मुख्यमन्त्री पोख्रेल आज दाङ आउने

दाङ, ३ असोज । प्रदेश नं ५ का मुख्यमन्त्री एवम् नेपाल कम्यनुष्टि पार्टी नेकपामा प्रदेश इञ्चार्ज शंकर पोख्रेल आज गृहजिल्ला दाङ आउनुहुने भएको छ ।

देउखुरी क्षेत्रमा आइतावर हुने विभिन्न कार्यक्रममा सरिक हुन उहाँ दाङ आउन थाल्नुभएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । पोख्रेलले आइतावर राप्तीकै मुख्य भञ्सार नाका कोइलावासको निरक्षण गर्नुहुने छ ।

त्यसैगरी गढवामा निर्माण भएको यस क्षेत्रकै पहिलो सर्प दंश उपचार केन्द्रको उद्घाटन गर्नुहुने छ । यसका साथै जनता एवम् कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको स्वकीय सचिव सरोज रेग्मीले जानकारी दिनुभयो ।

मुख्यमन्त्री पोख्रेल आइतवार नै बुटवल फर्कने कार्यक्रम तय भएको छ । नेकपा भित्र विवाद उत्पन्न भए पछि पोख्रेलको सक्रियतामा दुई अध्यक्षलाई सहमतिमा ल्याइएको थियो । उहाँ पार्टी भित्र स्पष्ट बिचार र दृष्टिकोण बोकेका प्रभावशाली नेताको रुपमा स्थापित हुनुहुन्छ ।

पोख्रेल नेकपाले विवाद समाधानका लागि गठन गरेको पाँच सदस्यीय कार्यदलको सदस्य समेत रहनुभएको थियो ।

भर्खरै प्रकाशित

रसायनिक मल कारखाना खोल्न नेपालमै सम्भव छ

३० असोज, काठमाडौं । नेपालमा रसायनिक मल कारखाना स्थापना सम्बन्धमा अध्ययन गर्न बनेको कार्यदलले नेपालमै रसायनिक मल कारखाना खोल्न सम्भव भएको निश्कर्ष निकालेको छ ।…

सिभिल इञ्जिनियरिङको पहिलो बर्षमा रझेनाका विद्यार्थीले गरे नेपाल टप

दाङको माध्यमामिक विद्यालय रझेना घोराहीको प्राबिधिक शिक्षालयमा अध्ययनरत कमल केसीले डिप्लोमा इन सिभिल इञ्जिनियरिङ कार्यक्रमको प्रथम वर्ष दोस्रो खण्डको परीक्षामा नेपाल टप गर्नुभएको छ ।…

चलचित्रकर्मी पीडित छायांकनस्थल अध्ययन समितिमा नियुक्त

चेतना अनलाइन , काठमाडौं । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक केएल पीडितलाई चलचित्र विकास बोर्डले लुम्बिनी प्रदेशमा चलचित्र छायांकनस्थल निर्माणको संभाव्यता…

दाङमा जिल्ला प्रशासनसहितका सरकारी कार्यालय बन्द

२६ असोज, दाङ । कोरोना भाइरस संक्रमणका कारण दाङमा जिल्ला जिल्ला प्रशासनसहितका चार सरकारी कार्यालयहरु बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत…

यसरी बसाल्न सकिन्छ देउखुरीमा व्यवस्थित शहर

पाण्डव शर्मा प्रदेश सभाबाट दुई तिहाई मतले दाङ र अर्घाखाँचीमा पर्ने राप्ती उपत्यकामा प्रदेशको स्थायी राजधानी घोषणा भएसँगै नयाँ बहस शुरु भएको छ । कतिपयले…