चेतना अनलाइन
घोराही । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियू दाङका नेताहरुले राज्यले खेल क्षेत्रको विकासमा लगानी गर्नुपर्ने बताएका छन् ।
अनेरास्ववियू दाङ्गले जिल्लाको विकट मानिने बङ्गलाचुली गाउपालिकामा रहेको स्टार बङ्गलाचुली क्लबलाई खेलकुद सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा उनीहरुले खेलले राष्ट्रको पहिचना बनाउने धारणा व्यक्त गरे ।
अनेरास्ववियूका केन्द्रीय सदस्य सन्तोष पोखरले युवाहरुलाई सकारात्मक कामतर्फ प्रेरित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले देशको आमुल परिवर्तनका लागि युवाहरुले ठूलो भूमिका निर्वाह गरेको बताउनुभयो ।
अनेरास्ववियू दाङका संयोजक जंग रोकाले राज्यले स्पष्ट खेल नीति अवलम्वन गर्नुपर्ने बताउनुभयो । उहाँले संसारका साना मुलुकहरु पनि खेलकै माध्यमबाट विश्वमा परिचय बनाउन सफल भएको बताउनुभयो ।
अनेरास्ववियू दाङका पूर्व अध्यक्ष विष्णु चौधरीले खेलले युवाहरुको मानसिक र शारिरिक स्वास्थ्यमा फाइदा गर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले खेलकुदको विकासका लागि राज्यले आवश्यक बजेट विनियोजन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
स्टार बङ्गलाचुली क्लबका अध्यक्ष सुशील परियारको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियूका नेता प्रकाश शर्माले पनि मन्तव्य राख्नु भएको थियो । खेलकुद सामग्रीको सौजन्य विष्णु चौधरीले गर्नुभएको गिरबहादुर महराले जानकारी दिनुभयो ।