दाङमा सोमबारदेखि लकडाउन खुल्ने

तुलसीपुर, २८ भदौ / दाङमा दुइसातासम्म गरिएको लकडाउन खुलेको छ । समुदायस्तरमा कोरोना देखिएपछि गरिएको लकडाउन सोमबारदेखि खुल्ने भएको हो । कोभिड–१९ संकट व्यबस्थापन केन्द्र दाङको आईतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।भदौ १४ गतेदेखि सुरु भएको लकडाउन दुइहप्ता चलेको थियो ।

सोमबारदेखि भने अर्को निर्णय नहुँदासम्मकालागि बेलुका ७ बजेसम्म सबै व्यापार व्यबसाय सञ्चालन हुने, उद्योग, कलकारखाना र विकास निर्माण सम्बन्धी कार्य गर्दा कामदारहरु कार्यस्थल भन्दा बाहिर जान नपाईने, जिल्ला भित्र सञ्चाल हुने सबै किसिमका सवारी साधनहरु जोर/विजोर प्रणलीमा बेलुका ७ बजेसम्म सञ्चालन गर्ने, सबै सरकारी कार्यालयहरु र बैंक तथा वित्तिय संस्थाहरु सीमित कर्मचारीको व्यबस्था अनुसार सञ्चालन गर्ने निर्णय भएको हो ।

त्यस्तै हरेक दिन बेलुका ७ बजेपछि भोलिपल्ट विहान ६ बजेसम्म अत्याबश्यक बाहेकका अन्य कार्य गर्न नपाईने, अनुमति लिएका बाहेक सबै प्रकारका निजि तथा सार्वजनिक यात्रुबहाक सवारी साधन सञ्चालन गर्न नपाईने, गोष्ठी, सभा, सम्मेलन, जुलुस, भेला, महोत्सव, जात्रा, मानिसहरु भेला हुन नपाईन%5, नित्य पुजा बाहेकका धार्मिक सांस्कृतिक गतिबिधिहरु गर्न नपाईने निर्णय भएको छ ।

दाङमा भदौ १४ गते राति १२ बजेदेखि भदौ २१ गते राति १२ बजेसम्म पूर्ण लकडाउन गरिएको थियो । साथै २१ गते गते राति १२ बजेपछि भदौ २८ गते रातिसम्म विहान ६ बजेदेखि दिउसो १२ बजेसम्म लकडाउन  हल्का खुकुलो  गरिएको थियो ।

भर्खरै प्रकाशित

लोक गायीका कलाको गीत लाहुरेभाइरल बन्दै

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोक गायीका कला लम्सालले यतिबेला समसामयीक बिषयबस्तु समेटिएको गीत लाहुरे आएन झुक्यायो लिएर नेपाली लोक संगीत प्रेमी…

प्रियासनको एयर होस्टेस आकाशमै विमोचन

चेतना अनलाइन दाङ, १३ असाेज । यस क्षेत्रमा सबै भन्दा बढि उपन्यास प्रकाशन गरेर किर्तिमानि कायम गर्नु भएका साहित्यकार एवं पत्रकार सविन प्रियासनको चर्चित उपन्यास…

राप्ती प्रतिष्ठानको विकासमा प्रष्ट कार्ययोजना आवश्यक : पूर्व सभामुख महरा

चेतना अनलाइन दाङ, १३ असोज । पूर्वसभामुख कृष्णबहादुर महराले राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानको विकासका लागि प्रष्ट कार्ययोजना ल्याउनुपर्ने बताउनुभएको छ । प्रतिष्ठानको दोस्रो वार्षिकोत्सव समारोहमा…

‘रोटरी जर्नाे अवार्ड’ पत्रकार महासंघ दाङका पूर्व उपाध्यक्ष आचार्यलाई

चेतना अनलाइन दाङ, ९ असोज । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले प्रदान गर्दै आएको ‘रोटरी जर्नाे अवार्ड’ पत्रकारिता पुरस्कार रोटरी वर्ष २०१९–२० नेपाल पत्रकार महासंघ…

सभापति घर्तीद्वारा स्वास्थ्य सामाग्री सहयोग

दाङ । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक के एल पीडितले संचालन गरेको संचारकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण अभियानलाई संघीय संसद शिक्षा तथा…