संविधान दिवसमा सविन प्रियासन सहित देशभरका १६ पत्रकारलाई बिभुषण

चेतना अनलाइन

काठमाडौं, असोज ३ । सरकारले संबिधान दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन सहित देशभरका १६ जना पत्रकारलाई बिभुषित गर्ने निर्णय गरेको छ ।

पत्रकारिता क्षेत्रबाट मुलुकको आमुल परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै प्रियासन सहित १६ जना पत्रकारलाई विभुषित गर्न थालिएको हो । प्रियासन दाङबाट प्रकाशित हुने गणतन्त्र दैनिकको प्रकाशक÷सम्पादक हुनुहुन्छ । त्यस्तै उहाँ प्रेस संगठन प्रदेश ५ को संयोजक समेत रहनुभएको छ ।

पत्रकार महासंघ दाङको दुई कार्याकाल सचिव र एक कार्यकाल सल्लाहकार रहेर काम गर्नुभएका प्रियासन छोटो समयमा पत्रकारितामा राष्ट्रिय रुपमै स्थापित पत्रकारको रुपमा चिनिनुहुन्छ । उहाँ उपन्यासकार समेत हुनुहुन्छ । प्रियासनका हालसम्म आधा दर्जनभन्दा बढी उपन्यासहरु प्रकाशित भइसकेका छन् । विभिन्न पुस्तक महोत्सवहरुमा प्रियासनका उपन्यासहरु अत्यधिकरुपमा बिक्री बितरण भइरहेका छन् ।

२०६२/०६३ को आन्दोलन अघि साहित्य क्षेत्रमा कलम चलाउने प्रियासन त्यसताकाबाट पत्रकारितामा पनि क्रियाशिन हुनुहुन्छ । उहाँ जनआन्दोलनमा समेत सक्रिय सहभागि हुनुहुन्थ्यो । प्रियासन विभिन्न दर्जनभन्दा बढी सामाजिक संघ सस्थाहरुमा आवद्ध हुनुहुन्छ ।

यस्तै सरकारले नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकरकँडेलसहित १६ जना पत्रकारलाई मानपदव, अलकार र पदकद्वारा बिभुषित गर्ने निर्णय गरेको हो ।

यसरी बिभुषित हुनेमा कँडेलसहित डा. राजेशराज अहिराज, सागर पण्डित, राजेशकुमार अर्याल, गोबिन्दप्रसाद भण्डारी, धर्मेन्द्र कर्ण, सुभेच्छाबिन्दु तुलाधर, चिरञ्जिीवि मास्के (प्रवल जनसेववा श्री चतुर्थ) रहनुभएको छ । यसैगरी टीका बिष्ट, लिलाराज भट्टराई, सूर्यमणि गौतम, सविन प्रियाशन , हरिनारायण गौतम, मोहन बस्नेत, कृष्णचन्द्र लामिछाने र तेजदत्त खकुराललाई जनसेवा श्री पञ्चमबाट बिभुषित गर्ने निर्णय सरकारले गरको हो ।

भर्खरै प्रकाशित

रसायनिक मल कारखाना खोल्न नेपालमै सम्भव छ

३० असोज, काठमाडौं । नेपालमा रसायनिक मल कारखाना स्थापना सम्बन्धमा अध्ययन गर्न बनेको कार्यदलले नेपालमै रसायनिक मल कारखाना खोल्न सम्भव भएको निश्कर्ष निकालेको छ ।…

सिभिल इञ्जिनियरिङको पहिलो बर्षमा रझेनाका विद्यार्थीले गरे नेपाल टप

दाङको माध्यमामिक विद्यालय रझेना घोराहीको प्राबिधिक शिक्षालयमा अध्ययनरत कमल केसीले डिप्लोमा इन सिभिल इञ्जिनियरिङ कार्यक्रमको प्रथम वर्ष दोस्रो खण्डको परीक्षामा नेपाल टप गर्नुभएको छ ।…

चलचित्रकर्मी पीडित छायांकनस्थल अध्ययन समितिमा नियुक्त

चेतना अनलाइन , काठमाडौं । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक केएल पीडितलाई चलचित्र विकास बोर्डले लुम्बिनी प्रदेशमा चलचित्र छायांकनस्थल निर्माणको संभाव्यता…

दाङमा जिल्ला प्रशासनसहितका सरकारी कार्यालय बन्द

२६ असोज, दाङ । कोरोना भाइरस संक्रमणका कारण दाङमा जिल्ला जिल्ला प्रशासनसहितका चार सरकारी कार्यालयहरु बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत…

यसरी बसाल्न सकिन्छ देउखुरीमा व्यवस्थित शहर

पाण्डव शर्मा प्रदेश सभाबाट दुई तिहाई मतले दाङ र अर्घाखाँचीमा पर्ने राप्ती उपत्यकामा प्रदेशको स्थायी राजधानी घोषणा भएसँगै नयाँ बहस शुरु भएको छ । कतिपयले…