मितेरी अस्पतालमा विशेषज्ञ सेवाहरु शुरु

घाेराही । दाङकाे घोराही स्थित मितेरी अस्पतालमा विभिन्न विशेष सेवाहरु शुरु भएको छ ।                            पाँचवर्ष पहिले देखि सञ्चालनमा आएको मितेरी अस्पतालमा अब नयाँ    व्यवस्थापनका साथ थप विशेषज्ञ सेवाहरु शुरु गरिएको सञ्चालक माधव भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अस्पतालमा नाक, कान घाँटीको विशेषज्ञ सेवा शुरु गरिएको छ । नाक, कान, घाँटीको अप्रेसन समेत हुने भण्डारीले जानकारी दिनुभयो । त्यसैगरी अस्पतालमा हाडजोर्नी तथा नशा रोगको उपचार भइरहेको छ । ‘हड्डीको अप्रेसन पनि हुने गर्छ,’ भण्डारीले भन्नुभयो, ‘हामीले निजी क्षेत्रबाट गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्न थालेका छौं ।’
अस्पतालमा प्रसुति तथा महिला रोग विशेष सेवा समेत प्रदान गरिन्छ । त्यसैगरी बाल रोग विशेष सेवा समेत प्रदान भइरहेको उहाँले जानकारी दिनुभयो । अस्पतालमा विशेषज्ञ डाक्टरहरु २४ सै घण्टा उपलब्ध हुने भण्डारीले बताउनुभयो । अस्पतालमा विरामीहरुका लागि फिजियोथेरापी सेवा समेत प्रदान गरिन्छ ।
अस्पतालमा अत्याधुनिक दूरविन विधिबाट नाक कान घाँटीको अप्रेशन शुरु भएको छ । प्रसुति महिलाहरुका लागि अप्रेसन तथा नर्मल डेलिभरी सेवा समेत प्रदान भइरहेको छ । अस्पतालनमा सुविधासम्पन्न ल्याव रहेको छ । भिडियो एक्सरे र सादा एक्सरे समेत प्रदान गरिन्छ । त्यसैगरी इसिजि र यूएसजी सेवाको समेत प्रवन्ध रहेको छ ।  अस्पतालको आफ्नै एसी जडित सुविधासम्पन्न एम्बुलेन्स समेत रहेको छ ।
हात खुट्टा भाँचिएको, प्लास्टर गर्नुपर्ने, शरीर झमझमाउने दुख्ने, यूरिक एसीड, हड्डी खिइएको, ढाड कम्मर दुख्ने समस्याको चेकजाँच तथ अप्रेसन सेवा उपलब्ध रहेको भण्डारीले बताउनुभयो ।
प्रसुति सेवा अन्तर्गत महिलाहरुको तल्लो पेट दुख्ने, ढाड दुख्ने, सुरक्षित गर्भपतन, पाठेघरमा मासु पलाएको, पाठेघरको क्यान्सर, महिलाहरुको पिसाव सम्बन्धी समस्या लगायत अन्य विभिन्न सेवाहरुको उपचार गराइने उहाँले जानकारी दिनुभयो ।
नाक, कान, घाँटी अन्तर्गत एलर्जीको पहिचान तथा उपचार, नाकमा मासु पलाएको, पिनास, लामो समयसम्म कान दुख्ने, गर्धन तथा थाइराइड, घाँटीको इन्डोस्कोपी लगायतका समस्याहरुको चेकजाँच र उपचार भइरहेको छ ।

भर्खरै प्रकाशित

रसायनिक मल कारखाना खोल्न नेपालमै सम्भव छ

३० असोज, काठमाडौं । नेपालमा रसायनिक मल कारखाना स्थापना सम्बन्धमा अध्ययन गर्न बनेको कार्यदलले नेपालमै रसायनिक मल कारखाना खोल्न सम्भव भएको निश्कर्ष निकालेको छ ।…

सिभिल इञ्जिनियरिङको पहिलो बर्षमा रझेनाका विद्यार्थीले गरे नेपाल टप

दाङको माध्यमामिक विद्यालय रझेना घोराहीको प्राबिधिक शिक्षालयमा अध्ययनरत कमल केसीले डिप्लोमा इन सिभिल इञ्जिनियरिङ कार्यक्रमको प्रथम वर्ष दोस्रो खण्डको परीक्षामा नेपाल टप गर्नुभएको छ ।…

चलचित्रकर्मी पीडित छायांकनस्थल अध्ययन समितिमा नियुक्त

चेतना अनलाइन , काठमाडौं । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक केएल पीडितलाई चलचित्र विकास बोर्डले लुम्बिनी प्रदेशमा चलचित्र छायांकनस्थल निर्माणको संभाव्यता…

दाङमा जिल्ला प्रशासनसहितका सरकारी कार्यालय बन्द

२६ असोज, दाङ । कोरोना भाइरस संक्रमणका कारण दाङमा जिल्ला जिल्ला प्रशासनसहितका चार सरकारी कार्यालयहरु बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत…

यसरी बसाल्न सकिन्छ देउखुरीमा व्यवस्थित शहर

पाण्डव शर्मा प्रदेश सभाबाट दुई तिहाई मतले दाङ र अर्घाखाँचीमा पर्ने राप्ती उपत्यकामा प्रदेशको स्थायी राजधानी घोषणा भएसँगै नयाँ बहस शुरु भएको छ । कतिपयले…