सभापति घर्तीद्वारा स्वास्थ्य सामाग्री सहयोग

दाङ । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक के एल पीडितले संचालन गरेको संचारकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण अभियानलाई संघीय संसद शिक्षा तथा स्वास्थ समितिकी सभापति जयपुरी घर्तीले स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ ।
अभियानका संयोजक पीडितका अनुसार सभापति घर्तीले सर्जिकल मास्क २ हजार थान, k-95 मास्क १ सय थान, सेनिटाइजर (५०० मिली) १५ बोतल र पन्जा १ सय थान सहयोग गर्नुभएको हो ।
कोरोना कहरका बीच पनि अविचलित सूचना प्रवाह गरिरहेका संचारकर्मीहरुलाई सुरक्षित बनाउन र उनीहरुको मनोबल उच्च बनाउन संचारकर्मी एवं चलचित्रकर्मी पीडितले भाद्र २५ गतेदेखि यो अभियान शुरु गर्नुभएको हो ।
शुरुमा करीब १० हजारको स्वास्थ्य सामाग्री खरिद गरी उहाँले यो अभियान शुरु गर्नुभएको थियो । पछिल्लो समय भने विभिन्न व्यक्ति तथा संस्थाहरुले यो अभियानप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरिरहेका छन् ।

भर्खरै प्रकाशित

रसायनिक मल कारखाना खोल्न नेपालमै सम्भव छ

३० असोज, काठमाडौं । नेपालमा रसायनिक मल कारखाना स्थापना सम्बन्धमा अध्ययन गर्न बनेको कार्यदलले नेपालमै रसायनिक मल कारखाना खोल्न सम्भव भएको निश्कर्ष निकालेको छ ।…

सिभिल इञ्जिनियरिङको पहिलो बर्षमा रझेनाका विद्यार्थीले गरे नेपाल टप

दाङको माध्यमामिक विद्यालय रझेना घोराहीको प्राबिधिक शिक्षालयमा अध्ययनरत कमल केसीले डिप्लोमा इन सिभिल इञ्जिनियरिङ कार्यक्रमको प्रथम वर्ष दोस्रो खण्डको परीक्षामा नेपाल टप गर्नुभएको छ ।…

चलचित्रकर्मी पीडित छायांकनस्थल अध्ययन समितिमा नियुक्त

चेतना अनलाइन , काठमाडौं । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक केएल पीडितलाई चलचित्र विकास बोर्डले लुम्बिनी प्रदेशमा चलचित्र छायांकनस्थल निर्माणको संभाव्यता…

दाङमा जिल्ला प्रशासनसहितका सरकारी कार्यालय बन्द

२६ असोज, दाङ । कोरोना भाइरस संक्रमणका कारण दाङमा जिल्ला जिल्ला प्रशासनसहितका चार सरकारी कार्यालयहरु बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत…

यसरी बसाल्न सकिन्छ देउखुरीमा व्यवस्थित शहर

पाण्डव शर्मा प्रदेश सभाबाट दुई तिहाई मतले दाङ र अर्घाखाँचीमा पर्ने राप्ती उपत्यकामा प्रदेशको स्थायी राजधानी घोषणा भएसँगै नयाँ बहस शुरु भएको छ । कतिपयले…