कात्तिक ७ गतेभित्र विदेशी च्यानल विज्ञापनरहित बनाउन निर्देशन

काठमाडौं ।  संसदको विकास तथा प्रविधि समितिले आउँदो कात्तिक ७ गतेभित्र नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित  ( क्लिन फिड ) बनाउन सरकारलाई निर्देशन दिएको छ ।

सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवलगायतका पदाधिकारीसँग छलफल गरेपछि समितिले डाउनलिंक अनुमति लिएर नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित बनाउन निर्देशन दिएको हो । नेपालमा विज्ञापन (नियमन गर्ने) ऐन २०७६ को कार्यान्वयन २०७७ कात्तिक ८ गतेदेखि सुरु हुँदैछ ।

त्यसैले समितिले उक्त मिति भन्दा एक दिनअघि नै नेपालमा क्लिन फिड सुरु गर्न निर्देशन दिएको हो । नेपालमा क्लिनफिड नहुने विदेशी च्यानलको प्रशारण रोक्न मन्त्रालयले बनाएको योजना पनि समितिले मागेको छ ।

यो ऐनको कार्यान्वयनबाट नेपालमा कतिवटा विदेशी च्यानल रोकिने अवस्थामा रहेका छन् र यसले पार्ने सकारात्मकरनकारात्मक प्रभावका बारेमा मन्त्रालयको धारणा १५ दिनभित्र पठाउन पनि समितिले निर्देशन दिएको छ । समितिले नेपालबाट विदेशी टेलिभिजन च्यानलमा विज्ञापन प्रशारण गर्ने नीति (फिड इन) नलिन पनि सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ ।

भर्खरै प्रकाशित

रसायनिक मल कारखाना खोल्न नेपालमै सम्भव छ

३० असोज, काठमाडौं । नेपालमा रसायनिक मल कारखाना स्थापना सम्बन्धमा अध्ययन गर्न बनेको कार्यदलले नेपालमै रसायनिक मल कारखाना खोल्न सम्भव भएको निश्कर्ष निकालेको छ ।…

सिभिल इञ्जिनियरिङको पहिलो बर्षमा रझेनाका विद्यार्थीले गरे नेपाल टप

दाङको माध्यमामिक विद्यालय रझेना घोराहीको प्राबिधिक शिक्षालयमा अध्ययनरत कमल केसीले डिप्लोमा इन सिभिल इञ्जिनियरिङ कार्यक्रमको प्रथम वर्ष दोस्रो खण्डको परीक्षामा नेपाल टप गर्नुभएको छ ।…

चलचित्रकर्मी पीडित छायांकनस्थल अध्ययन समितिमा नियुक्त

चेतना अनलाइन , काठमाडौं । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक केएल पीडितलाई चलचित्र विकास बोर्डले लुम्बिनी प्रदेशमा चलचित्र छायांकनस्थल निर्माणको संभाव्यता…

दाङमा जिल्ला प्रशासनसहितका सरकारी कार्यालय बन्द

२६ असोज, दाङ । कोरोना भाइरस संक्रमणका कारण दाङमा जिल्ला जिल्ला प्रशासनसहितका चार सरकारी कार्यालयहरु बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत…

यसरी बसाल्न सकिन्छ देउखुरीमा व्यवस्थित शहर

पाण्डव शर्मा प्रदेश सभाबाट दुई तिहाई मतले दाङ र अर्घाखाँचीमा पर्ने राप्ती उपत्यकामा प्रदेशको स्थायी राजधानी घोषणा भएसँगै नयाँ बहस शुरु भएको छ । कतिपयले…