घोराही उपमहानगरमा कार्यरत ६ जना कर्मचारी सहित २३ जनामा कोरोना पुष्टि

घोराही ३०-भदौ / दाङमा आज थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा घोराही उपमहानगरपालिका भित्रका १२ जना महिला र ११ जना पुरुष छन् ।

ति मध्य घोराही उपमहानगरपालिकाका ६ जना कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । एक जना डाक्टर, एक जना इन्जिनियर, एक जना अधिकृत र ३ जना कार्यालय सहयोगीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

संक्रमित भएका कर्मचारीहरुमा कुनै पनि लक्षण छैन् । संक्रमित भएकाहरु वडा नम्बर १५ का १३ जना, वडा नम्बर १४ का ३ जना, वडा नम्बर ५ का एक जना, वडा नम्बर ६ का ३ जना, वडा नम्बर ७ र ८ का एक एक जना रहेका छन् । यो सँगै घोराहीमा कोरोना संक्रमितको संख्या ३ सय ८८ पुगेको छ ।

वितेको २४ घण्टामा ९५ वटा स्वाब परिक्षण गर्दा २३ जनामा कोरोना देखिएको हो । घोराही उपमहानगरका अझै ५७ जनाको स्वाब परिक्षण हुन बाँकी रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

आज थपिएका २३ जना सहित दाङमा कोरोना भाइरसको संक्रमण हुने व्यक्तिको संख्या ९ सय ४२ पुगेको छ । ति मध्य ७ सय ४३ जना कोरोना मुक्त भैसकेका छन् । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अझै ५ सय ५४ वटा स्वाब परिक्षण गर्न बाँकी छ ।।

भर्खरै प्रकाशित

लोक गायीका कलाको गीत लाहुरेभाइरल बन्दै

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोक गायीका कला लम्सालले यतिबेला समसामयीक बिषयबस्तु समेटिएको गीत लाहुरे आएन झुक्यायो लिएर नेपाली लोक संगीत प्रेमी…

प्रियासनको एयर होस्टेस आकाशमै विमोचन

चेतना अनलाइन दाङ, १३ असाेज । यस क्षेत्रमा सबै भन्दा बढि उपन्यास प्रकाशन गरेर किर्तिमानि कायम गर्नु भएका साहित्यकार एवं पत्रकार सविन प्रियासनको चर्चित उपन्यास…

राप्ती प्रतिष्ठानको विकासमा प्रष्ट कार्ययोजना आवश्यक : पूर्व सभामुख महरा

चेतना अनलाइन दाङ, १३ असोज । पूर्वसभामुख कृष्णबहादुर महराले राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानको विकासका लागि प्रष्ट कार्ययोजना ल्याउनुपर्ने बताउनुभएको छ । प्रतिष्ठानको दोस्रो वार्षिकोत्सव समारोहमा…

‘रोटरी जर्नाे अवार्ड’ पत्रकार महासंघ दाङका पूर्व उपाध्यक्ष आचार्यलाई

चेतना अनलाइन दाङ, ९ असोज । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले प्रदान गर्दै आएको ‘रोटरी जर्नाे अवार्ड’ पत्रकारिता पुरस्कार रोटरी वर्ष २०१९–२० नेपाल पत्रकार महासंघ…

सभापति घर्तीद्वारा स्वास्थ्य सामाग्री सहयोग

दाङ । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक के एल पीडितले संचालन गरेको संचारकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण अभियानलाई संघीय संसद शिक्षा तथा…