टावर स्थापना भएपछि छिल्लिकाेटमा फाेनले काम गर्न थाल्याे

चेतना अनलाइन

दाङ,२४ भादाै । दाङको तुलसीपुर उपमहानगरपालिका स्थित छिल्लीकोटमा पहिलो पटक नेपाल टेलिकमको टावर स्थापना भएको छ । टावर स्थापना पछि छिल्लीकाेट र त्यस आसपासमा सहजरूपमा फाेन सुचारू भएकाे छ । त्यहाँ दाङ जिल्लाको टेलिकमले काम नगर्दा फोन नै लाग्न समस्या हुने  गरेकाेमा अहिले सहज भएकाे स्थानीयहरूले बताएकाछन् । छिल्लीकाेट र आसपासको क्षेत्रका जनताको माग पछी पूर्व सभामुख तथा दाङ क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सदस्य कृष्णबहादुर महराको बिशेष पहल गरेेेेेपछि नेपाल टेलिकमले छिल्लिकोटमा टेलिफोन टावर जडान गरिएको स्थानीयहरूले जानकारी दिए ।

तुलसीपुर उप–महानगरपालिका –१९ स्थित छिल्लीकोटमा टेलिफोनको टावर जडान गरिएपछी त्यस क्षेत्रमा टेलिफोनका अलावा ‘फोर जी’ को ईन्टरनेट सेवा समेत सुचारु गर्ने तयारी भइरहेको नेपाल टेलिकमले जनाएको छ ।

महराले २०६४ सालमा संचारमन्त्री हुँदा ‘हात हातमा मोवाईल घर-घरमा ईन्टरनेट” को नारा ल्याउनुभएकाे थियाे ।

हाल उक्त स्थानमा स्थापित टावरका लागि आबश्यक पर्ने विद्युत जडानको काम अन्तिम चरणमा पुगेको नेपाल टेलिकम घोराहीका प्रमुख अमरनाथ योगीले बताउछन ।

विद्युतकरणको ईस्टिमेण्टको जिम्मा बिद्युत प्राधिकरणले लिएको भन्दै त्यसले ईष्टिमेण्ट बनाएर दिन छिट्टै ईन्टरनेट र टेलिफोन सुचारु गरिने योगीको भनाई छ । एस सय,पचाँस घरधुरीको संख्यामा रहेका स्थानिय गाउँलेहरु टेलिफोन नुहदा बर्षाै समस्या भोग्दै आएका थिए । टावर नुहदा घरबाट बिदेशीका आफन्त र ईष्टमित्रसंग कुरा गर्न रोल्पा र दाङको बिजौरी,संक्राम, स्यालापानी पुग्नु पर्ने बाध्यता रहेको स्थानिय परवीर पुनले बताए ।

भर्खरै प्रकाशित

लोक गायीका कलाको गीत लाहुरेभाइरल बन्दै

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोक गायीका कला लम्सालले यतिबेला समसामयीक बिषयबस्तु समेटिएको गीत लाहुरे आएन झुक्यायो लिएर नेपाली लोक संगीत प्रेमी…

प्रियासनको एयर होस्टेस आकाशमै विमोचन

चेतना अनलाइन दाङ, १३ असाेज । यस क्षेत्रमा सबै भन्दा बढि उपन्यास प्रकाशन गरेर किर्तिमानि कायम गर्नु भएका साहित्यकार एवं पत्रकार सविन प्रियासनको चर्चित उपन्यास…

राप्ती प्रतिष्ठानको विकासमा प्रष्ट कार्ययोजना आवश्यक : पूर्व सभामुख महरा

चेतना अनलाइन दाङ, १३ असोज । पूर्वसभामुख कृष्णबहादुर महराले राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानको विकासका लागि प्रष्ट कार्ययोजना ल्याउनुपर्ने बताउनुभएको छ । प्रतिष्ठानको दोस्रो वार्षिकोत्सव समारोहमा…

‘रोटरी जर्नाे अवार्ड’ पत्रकार महासंघ दाङका पूर्व उपाध्यक्ष आचार्यलाई

चेतना अनलाइन दाङ, ९ असोज । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले प्रदान गर्दै आएको ‘रोटरी जर्नाे अवार्ड’ पत्रकारिता पुरस्कार रोटरी वर्ष २०१९–२० नेपाल पत्रकार महासंघ…

सभापति घर्तीद्वारा स्वास्थ्य सामाग्री सहयोग

दाङ । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक के एल पीडितले संचालन गरेको संचारकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण अभियानलाई संघीय संसद शिक्षा तथा…