिनियरिङको पहिलो बर्षमा रझेनाका विद्यार्थीले गरे नेपाल टप

दाङको माध्यमामिक विद्यालय रझेना घोराहीको प्राबिधिक शिक्षालयमा अध्ययनरत कमल केसीले डिप्लोमा इन सिभिल इञ्जिनियरिङ कार्यक्रमको प्रथम वर्ष दोस्रो खण्डको परीक्षामा नेपाल टप गर्नुभएको छ ।…

चलचित्रकर्मी पीडित छायांकनस्थल अध्ययन समितिमा नियुक्त

चेतना अनलाइन , काठमाडौं । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक केएल पीडितलाई चलचित्र विकास बोर्डले लुम्बिनी प्रदेशमा चलचित्र छायांकनस्थल निर्माणको संभाव्यता…

दाङमा जिल्ला प्रशासनसहितका सरकारी कार्यालय बन्द

२६ असोज, दाङ । कोरोना भाइरस संक्रमणका कारण दाङमा जिल्ला जिल्ला प्रशासनसहितका चार सरकारी कार्यालयहरु बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत…

यसरी बसाल्न सकिन्छ देउखुरीमा व्यवस्थित शहर

पाण्डव शर्मा प्रदेश सभाबाट दुई तिहाई मतले दाङ र अर्घाखाँचीमा पर्ने राप्ती उपत्यकामा प्रदेशको स्थायी राजधानी घोषणा भएसँगै नयाँ बहस शुरु भएको छ । कतिपयले…