बिग्रेको हर्के खण्डकाव्यको विश्लेषण

मुकुन्दप्रसाद शर्मा
उपप्राध्यापक
मुसिकोट खलंगा बहुमुखी क्याम्पस रुकुम

सार
प्रस्तुत अध्ययनमा विग्रेको हर्के खण्डकाव्यको खण्डकाव्यगत तत्वको आधारमा विश्लेषण गरिएको छ ।यस खण्डकाव्यमा वर्गीय समाजको वस्तुवादी यथार्थतालाई अभिव्यक्त गरिएको छ । यस खण्डकाव्यमा खण्डकाव्यकारको परिचय , प्रवृति÷विशेषताहरm, विषयवस्तु ,पात्र÷चरित्र,मूलभाव÷उद्धेश्य,परिवेश र भाषाशैलीको विशद् व्याख्या गरिएको छ ।

प्रमुख शव्दावली ः—परिचय,विशेषताहरm,चरित्र,उद्धेश्य,परिवेश,भाषाशैली,वर्गीय समाजको यथार्थतता

अध्ययनको समस्या
यस लघु अध्ययनमा खण्डकाव्यकार गिरीप्रसाद वुढाको विग्रेको हर्के खण्डकाव्यको खण्डकाव्यगत तत्वको आधारमा विश्लेषण के कस्तो छ ? भन्ने अध्ययनको समस्याको रmपमा लिएको छ ।

उद्धेश्य
विगे्रको हर्के खण्डकाव्यको खण्डकाव्यगत आधारभूत तत्वको आधारमा विश्लेषण गर्नु यस लघु अध्ययनको उद्धेश्य रहेको छ ।

विधि
प्रस्तुत लघु अध्ययनमा वर्णनात्मक विधिको प्रयोग गरिएको छ । गुणात्मक ढाँचामा रहेको प्रस्तुत अध्ययन विश्लेषणात्मक प्रकृतिको रहेको छ ।विग्रेको हर्के खण्डकाव्य यसको जनसंख्या हो भने तत्वको आधारमा विश्लेषण नमुना छनौट हो । तथ्याङ्क संकलनको लागि पुस्तकालयको विधि प्रयोग गरिएको छ ।
अध्ययनको पृष्ठभूमि
खण्डकाव्य कविताको मझौला रुप हो र यो नै प्रबन्धकाव्यको लघु रुप पनि हो । खण्ड र काव्य दुई शब्दका बिच समास भएर बनेको खण्डकाव्य शब्दले काव्यको एक भाग भन्ने अर्थ बुझाए पनि यसले कविताका क्षेत्रमा फुटकर कविता र महाकाव्यका बिचमा पर्ने मझौला रुपलाई नै बुझाउँछ । खण्डकाव्यबारे रुद्रटले सर्वप्रथम प्रबन्ध काव्यका दुई भेद (महतकाव्य र लघुकाव्य) रहने कुरा बताउदै खण्डकाव्य तर्फ दृष्टि पुर्याएको देखिन्छ । त्यस्तै आनन्दवद्र्धनले ध्वन्यालोक कृतिमा काव्यका विभिन्न भेदहरु प्रस्तुत गर्दै खण्डकाव्यतर्फ दृष्टि पुर्याएको देखिन्छ ।
विश्वनाथले महाकाव्यको एक देशीय रुप नै खण्डकाव्य हो भनेका छन् भने सोमनाथ सिग्दयालले काव्यको एक टुक्र जस्तो छोटो कथानकलाई शृङ्ललित् रुपमा बिचबाटैै उठी बिचमै टुङ्गीएको र सर्गबन्धन तथा सन्धिबन्धन नभएको छोटो काव्यलाई खण्डकाव्य मानेका छन् । हिन्दी साहित्यका समालोचक डाक्टर श्यामसुन्दर दासका भनाइमा खण्डकाव्यमा कुनै प्रसिद्ध र अप्रसिद्ध कथानक खण्डलाई मुख्य कथानक बनाएर वर्णन गर्न सकिन्छ । यसको आधार काल्पनिक घटना हुनसक्छ र त्यसको उद्धेश्य पनि साधारण हुनसक्छ । नेपाली शब्दकोश २०१९ का लेखक बालचन्द्र शर्माका अनुसार कथानकबाट एक अंश लिएर लेखिएको भए पनि त्यो सम्पूर्णतामा नै पुुरा भएको सानो काव्य नै खण्डकाव्य हो । बृहत नेपाली शब्दकोशका अनुसार कुनै एक विषयको अभिव्यक्ति दिने सर्ग भएको वा नभएको प्रबन्धात्मक लघुकाव्य नै खण्डकाव्य हो । खण्डकाव्य भनेको लघु आकारको प्रबन्ध काव्य हो जस्मा मानव जीवनको एक पक्ष, एक तथ्य र एक यर्थाथको विश्लेषण हुन्छ । एक पक्षको व्याख्या भए पनि त्यो आफैमा पूर्ण हुन्छ ।
पूर्वीय साहित्यशास्त्रका आधारमा खण्डकाव्यको कथावस्तु इतिहाँस प्रसिद्ध हुनुपर्दछ भने नायक उद्धात गुणले भरिपूर्ण हुन्छ श्रृङ्गार वीर र शान्त रस मध्ये कुनै एकलाई अंगी रसका रुपमा लिएको हुन्छ । धर्म, अर्थ, काम र मोक्ष मध्ये कुनै एकलाई लिएको छ । भाषाशैली सरल,सहज र सुबोध हुनुपर्छ भन्ने औल्याएको छ तर पाश्चात्य मान्यतामा माथि उल्लेखित् कुराहरु नभई विविध खालको कथावस्तु साधारण किसानको छोरा पनि नायक हुनसक्ने विविध रसहरुको प्रयोग गर्नसकिने बहुल उद्धेश्यहरुलाई समेट्न सकिने मान्यतामा जोड दिएर खण्डकाव्यको संरचना हुन्छ भन्ने मतलाई अगाडि सारिएको छ ।
क (भण्डारी, पारशमणी नेपाली कविता र काव्य (१४८ ( १५०)
विगे्रको हर्के खण्डकाव्य सामाजिक विषयबस्तुमा आधारित एक जीवनवादी खण्डकाव्य हो । यो खण्डकाव्य सामाजिक यर्थाथवादमा आधारित छ । समकालिन समाजमा वर्गीय विविध रहेको र अन्याय र अत्याचारले सीमानाघेको वास्तविक तथ्यलाई यस खण्डकाव्यमा प्रस्तुत गरिएको छ । गरिबहरुको जीवनमा अत्याचार भईरहे पनि हरेशनखाने खालको चरित्र हर्केमा रहेको, दुःखबाट नै सुख प्राप्त हुन्छ भन्ने वैचारिक दृष्टिकोणलाई खण्डकाव्यमा प्रस्तुत गरिएको छ । माक्सवादी मान्यतालाई पनि सृजनशिलताको अर्को रुपमा हेरिएको छ । जहाँ वर्गसंघर्ष, क्रान्ति, वीरता र सर्वहारा वर्गको जीतमा सौन्दर्यको खोजी गरीएको हुन्छ । असमानता वर्गभेद,शोषण, दमन,उत्पीडन,जनघात राष्ट्रघात आदि फाँसीवादीहरुको कुकार्यलाई यस खण्डकाव्यमा सशक्त रुपमा उठाइएको छ । श्रमको महिमागान गर्दै श्रमजिवी वर्गको पक्षधरतामा जोड दिएको छ भने जीवनका अन्तरविरोध र संघर्षहरुलाई कारुणिक र मार्मिक ढंगले उठान गरिएको छ । गरिबहरुले समाजमा सुन्दर सपनाहरु देखेको र शोषक सामन्तहरुले अबरोध गरिरहेको सत्यतालाई व्यक्त गरिएको छ । वर्गीय पक्षधरता र सर्वहारा वर्गीय मानवतावादमा केन्द्रीत भई क्रान्तिको रातो झण्डा कसैले बिसाउन खोजे पनि जनताका आवाजहरु नरोकिने र क्रान्ति सफल भएरै छाडने तथ्यलाई यस खण्डकाव्य मार्फत प्रस्तुत गरिएको छ ।

(१) खण्डकाव्यकार गिरीप्रसाद बुढाको परिचय
गिरीप्रसाद बुढाको जन्म वि.स. २०३४ साल असार ४ मा भूमे गाउँपालिका वडा नं. ७ गुनाम रुकुम पूर्वमा भएको हो । हाल बुढा रुकुम (पश्मि)को मुसिकोट नगरपालिका वडा नं. ५ को बागवजारमा बस्दछन् । बुवा हस्तबहादुर बुढा र आमा हरिकला बुढाको कोखवाट जन्मिएका वुढाकी एक जीवन साथी आशा बुढा हुन । उपमा बुढा, समष्टी बुढा र सहिसलामत बुढा उनका सन्तान तथा छोरा छोरीहरु हुन । सानै उमेरदेखि राजनीतिमा चासो राख्ने बुढा सामाजिक सेवामा पनि निरन्तर समर्पित छन् । साहित्यमार्फत सर्वहारा वर्गको पक्षमा कलम चलाउने बुढा वर्गसंघर्षको एक जनाकारको रुपमा परिचित छन् । संघीयताको सवालमा थुप्रै आलेखहरु लेखिसकेका बुढा शार्दूलविक्रिडित लगाएतको छन्दमा मिठो कविता लेख्ने गर्दछन् । साहित्यिक बाटोमार्फत समाजलाई चेतना दिन सकिन्छ भन्ने प्रगतिवादी सोचाई उनको रहेको देखिन्छ ।
बिग्रेको हर्के खण्डकाव्य (२०७२) सालमा लेखिएको एक द्वन्दात्मक भौतिकवादी दर्शनमा आधारित खण्डकाव्य हो । त्यस्तै उनले आस्थाका फूलहरु खण्डकाव्य २०७० सालमा लेखेको देखिन्छ । यी खण्डकाव्यहरूलाई दुई खण्डकाव्य नाम दिएर २०७४ सालमा प्रकाशन गरेको देखिन्छ । लहुँरे मगर (कथासंग्रह), हर्केको कहानी (गजलसंग्रह), लाल चन्द्रे (खण्डकाव्य), युगको खवर(कवितासंग्रह) र मैले बोकेको झण्डा (कवितासंग्रह) प्रकाशोन्मुख अवस्थामा रहेका छन् । राप्ती साहित्य परिषद्को आजीवन सदस्य, प्रगतिशिल लेखक संघ रुकुम शाखाका सचिव, अखिल नेपाल प्रगतिशील लेखक संघका केन्द्रीय सचिव भएर काम गरिसकेका छन् । जि.वि.स.रुकुमबाट सम्मान पत्र(२०७१) राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमबाट सम्मान पत्र (२०७४), डोमा देवी साहित्य पुरस्कार (२०७४)बाट वुढालाई सम्मान तथा पुरस्कृत समेत गरिएको छ ।
(२) खण्डकाव्यगत प्रवृति तथा विशेषताहरू
बिग्रेको हर्के खण्डकाव्यको आधारमा गिरीप्रसाद बुढाका खण्डकाव्यगत प्रवृति तथा विशेषताहरु निम्न लिखित छन् –
१.प्रगतिशिल भावलाई व्यक्त गर्ने एक वैचारिक एवम् प्रगतिवादी खण्डकाव्यकार ।
२.माक्र्सको द्वन्दात्मक भौतिकवादी दर्शनबाट प्रभावित खण्डकाव्यकार ।
३ देशभक्ति, राष्ट्रियता र मानवताको पक्षमा आफ्ना आवाजहरूलाई उठाउने खण्डकाव्यकार ।
४. आमाको मायालाई पृथ्वीसँगको ममतासँग जोडेर साक्षात्कार गर्न खोज्ने खण्डकाव्यकार ।
५. राजनैतिक बाटोमार्फत समाजलाई चेतना दिन खोज्दा केही मान्छेहरूले दुःख पाएकोप्रति आक्रोश व्यक्त गर्ने खण्डकाव्यकार ।
६ं सामाजिक परिवर्तनले ल्याएको उपलब्धीहरूप्रति खुशि व्यक्त गर्ने खण्डकाव्यकार ।
७. कुसंस्कार, कुप्रवृति, राजनैतिक अपराधिकरण, राज्यको निरीहता, कानुनको मौनता, दुष्टहरूको बोलवाला अर्थात समाजका विकृति र विसंगतिलाई देखाउने खण्डकाव्यकार ।
८. सामाजिक सद्भावमा जोड दिने खण्डकाव्यकार ।
९. क्रान्तिकारी एवम् परिवर्तनकारी खण्डकाव्यकार ।
१०. आस्थाप्रति अटल विश्वास गर्ने, संघर्षशील खण्डकाव्यकार ।
११. सेलो र झ्याउरे छन्दहरूको प्रयोग गरी खण्डकाव्यको रचना गर्ने खण्डकाव्यकार ।
१२. वैचारिक खण्डकाव्यकार ।
१३. सामाजिक विषयवस्तुहरूमा खण्डकाव्यहरूको रचना गर्नु ।
१४. सरल, सुबोध भाषाशैलीको प्रयोग गरी खण्डकाव्यहरूको रचना गर्ने खण्डकाव्यकार ।
(३) बिग्रेको हर्के खण्डकाव्यको विषयवस्तु
यो एक वैचारिक, सामाजिक र चरित्रप्रधान विषयवस्तुमा आधारीत खण्डकाव्य हो । यस खण्डकाव्यमा द्वन्दात्मक भौतिकवादलाई सशक्त रुपमा उठाएको छ । एक दशक लामो जनयुद्घलाई सांकेतिक रुपमा प्रस्तुत गर्न खोजिएको छ । यस खण्डकाव्यको विषयवस्तुलाई सारमा यसरी हेर्न सकिन्छ ।
हर्के नौ डाँडा पारीबाट स्वदेश फर्केको छ । उ विदेशमा बस्दा बिग्रिएको छ । उ असल हुन्छ, हुँदैन भन्न गाह्रो छ । उ हिउँ जस्तै गोरो छ । साहासी छ । सिस्नो र आटो खाएर बाँचेको छ । उसको जीवन वेदनाले भरिएको छ । सुदिन आउँछ या आउँदैन भनेर मृत्युसँग मुकाविला गर्दै हर्के दोसाँधमै वाँचेको छ । मनमा पिर भए पनि उच्च विचारका साथ नेपाललाई हसाउनुपर्छ भन्छ । अभावबट संघर्ष सुरु हुन्छ । अभावबाटै सम्पन्नता र समानताको सिर्जना हुन्छ । दुःख भोगेकाले नै मुक्तिको स्वर्णीम रेखा कोर्दछ । हर्केको जीवन कहानी पनि अभावबाट नै प्रारम्भ हुन्छ ।
(१)
हर्केको पारिवारिक परिवेश पनि अभावबाटै सुरु भएको देखिन्छ । उसको शरीर मैलो छ । दाँत गन्हाउने छन्, फोहरी छ । जाँड र रक्सी खाएर रुँदै हिड्छ । पसिना झारेर उकाली ओराली गर्छ । हर्केको बुवा सरल छ । मजदुरी गर्छ । हलो जोतेर जिन्दगी गुजारेको छ । हर्केले ११ कक्षासम्म पढेको छ । तर जागिर पाएको छैन । बैशाखको घामले विरामी भएर हर्केको बुवाको मृत्यु भएको छ । हर्के चिन्तित छ । हर्केको ठूलो सहारा गुमेको छ । उ टुहुरो भएको छ । पढ्ने कुरा पनि अपुरो भएको छ । आमाले हर्केलाई बुहारी भित्र्याउन भनेकी छिन । आमाको कुरालाई स्वीकार गरी चमेली नामको मगर्नी केटीलाई हर्केले विवाह गर्छ । उसको परिवार आर्थिक समस्याले जगटिन्छ । सबै धोकाहरू पूरा त हुँदैनन् । असहायका लागि सुखको सानो कल्पना पनि पानीको फोका जस्तै हुन्छ । गरीवीबाट टाढा रहन हर्केले लाहुरे बन्ने योजना बनाएको छ । लाहुरे बन्न जान्छु भनेर चमेली र आमालाई सोधेको छ । जीवनको चोला फेर्न आशाको बत्ति दियालो झै वाल्न लाहुरे बन्न आमा र चमेलीले सल्लाह दिएका छन् । घरको राम्रो इज्यत राख्न र जहान पाल्ने बेलामा छोराको पेन्सन समेत पाक्ने आशामा हर्केको आमा ढुक्क भएकी छिन् । लाहुरे हुन तौल नपुगेको, ८८ हजार भए मात्रै लाहुरे हुने इशारा गल्लाले गरेपछि हर्केको मुटु नौचिरा भएको छ । निराश भएर घर फर्केको छ । रक्सी, भाले र पैसा दिन नसक्दा लाहुरे बन्न नसकेको उसको बुझाई छ । त्यसपछि एघार कक्षा पास गरेको प्रमाण पत्र बोक्दै धेरैलाई जागिर लगाइदिन अनुरोध गर्छ । जागिर खाने थुप्रै युवाहरू लाइनमा हुन्छन् । आफुले पढेकै स्कुलमा शिक्षक पदमा दरखास्त दिएर शिक्षक बनि साना साना नानी बावुहरूलाई पढाएर शिक्षाको ज्योति छर्ने हर्केले योजना बनाएको छ । सम्पूर्ण अध्याँराहरू भगाउने निश्चित गरेको छ । अध्यक्ष अनि हेडसरलाई यो योजना सुनाएको छ । अध्यक्षले मौखिक र लिखित परीक्षामा पास भए मात्रै नियुक्ति दिने कुरा गर्छन । जागिर खाने हर्केको बाटो सिधा छ । उसको योग्यता नपुगेको, योग्यता मिचि, रकम पेली, भ्रष्टाचार गरी शिक्षकमा हर्केको नाम निकालिएन । त्यसपछि हर्केको लागि दिउँसै रात परे जस्तै भएको छ । जे गर्दा पनि आपूm माथि अन्याय भएको उसले सम्झन्छ । घरमा बालवच्चा थपिएपछि उसलाई आर्थिक समस्याले पिरोलेको छ । आँसु लुकाएर एकान्तमा वस्ने, तास खेलेर बस्ने, चुरोट, रक्सी पिउने, स्वास्नी तथा वालवच्चालाई कुट्ने काम हर्केले गर्न थाल्यो । गाउँघरतिर गएर निराश हुँदै म त अव विग्रिसके भन्छ । यी सवै कुरा चमेलीले नजिकबाट हेरिरहेकी थिइन । हर्केलाई तास नखेल्न, रक्सी चुरोट नपिउन, जागिर नपाए पनि हरेश नखान, सन्तानलाई संस्कार सिकाउन चमेलीले आग्रह गर्दछिन् । तास खेलेमा ममता टुट्ने,जाँड रक्सी खाएमा सभ्यता हराउने, हाम्रो परिवारको मर्यादा ढल्ने र तिम्रो र मेरो संसार सिसा झै फुट्ने विचार चमेलीले व्यक्त गर्छे । चमेलीको कुरा सुनेपछि राम्रो दर्शन सिकायौ चमेली मलाई भन्छ । तर सवै सन्दर्भमा पैसा नै चाहिने कुराले हर्के चिन्तित हुन्छ । पैसाको राज्य ढले मात्रै समता आउने र विकासको गति अगाडि बढ्नसक्छ । पैसा नै ठूलो कुरा भएकोले विदेश गएर कमाई गरी आउने विकल्प रोज्छ । बेसीको खेत बेचेर भए पनि भिसा लगाउने निधो गर्छ । चमेलीलाई गहना बेची घर सम्हाल्न आग्रह गर्छ । हर्केको यो कुरा सुनेपछि चमेलीले वेदना व्यक्त गर्दै पुर्खाले बनाएको खेत बेच्नु हुन्न । मायाको चिनो गहना पनि बेच्नु हुन्न । आफ्नो अस्तित्व धान्न हजार चोट सहने, पसिना बगाइरहने कुरा व्यक्त गर्छे । बालबच्चा विरामी भए म कसरी उपचार गर्ने, सासुको बुढेसकाल छ तसर्थ विदेश जानु हुँदैन । आमाले पनि यो कुरा सुनेपछि विदेशी जाल नवुन्न, आमाको माया नभुल्न, आमाको माया मुटुमा राख्न आग्रह गर्दछिन् । विदेशमा शक्ति खेर नफाल्न, हरेश नखान र देशमै काम गरी राख्न आमाले हर्केलाई भन्छिन् । म डाँडाको जुन भएको छु । बुहारीलाई पनि टाढा र दुःखमा नराख्न, श्रीमती भनेर हेला नगर्न, हिंसामा नपार्न, पुरुष र नारी दुवै जना मिलेर जीवन चलाउन आमाले आग्रह गर्दछिन् । त्यस्तै चमेलीले पनि सासु असल गुणले भरिएकी छोरी जस्तै बुहारीलाई माया गर्नुहुन्छ । सासुआमा अमर रहुन भन्छे । बुहारी र सासु बीच बैमनस्य हुँदा धेरैका घर विग्रेका छन् । तर आमा र चमेली बीच समधुर सम्बन्ध छ । चमेली र आमाको कुरा सुनेपछि अन्यौल र दोधारमा हर्के देखिन्छ ।
(२)
हर्केको गाउँमा जागृती गीत गाएर बस्ने निधो मैले गरे । हर्केको गाउँमा क्रान्तिको वीज रोप्ने उद्देश्यका साथ म त्यतातिर लागेको छु । हर्केले मलाई सबै कथा र व्यथा सुनायो । हर्केसँगै जागृती गीत गाएर म गाउँ गाउँमा डुल्न थाले । जागृती गीतले सबै गाउँलेहरू प्रभावित भए । महान उद्देश्य लिएर हर्के क्रान्तिको बाटोमा हिड्ने उद्घोष गरेको छ । हर्के क्रान्ति मार्गमा हिडेपछि समाज नै जुरुक्क उठ्यो । तर केही मान्छेहरूले हर्के पुरै बिग्रिएको, कुमार्गमा लागेको, भ्रम समेत छर्न भ्याए । हर्केलाई जसले जे भने पनि आस्थाको झण्डा समाजमा गाडेरै छाड्यो । घरमा पनि आफ्नो क्रान्तिपथको जानकारी गराउँदै क्रान्तिको बाटोमा हिडेर अगाडि बढ्ने उद्घोष गर्दछ । आपूm विग्रेको नभई क्रान्तिको बाटोमा लागेको गाउँलेहरूलाई बताउँछ । सबैलाई क्रान्तिको बाटोमा हिड्न आग्रह गर्दछ । दोधारमा रहेको उ अब उच्च विचार बोकी समाज भन्दा आपूmलाई माथि राख्छ । क्रान्तिको योजना बनाउने बिसौनीको रुपमा हर्केको घरलाई बनाइयो । चमेली र आमा पनि खुशी हुन्छन् । बालबच्चालाई स्याहार गर्ने मेलापात भ्याउने चुलोचौको गर्ने र सबै चुनौतीहरूको सामना चमेलीले गर्न थालिन । अत्यन्त सुशिल दुःख पाएकी छोरी भएकै कारण हर्केले बोलाउने बित्तिकै सिस्नो र आटो खुशीले खुवाउँथिन । जागृती गीत सुन्ने, दुःखका कथाहरू भन्ने, पार्टीका मान्छेहरूलाई सत्कार गर्ने काम चमेली गर्दथिन् । जीवनभर अभावै अभाव भए पनि संघर्षमा चमेली रमाएकी थिइन । उनले सासुलाई आमा जस्तै व्यवहार गर्दथिन । आफ्नो र अर्काे नभन्ने आमा साँच्चिकै महान हुनुहुन्छ भनेर चमेली सन्तुष्ट थिइन । छोराले लिएको बाटोमा हिड्ने , यात्रामा माया र ममता व्यक्त गर्नै भएकै कारण हर्केले सूमार्ग समातेको चमेलीलाई थाहा थियो । सिर्जनात्मक समाजसेवा गर्दै हर्के झण्डा बोकेर हिड्दा सहरबासी एकीकृत हुनथालेका हुन । न्यायको तराजु उठाउने, क्रान्तिको नारा घन्काउने, सुतेकालाई ब्युझाउने हर्केको दैनिकी थियो । सबै वर्ग, क्षेत्र र लिंगलाई जुटाएर आस्था र निष्ठाको हतियार उठाएर जोश र जाँगरका साथ क्रान्ति पथमा हिडेको छ । विकृतीहरूसँग लड्ने, गरीब तथा दुःखीहरूको साथी बन्ने, हरेक चोट खपेर भए पनि राष्ट्रको भूमिमा पसिना बगाउने निधो गर्छ । न्यायको खोजी गर्दै सभ्यता कोर्ने उसको महान योजना छ । न्यायको लागि रगत दिने हर्केको नाम सर्वत्र फैलिएको छ । सुतेकालाई उठाएरै छाड्ने, न्यायको संस्कार सिकाउने, कुरामा उसले एकदशक विताएको छ । क्रान्ति मार्गको एकदशक विताएपछि अब क्रान्तिमा लाग्दिन भन्दै हर्केले झण्डा च्यातेर फाल्छ । क्रान्तिकारी दस्तावाट राजीनामा लेख्छ । आस्थाको झण्डा नतोड्न, आस्थाको यात्रा बीचमै नछोड्न मैले उसलाई धेरै भने तर उसले मानेन । क्रान्ति मार्गको जीवनरुपी हर्केको यात्रा बीच घुम्तिमै रोकिएको छ । क्रान्तिको बाटोमा ज्यानै फालेको आदर्श समाजको स्थापना गर्ने अठोट लिएको हर्केको बिचारमा नयाँपन देखा परेकाले आदर्श समाजको स्थापना गर्ने सवालमा, क्रान्ति सफल हुने कुरामा शंका व्यक्त गरिएको छ ।
(३)
एघार वर्ष बोकेको झोला मिल्काएर यता न उताको भीरमा हर्के फसेको छ । क्रान्तिको बाटो कठिन भएकाले छाडेको उ बताउँछ । यतिका वर्ष गरेको त्याग त्यसै खेर गएको, अरुले सुखी जीवन बिताउँदा आफ्नो जीवन रित्तै भएको भान हुन्छ । कोही लाहुरे भए कोही पढेर महलको सुखमा बास बसे । कोही जहाजमा सरर उडेको देख्छ । कोही कुर्चीमा बसेको देख्छ । समानता नभएको, कसैले रातदिन झुपडीमा पसिना बगाउनु परेको त कसैले महलमा आरामको जिन्दगी विताएकोमा हर्के दुःखी हुन्छ । राजनीतिमा कार्यकर्ताको स्थिती दास जस्तै भएकाले हर्केले राजीनामा दिन्छ । विभेद देख्दा चिन्तित हुन्छ । जाल र झेल नै राजनैतिक मान्यता भएको देख्छ । मूल उद्देश्य छाडेर फरक यात्रामा सहभागी हुने निधो गर्छ । भिसा लगाएर विदेश जाने बाटो रोज्छ । तर विदेशिएका मान्छेहरूले भोगेको व्यथा र हन्डरलाई ख्याल गर्दैन । भिसा आएको सुनेर सहर पस्छ । तर दलालको फन्दामा पर्छ । ८५ हजार लाग्ने ठाउँमा दुईलाख तिर्छ । जानुपर्ने ठाउँमा सोझै नगएर भारत छिर्छ । भारत हिडेपछि बल्ल हर्केले कुरा बुझ्छ दलालले हर्केको पैसा खाएर अन्तै भागेछ । शोकमा परेकाले घरमा फोन पनि गरेन । बिरानो ठाउँमा एक्लो बन्यो । पानी जहाज चढेर चोरीको भिसामा विदेशतिर लाग्यो कयौ समुद्र पार गरी विदेशमा जान्छ । विदेशमा भन्दा नेपाल नै उसलाई मनपर्छ । गर्मीमा पसिना बगाएर काम त गर्छ तर मन घरतिर नै गएको हुन्छ । पसिना बगाएर पनि सेलरी साह्रै कम छ । उसलाई अत्यन्तै बोर लाग्छ । कठिन मानेर दिन विताउँछ । आँसु बगाएर घरमा चिठी लेख्छ । फलाम काट्ने मेसिनमा उसले काम गर्छ । जसले शरीरलाई नै गलाउँथ्यो । बिरानो ठाउँमा पसिना बगाउने बाहेक कुनै विकल्प थिएन । स्वाभिमान कत्ति पनि थिएन । उक्त कारखानामा झापाको एक केटासँग उसको परिचय हुन्छ । उनीहरूसँगै बस्ने निधो गर्छन । हाँसेर बोल्ने, मनका कुरा सबै हर्केलाई भन्ने गथ्र्याे । फेसबुक चलाएर मनको केटी यही हो भनेर हर्केलाई चिनाउँथ्यो । घरबाट फोन आउँदा दशैमा मात्रै फर्कन्छु भन्थ्यो । घर फर्केपछि तिमीलाई विहे गर्छु भन्थ्यो । दशैको समयमा सेलरी नआउने भएपछि अर्काे तिहारमा आउँछु भन्यो । एकदिन दुवै जना राती अबेरसम्म बसे । बिहान उठ्दा त झापाली ठिटो ठाउँमै मरेको देख्छ । हर्के डराउँछ । मालिकले पुलिस पठाउँछ । बाकसमा लाश राखेर ठिटोको लाश नेपाल पठाइन्छ । धनले गर्दा बिचराको ज्यान गएको हर्केले महशुस गर्छ । हर्के साह्रै व्याकुल हुन्छ । हर्केलाई पुलिसले केरकार गर्छ । यथार्थ बुझेर पुलिसले हत्कडी लगाएर चोरी भिसामा आएको भनेर हर्केलाई पुलिसले जेल हाल्दा हर्के दुःखी हुन्छ । जहाँ जाँदा पनि जे गर्दा पनि हर्केले दुःख मात्र व्यहोर्छ । पिजडाको सुगा जस्तै बन्दी जीवन बाँच्न विबश छ हर्के । स्वास्नी अन्तै पोइल गएको, आमा पनि मरिसकेको सपना देख्छ जेलमा । ब्युझेर फोन गर्दा त्यसो नभएको उसले थाह पाउँछ । गाउँको समाचार सुन्दा हाँस्छ । नर्कमा जति बसे पनि साहुको ऋण तिर्न गाह्रो ठान्छ । म छिट्टै घर आउन पाए हुन्थ्यो भनेर चमेलीलाई फोनमा भन्छ । फोनबाटै स्वास्नीलाई सम्झाउँछ । सिस्नो र आटो नै जीवन हो भन्छ । बेकारमा विदेश आएकोमा पछुतो मान्छ । जति गुहार गरे पनि विदेशमा गाह्रो देख्छ । जेल जीवन कष्टकर ठान्छ । विदेशमा रहेको नेपालीहरूको संगठन एकता समाजको पहलमा अर्थात पार्टीको सहयोगमा हर्केलाई जेलबाट छुट्टाइन्छ । हर्केले झण्डा च्याते पनि, क्रान्तिको बाटो त्यागे पनि बिगतको मूल्याङ्कन भएको उसले ठान्छ । जेलबाट छुटेपछि हर्के नेपाल फर्कन्छ । स्वदेश फर्किए पनि, जेलबाट छुटे पनि साहुको ऋण तिर्न बाँकी थियो । बारी साहुले लगिसकेको थियो । आमाको मृत्यु भइसकेको थियो । चमेलीले सबैकुरा वताएपछि हर्केको मन हलुका हुन्छ । अब परिश्रम मै विश्वास गरौ । बाँझो रहेको बारी जोतौ । बालबच्चालाई स्याहार सुसार गराँै । तिमी जोत । म खनुला । तिमी आगो बने म पानी बनुला । तिमीले बोक्ने पीरको भारी म पनि बोकुला । यस्तो सुशिल श्रीमतीका कुरा सुनेर हर्के खुशी हुँदै विदेशबाट ल्याएको सानो बाकस खोल्छ । बाकसमा विदेशी कथा र व्यथा मात्रै थियो । मायाको तृष्णा मिलेर मेटाउने उनीहरूको योजना छ ।
(४)
हर्के अबदेखि चमेलीसँगै पसिना बगाउने निधो गर्छ । दुःखको भारी भञ्ज्याङमा बिसाउने गर्छ । दुःखको भारी पिठ्युमा जीवनभर बोकेर पनि रगत र पसिना धर्तिमा नै बगाउने निधोगर्छ । हर्केको जीवनमा कहिल्यै पनि सुखको दिन आएन । सँधै साहुको ऋणले सताइरह्यो । उसका पुर्खाहरूले पनि वेदनायुक्त जीवन नै व्यतित गरे । हर्केलाई पनि उही दुःखको नै पुनरावृत्ति भयो । अझै पनि उसले न्यायको तराजु भेट्न सकिरहेको छैन । हर्केको जीवन ओरालोतिर बगेको खोला जस्तै भएको छ । दुःखै दुःखले घेरिएको छ । उसको त्यो सानो झुप्रोमा दुःखले नै बास गरिरहन्छ । बुवाको जस्तै दुःख हर्केले पनि भोगिरहन्छ । पसिना बगाइरहे पनि सोचे जस्तो परिणाम आउन सक्दैन । पेट भर्ने समस्या दिनानुदिन आइरहन्छ । पसिना पुछ्दै खोरिया खन्छ । साहुको ऋण सम्झेर रातीमा निद्रा नै आउँदैन । श्रीखण्डको जस्तो जीवन खुर्पाको बींड जस्तो भएको छ । हर्केका बालवच्चाहरू ठूला भएका छन् । उनीहरूको चाहना कलेज पढ्ने छ । आपूm जस्तै साथीहरू कलेज पढ्न गएको उनीहरू बताउँछन् । भान्साको ढिडो र साग रिसले फाल्दछन् । छोराछोरीलाई कसरी कलेज पढाउने, शिक्षित कसरी तुल्याउने भन्ने चिन्ता हर्केलाई परेको छ । आँटेको कहिल्यै पुग्दैन । गरीबहरू पढ्ने कलेज नै नभएको हर्केले बताउँछ । हर्केको जवानी पनि ढल्केको छ । गाउँमा मसाल बलेको देख्छ । हरेक साँझ साहुको ऋण सम्झेर बस्छ । रातदिन काममै खट्छ । पार्टीले जागृति गीत गाउँदा उसले गाउँदैन । घरमा पार्टीका मान्छेहरु आउँदा मायाले त बोलाउँछ पिढीमा बसेर क्रान्तिको बाटो हेर्दै टोलाउँछ । थुप्रै पार्टीहरू भए पनि कुर्सीमा बढी ध्यान दिएका, दलाली गरेर चुनाव जितेका, कसैले नदी, कसैले माटो बेचेका देखेर वाक्क हुन्छ । गणतन्त्र फोहोरी भएको कम्युनिष्टको नाम निशाना हराएको, कार्यकर्ता पसिना बगाउनमै सिमित भएका, नेताहरू चिल्ला गाडीमा हिडेका, हर्के जस्ताहरूको सुदिन आउन नसकेकोमा हर्के चिन्तित छ । काम नगरी लाखौ कमाउने कुर्चीलाई सर्वस्व ठान्ने, केही मान्छेलाई संसद र मन्त्री बनाएकोमा हर्के दुःखी छ । बिभेद र संस्कार उस्तै रहनु, विकृती र विसंगति बढ्दै जानुले पनि हर्के राजनीतिबाट टाढिएको देखिन्छ । पार्टीबाट टाढा भएको देखिन्छ । फेरी बाँसुरी बजाएर भञ्ज्याङमा पुगी मुक्तिको बाटो देखाउँदै, पिरहरूमा साग र सिस्नो खाएर खुशी हुन्छ । जागृती गीत गाएर घरघरमा गएर मान्छेहरूलाई भेट्न थाल्छ । सुन्दर, शान्त र समानताको पक्षमा उभिन सबैलाई आग्रह गर्छ । जागृती गीत हरेक पल गाउँदा पार्टीको आस्था मनमा सजाएर विकृती र विसंगतिको अन्त्य गर्ने उद्घोष गर्छ । तर पार्टीमा खप्न नसक्दा दुःखी भएर लजाउँछ । जागृती गीत गुञ्जदा अटल भएर सुन्छ । फेरी गीत गाएर घुम्ने कि भनेर सोच्न थाल्दछ । आस्थाको नाममा पार्टीले ठूलो गुण लगाएको छ । पार्टीले लगाएको ठूलो गुण हर्केले बिर्सन सक्दैन किन हो हर्के आस्थामा त्यति फुल्न सक्दैन ।
(५)
हर्केले आस्था कुल्चेर गएपनि सत्यको बाटो घुमेर हिंड्न एक्लै हुँदा पनि दुःखमा साथ दिने हर्के भागे पनि भोकै र प्यासै जीवन धान्ने वातावरण जटिल भएपनि म हर्केलाई सम्झीरहन्छु । हर्केले झण्डा च्याते पनि, हर्केले मिलाई राखेको गाउँलाई मैले मिलाई राखे, हर्केले गाएको जागृती गीत मैले गाइराखे, हर्केले बोकेको आस्थालाई मैले बचाई राखे । हर्केले गाउँ छाडे पनि मैले छोडिन । साहुले हर्केको बारी कब्जा गर्दा म त्यही लडिरहे । हर्केको आमा मर्दा म नै मलामी भए । पार्टीले सँधै मलाई हर्केको गाउँमा खटाईरह्यो । चमेलीलाई दुःख पर्दा मैले नै साथ दिएको थिएँ । हर्केको वर्ग चरित्र बुझ्ने अवसर प्राप्त भयो । वर्गीय युद्घ हर्केकै निम्ति आवश्यकता पर्ने भएकोले यसैमा सामेल भएर उ अघि बढ्ने कु्रामा म विश्वस्त छु । आवेगमा हर्केले झण्डा च्याते पनि रक्तिम युद्घ रोकिने छैन । अज्ञानमा हर्केले पार्टी छोडे पनि राजीनामा लेखे पनि जागृती गीत गुञ्जी नै रहने छ । वर्गीय नाता महान हुनेछ । संघर्षवाट कोही पनि भाग्न सक्ने छैन । सूमार्ग भूलेमा जीवनभर पछुतो हुनेछ । अध्यक्ष र हेडसर समयसँगै फेरीने छन् । जाली र फटाहाहरूले सजाय भोग्ने दिनहरू आउनेछन् । जागृती गीत मेची र कालीसम्म बिस्तार हुनेछ । फटाहा र जालीहरूको हिसाब किताब अवश्य हुनेछ । न्यायको बत्ति मधुरो हुनेछैन । मसाल बालेर हर्के पनि फेरी मुक्ति युद्घमा नै सामेल हुनेछ । देशमा अझै शोषण र अस्थिर शासन छ । नेपालको अवस्थामा परिवर्तन आएको छैन । हर्के साहसका साथ क्रान्तिको बाटोमा पुनः फर्कने छ । पार्टीले नयाँ क्रान्तिको उद्घोष गर्नेछ । खराब झारहरूलाई उखेल्दै फालिने छ । पसिना माटोमा नै बगाइने छ । न्याय र मुक्तिको गीत गाउँदा मेरो पनि आधा उमेर हर्केकै गाउँमा बितेको छ । हर्केको नाउँमा गाउँ सम्झेर जाँदै छु । जागृती गीत लिएर नयाँ वर्षमा जाने योजना बनाएको छु । हर्केको जस्तै शक्ति चाहिएको छ । हर्के आस्थाको झण्डा बोकेर क्रान्तिमा सामेल हुनेछ । दुष्टको सामु हिरो बनेर सबै चुनौतीहरूलाई सामना गर्नेछ । हर्केले जसरी पनि वर्गीय युद्घ जितेर बाँचोस् मेरो यही कामना छ ।

(४) पात्र÷चरित्र
बिग्रेको हर्के खण्डकाव्यमा हर्के, चमेली, आमा, बुबा, बालबालीका, झापाली ठिटो, म पात्र(लेखक), लगायतका पात्रहरूको चयन गरिएको छ । यस खण्डकाव्यमा खासगरी हर्के, चमेली, आमा र म पात्र (लेखक)को केन्दी्रय भूमिका रहेको देखिन्छ ।
(१) हर्के ः
– खण्डकाव्यको केन्दी्रय पात्र÷नायक ।
–हजारौँ चोट सहेर बाँच्ने साहसी एक प्रतिनिधि नेपाली छोरा ।
–थुप्रै क्षेत्रमा हात हाले पनि कुनै क्षेत्रमा सफल हुन नसकेको पात्र ।
–गरिबी र अभावबाट अत्यन्तै ग्रस्त पात्र ।
–अभाव र गरिबी सहन नसकेर बेसरी रक्सी र तासमा लिप्त भएको पात्र ।
–एघार कक्षासम्म शिक्षा हासिल गरेको पात्र ।
–सानै उमेरमा आफ्नी आमाको सल्लाहमा चमेली नाम गरेकी मगरनी केटीलाई विवाह गर्ने पात्र ।
–साहुको ऋण तिर्न नसकेर जीवनभर चिन्तित रहने पात्र ।
–साहुको ऋण तिर्न आमा र चमेलीको चाहना पूरा गर्न लाहुरे बन्ने पैसा चाहिने भएपछि पैसा बुझाउन, दलाली गर्न र भ्रष्टाचार गर्न नसक्दा लाहुरे बन्नबाट बञ्चित पात्र ।
–भ्रष्टाचार र घुसका कारण लाहुरे बन्न नसकेको पात्र ।
–गाउँको स्कुलमा शिक्षक बन्न दरखास्त दिएर परीक्षा दिएता पनि अध्यक्ष र हेडसरले अरु कसैबाट घुस लिएकाले शिक्षक समेत बन्न नसकेको पात्र ।
–लाहुरे तथा शिक्षक बन्न नसकेपछि रक्सी पिएर बौलाह जस्तो भएको पात्र ।
–भिसा लगाएर विदेश जाने योजना बनाएको पात्र ।
–आमा र चमेलीले विदेश नजान आग्रह गर्दा दोधारमा फसेको पात्र ।
–म पात्रबाट प्रभावित भएर जागृती गीत गाउँदै क्रान्तिको बाटोमा समाहित पात्र ।
–जागृतियुक्त बाटोमा समाजलाई नै आस्थाको झण्डा बोकाएरै छाड्ने पात्र ।
–गरीव, दुःखी निर्धाको साथी बनेर क्रान्तिको बाटोमा अविचलित रुपमा लागिरहने पात्र ।
–एघार बर्षसम्म क्रान्तिकै बाटोलाई पछ्याएर अगाडी बढ्ने सफल क्रान्तिकारी योद्धा ।
–एघार वर्षपछि क्रान्तिको बाटोलाई त्याग्ने पात्र ।
–पार्टीले समानताको पक्षमा वकालत गर्न नसकेपछि आस्थाको झण्डा च्यातेर बिरक्तिएको पात्र ।
–क्रान्तिको बाटो छोडेपछि भिसा लगाएर विदेश जाने पूर्ववर्ती निर्णयलाई आत्मसात गरी विदेश गएको पात्र ।
–भिसामा पनि दलालीकरण भएपछि चोरी भिसामा विदेश पुगेको पात्र ।
–सेलरी कम भएपछि अत्यन्तै चिन्तित भएको र झापाली ठिटोको अकस्मात मृत्यु भएपछि अत्यन्तै डरले भयभित भएको पात्र ।
–चोरी भिसामा रहेको कारण जेल समेत परेको पात्र ।
–विदेशमा जेलमा रहेको बेला पार्टीले पहल गरेपछि जेल मुक्त भएर स्वदेशमा फर्किएको पात्र ।
–स्वदेश फर्किएपछि चमेलीसँग सहकार्य गर्दै बाँझो खेतवारी जोतेर पसिना बगाएर स्वदेशमै केही गर्ने योजना बनाएको पात्र ।
–न्यायको तराजु जीवन भर प्राप्त गर्न नसकेको पात्र ।
–फेरी पार्टीमा फर्किएर जागृती गीत मेची र कालीमा फैलाउने वातावरण सिर्जना भएपनि आस्थामा फुल्न नसक्ने पात्र ।
–वर्गीय युद्धमा पुनः सहभागि भएर अगाडि बढ्न म पात्रले समेत कामना गरिएको पात्र ।
२. चमेली ः
–खण्डकाव्यको नायिका ÷केन्द्रीय पात्र ।
–हर्केको जीवनसाथी ।
–घरव्यवहार चलाउन साह्रै दुःख भएकोले अव लाहुरे बन्छु भनि हर्केले भन्दा चमेली राजी भएको ।
–लाहुरे बन्न नसकेपछि दुःख पोख्दा हर्केले अरु थुप्रै विकल्पहरू छन् भन्ने पात्र ।
–तास नखेल, रक्सी नखाउ, सन्तानलाई संस्कार सिकाउ भनेर भन्ने पात्र ।
–चमेलीको दर्शनबाट हर्के समेत प्रभावित हुनु ।
–भीसा लगाउँदा बेसीको खेत समेत बेच्न नदिने, मायामा बनेको गहना समेत बेच्न नदिने पात्र ।
–सासुलाई आफ्नो आमा जस्तै व्यवहार गर्ने पात्र ।
–जागृती गीत सुन्न हर्केको नजिकै आउने पात्र ।
–हर्केले विदेशबाट फोन गर्दा अत्यन्तै रमाउने पात्र ।
–दुःखमा पनि खुशीको बत्ती बाल्न हर्केलाई सल्लाह दिने पात्र ।
–तिमीले बोक्ने पिरको भारी म पनि बोक्छु भनेर हर्केलाई समेत भन्ने पात्र ।
३. आमा
–खण्डकाव्यको सहायक पात्र ।
–हर्केको आमा र चमेलीको सासु ।
–हर्केलाई बुहारी भित्र्याएर घर व्यवहार चलाउन आग्रह गर्ने एक आदर्शमय, कर्तव्यनिष्ठ अभिभावक ।
–चन्द्रमा जस्ती चमेली बुहारीको व्यवहार देख्दा खुशीले गद्गद्हुने पात्र ।
–बुहारीलाई आपूmले जन्माएको छोरी जस्तै ठान्ने पात्र ।
–छोरा हर्केलाई विदेशमा भिसा लगाएर नजान आग्रह गर्ने पात्र ।
–म डाँडाको जुन हुँ, बुहारीलाई दुःख नदिनु श्रीमती भनेर चमेलीलाई हेला नगर्नु भनेर भन्ने पात्र ।
–घरपरिवारको गरिबी, अभाव, लोग्नेको मृत्युले ग्रस्त पात्र ।
–छोरा हर्के विदेश गएपछि चिन्ताले ग्रस्त भएर मृत्युवरण समेत गरेकी पात्र ।
–गरीबी र अभावसँग मुकाविला गर्न हर्के र चमेलीलाई सिकाउने नेपाल आमा ।
४. म पात्र (लेखक)
–खण्डकाव्यको सहायक पात्र भएर पनि खण्डकाव्यमा मुख्य पात्रको भूमिका निर्वाह गर्ने पात्र ।
–हर्केको गाउँमा गएर जागृति गीत गाउने सचेत पात्र ।
–क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने पात्र ।
–हर्केलाई समेत क्रान्तिपथमा हिड्न आग्रह गर्ने पात्र ।
–हर्केकै घरमा आस्थाका गीतहरू गाएर आटो र सिस्नोको भरमा क्रान्ति गर्न सकिन्छ भन्ने पात्र ।
–हर्केले च्याति छाडेको झण्डा र आस्थालाई बचाएर राख्ने पात्र ।
–दुःखको सागरमा पौडिएकी चमेलीलाई हिक्मत दिने र हर्केको आमा मर्दा मलामी समेत बनेको पात्र ।
–जागृति गीत मेची र कालीसम्म विस्तार गर्ने पात्र ।
–सूमार्ग भुले जिन्दगीभर पछुतो हुन्छ भन्ने पात्र ।
–समाजका सबै विकृती र विसंगतिको अन्त्य हुने र जनताको सुशासन आएरै छोड्छ भन्ने पात्र ।
–हर्के पुनः मुक्ति युद्धमै फर्कियोस भनेर कामना गर्ने पात्र । आधा उमेर समेत क्रान्तिकै नाममा बिसाउने पात्र ।
–जागृती गीत बोकेर हर्केको गाउँबाट नयाँ बस्तीमा जाने र सबैलाई आस्थाको झण्डामा राखेर वर्गीय युद्ध जित्ने उद्घोष गर्ने पात्र ।

(५) मूलभाव÷उद्देश्य÷विचार
बिग्रेको हर्के खण्डकाव्यको मूलभावलाई बुँदागत रुपमा यसरी हेर्न सकिन्छ ।
–खण्डकाव्यको प्रारम्भ मै फुलेको फूल भुइँमा झर्दा रुन्छ कि रुदैन, बिग्रेको हर्के फेरी असल हुन्छ कि हुँदैन भनेर हर्केको जिन्दगीलाई संक्षेपमा व्यक्त गर्नु ।
–गरिबी र अभावमा पिल्सिएको हर्केको जीवन कथालाई धर्तीको बिहानीसँगको सुदिनका रुपमा हेर्नु ।
–जुनसुकै विकल्प रोज्दा पनि लक्ष्य र उद्देश्यमा पुग्न नसकेको हर्केको जीवन कहानीलाई नेपालीहरूको जीवन कहानीसँग सादृश्य गर्न खोज्नु ।
–कालो बादल भित्र चाँदीको घेरा भए झै क्रान्तिको पथबाट कोही बिचलित हुँदैमा आस्थाको धरोहर समाप्त नहुने र क्रान्ति सफल भएरै छाड्ने उद्घोष गर्नु ।
–दुःखीले मुक्ति या वर्गीय युद्धमा हामफाल्छ भन्ने सन्देश दिनु ।
–बुवाको मृत्यु भएपछि समेत टुहुरो भएको हर्केले आमाको आग्रहमा चमेलीलाई भित्र्याएर गृहस्थी समाल्न खोज्नु र अभिभावकत्व ग्रहण गर्न खोज्नु ।
–लाहुरे बन्न, शिक्षक बन्न र भिसा लगाएर विदेश जान खोज्दा हर्केले पाएको सास्तीलाई नेपाली युवाहरूले पाएको सास्तीसँग सादृश्य गर्नु ।
–भ्रष्टाचार, बेथिति, दलालीकरणका बिरुद्व सवै एकजुट हुन आग्रह गर्दै वर्गीय युद्ध अन्तिम भएको उद्घोष गर्नु ।
–जागृती गीत गाउँदै समाजमा परिवर्तन ल्याउन खोज्दा जाली र फटाहाहरूले भ्रम फिजेको भनेर टिप्पणी गरेको देख्दा लेखक चिन्तित हुनु ।
–सबैले भोग्न सकिने समस्याहरूलाई देखाएर ती समस्यासँग मुकाविला गर्न र क्रान्तिको बाटोमार्फत समस्याको हल खोज्न सबैलाई आग्रह गर्नु ।
–समाजमा रहेको विद्यमान विकृति र विसंगतिहरूलाई जस्ताको तस्तै दुरुस्त देखाउनु ।
–लाहुरे बन्न पैसा खर्च गर्नुपर्ने, शिक्षक बन्न घुस खुवाउनु पर्ने, विदेश भिसा लगाएर जान खोज्दा दलालहरूले दुःख दिने र क्रान्तिको बाटो समात्दा समानता देखा नपर्नुले सबै क्षेत्रमा विकृति र बिसंगतिले डेरा जमाएको प्रसंगलाई देखाउनु ।
–हर्के कुनै पनि विकल्पमा सफल नभएपछि स्वास्नी चमेलीले हरेश नखान र बाँझो जमिनलाई जोतेर सँगसै पसिना बगाएर छोराछोरीलाई संस्कार सिकाउन लाग्नुपर्छ भन्नुले परिश्रम नै विजयको माला हो भन्ने सन्देश दिनु ।
–विदेशी भूमिमा पसिना बगाउनु भन्दा स्वाभिमानका साथ स्वदेशमा पसिना बगाउन र सुन्दर बगैचाको निर्माण गर्न सबै नेपाली युवाहरूलाई आव्हान गर्नु ।
–सासु र बुहारीको सम्बन्धले घर बिग्रन सक्ने भएकोले हर्केको आमा र चमेलीको जस्तै सम्वन्ध भएमा घर परिवार बिग्रन सक्दैन भन्ने सन्देश दिनु ।
–क्रान्तिको बाटो खराव देख्ने आजभोली जुन चलन छ त्यो भ्रम मात्रै भएको तथ्यलाई देखाउनु ।
–हरेश नखाई क्रान्ति पथमा लाग्ने हो भने आस्थाको झण्डा गाडेर छोडिन्छ भन्ने संकल्प हर्केले बिताएको एघार वर्षे वर्गीय युद्धसँग सादृश्य गर्नु ।
–क्रान्ति पथ सही भएमा घर परिवारका सवै सदस्यहरूले साथ दिने गर्दछन् भन्ने वास्तविकतालाई देखाउनु, चमेली जागृती गीत सुन्न नजिकै आउनु पार्टीका मान्छेलाई झुप्रोमा पनि सत्कार गर्नुले यो कुराको पुष्टी हुन्छ । एघार वर्षपछि हर्केले झण्डा च्यात्नु, आस्थाको विचार त्याग्नुले क्रान्तिमा गद्दार गर्नेहरूको विगविगी हुनु, नेताहरूले महल खडा गर्नु पार्टीमा समानता कहिल्यै नआउनु, कार्यकर्ताका दिनहरू दुःखमा वित्नु नै हो भन्ने स्पष्टोक्ति ।
–न्यायको तराजु प्राप्त नहुँदासम्म मुक्ति या वर्गीय युद्ध जारी रहन्छ । बीचमा क्रान्ति छाडेकाहरू प्नि विस्तारै क्रान्तिकै पथमा आउने तर्फ संकेत गर्नु ।
–दिन दुःखी र गरिबहरूका लागि कलेजहरू नभएकोमा समेत चिन्ता प्रकट गर्नु ।
–क्रान्तिमा समर्पण गरेको त्याग र तपस्या खेर जाँदैन भन्ने कुरा हर्के विदेशमा जेलमा बसेको बेला पार्टीले छुटाएको प्रसंगबाट पुष्टि गर्न खोज्नु ।
–हर्केले क्रान्ति पथ छाडेता पनि समाजमा विकृति र विसंगती कायमै रहेकाले त्यसको अन्त्यको लागि पनि मसाल बाली वर्गीय युद्धमा नै फर्किनु पर्ने सन्दर्भलाई व्यक्त गर्नु ।
–वर्गीय युद्ध नजितिकन, आस्थाको झण्डा नबोकीकन क्रान्ति सफल हुनै सक्दैन भन्ने भावलाई व्यक्त गर्नु ।
–अव सबै वर्ग, क्षेत्र, लिङ्ग, जातका मान्छेहरू जागृती गीत बोकेर नयाँ वस्तीहरूमा जानैपर्छ भन्ने सन्देश दिनु ।
–गरीबी, अभाव, दुःखमा बाँच्नेहरूसँग सहारा केही हुँदेन, उनीहरूको सहारा भनेकै परिश्रम हो । परीश्रम गरेर साहुको ऋण तिर्ने लक्ष्य र उद्देश्यमै जीवन विताएकाहरू मृत्युपछि मात्रै सुखको अनुभूति गर्छन भन्ने भावलाई व्यक्त गर्नु ।
–गरिवहरूको लागि अन्तिम लडाइँ वर्गीय लडाइँको विद्रोह नै हो भन्नु ।
–कठिन बाटोमा हिंडेका सम्पूर्ण क्रान्तिकारीहरूप्रति समर्पणको भाव व्यक्त गर्नु ।
(६) परिवेश
यस खण्डकाव्यमा निम्न लिखित परिवेशको छनोट गरिएको छ ।
–समर्पण पूर्ण परिवेशको चयन ।
–गरीबी, अभाव, र क्रन्दमा बाँचेका मान्छेहरूको कारुणिक परिवेश ।
–पारिवारीक परिवेश ।
–राष्ट्रिय तथा अन्तराष्ट्रिय परिवेशमा खण्डकाव्यको रचना ।
–पहाडको भञ्ज्याङ्युक्त परिवेश ।
–जागृती गीत तथा क्रान्तिपथमा वर्गीय युद्घको परिकल्पना गरेर सोही अनुरुपको परिवेशमा खण्डकाव्यको रचना ।
–क्रान्ति मार्ग छाडेर हिंडेपछि भयावहपूर्ण परिवेशको छनोट ।
–घर व्यवहारयुक्त श्रमजिवीहरूको व्यावहारिक परिवेश ।
–अन्तिम कामना सहितको उपसंहारयुक्त सन्देशूुलक परिवेशको चयन ।
–वास्तविक तथा यथार्थमूलक परिवेशको छनोट ।
–विश्वबोधयुक्त जन चेतनामूलक परिवेशको चयन ।
–नेपाली समाज, विभेदयुक्त सामाजिक संरचना, दूर्गम नेपाली ग्रामीण नेपाली समाजयुक्त परिवेश ।
–भौगोलिक परिवेश ।
–जनयुद्घकालिन समयगत परिवेशको चयन ।
–सामन्ती समाजमा थुप्रै विकल्पहरू पछ्याउँदा पनि प्राप्ती हुन नसकेको सन्दर्भपूर्ण परिवेश ।
–द्वन्द्वात्मक भौतिकवादी दर्शनमा आधारित परिवेश ।

(७) भाषाशैली
बिग्रेको हर्के असारे झ्याउरे छन्दमा रचना गरिएको छ । यस खण्डकाव्यमा १५८ वटा श्लोकहरू छन् । यस खण्डकाव्यमा लेखकको भाषिकाको प्रभाव देखिन्छ । भाषाशैली मगर टोन शव्दहरूमा घुसेको छ । जसले मौलिकतालाई प्रश्रय दिएको देखिन्छ, तर स्तरीयतामा कमी देखिन्छ । जस्तै तालेर–टालेर, ढोलिमा–डोलीमा, तार्ने –टार्ने, कथिन –कठिन, कुडेको –कुढेंको ,बजाई–बचाई, कथै–कठै, आँतेको–आँटेको, खलेका–खुलेका, खत्न–खटन, ओट–ओत आदि । खण्डकाव्यमा प्रयोग भएका श्लोकहरुमा अन्त्यानुप्रासको समुधुर प्रयोग भएको पाइन्छ । शव्दचयन मिठो, सरल, सहज र बोधगम्य नै देखिन्छ । तत्सम, तद्भव र आगन्तुक शव्दहरुको प्रयोगले खण्डकाव्यमा रौनकता थपिएको देखिन्छ । कवितात्मक शैलीको प्रयोग मिठासपूर्ण देखिन्छ । खण्डीय संरचनामा यस खण्डकाव्यलाई विस्तार गरिएको छ । भाषिक कोमलता, ललितता र आलङकारिकता पनि पाइन्छ । त्यस्तै विम्व र प्रतिकहरुको सहज अवतरण छ । काव्यका श्लोकहरुमा कतिपय ठाउँमा सिलसिला मिलेको छैन । कतिपय स्थानमा उस्तै प्रसङ्गहरु पुनरावृति भएका छन् । यो खण्डकाव्य निरक्षर व्यक्तिका लागि समेत सरल र सहज देखिन्छ ।
निष्कर्ष
गरिवी र अभावमा वाँच्न विवश हर्केको जिवन कथालाई विहानीसंग सादृश्य गरिएको छ । भ्रष्टाचार ,वेथिती र दलालीकरणका विरmद्ध सवै एकजुट हुन आग्रह गर्दै वर्गीय अन्तिम युद्ध लड्न उद्घोष गरिएको छ । गरिवहरmको लागि वर्गीय लडाइँ लड्न विद्रोह अन्तिम हतियार भएको सामाजिक तथ्यलाई उजागर गरिएको छ । क्रान्तिको वाटो खराव देख्ने जुन चलन छ त्यो भ्रम मात्रै भएको तथ्यलाई व्यक्त गरिएको छ । न्यायको तराजु प्राप्त नहँुदासम्म मुक्ति युद्ध जारी रहन्छ भन्ने वास्तविकतालाई व्यक्त गरिएको छ ।
सन्दर्भग्रन्थ सूची
१– अधिकारी, हेमाङ्गराज, पूर्वीय समालोचना, सिद्धान्त, साझा प्रकाशन काठमाण्डौ, २०४३ ।
२– हिमांशु, थापा, साहित्य परिचय ,काठमाण्डौ(ते.स.) साझा प्रकाशन २०४७ ।
३–सुवेदी, राजेन्द्र, केही समीश्रण, केही विश्लेषण, साझा प्रकाशन, २०४९ ।
४– ओझा, रामानाथ र अन्य नेपाली कविता र काव्य, पिनाकल पब्लिकेशन,(दो.स.) २०६९ ।
५–बुढा, गिरीप्रसाद, दुई खण्डकाव्य भद्रकाली अफसेट प्रेस २०७४ ।
६ भण्डारी, पारसमणी नेपाली कविता काव्य विद्यार्थी पुस्तक भण्डार २०६७
७ उपाध्याय, केशवप्रसाद पूर्वीय साहित्य सिद्धान्त साझा प्रकाशन २०४८
८ त्रिपाठी, वासुदेव नेपाली कविताको सिंहावलोकन साझा प्रकाशन २०३२
९ अवस्थी, महादेव आधुनिक नेपाली महाकाव्य र खण्डकाव्यको विमर्श इन्टेलेक्च्यु बुक प्यालेस
२०६४

 

भर्खरै प्रकाशित

लोक गायीका कलाको गीत लाहुरेभाइरल बन्दै

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोक गायीका कला लम्सालले यतिबेला समसामयीक बिषयबस्तु समेटिएको गीत लाहुरे आएन झुक्यायो लिएर नेपाली लोक संगीत प्रेमी…

प्रियासनको एयर होस्टेस आकाशमै विमोचन

चेतना अनलाइन दाङ, १३ असाेज । यस क्षेत्रमा सबै भन्दा बढि उपन्यास प्रकाशन गरेर किर्तिमानि कायम गर्नु भएका साहित्यकार एवं पत्रकार सविन प्रियासनको चर्चित उपन्यास…

राप्ती प्रतिष्ठानको विकासमा प्रष्ट कार्ययोजना आवश्यक : पूर्व सभामुख महरा

चेतना अनलाइन दाङ, १३ असोज । पूर्वसभामुख कृष्णबहादुर महराले राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानको विकासका लागि प्रष्ट कार्ययोजना ल्याउनुपर्ने बताउनुभएको छ । प्रतिष्ठानको दोस्रो वार्षिकोत्सव समारोहमा…

‘रोटरी जर्नाे अवार्ड’ पत्रकार महासंघ दाङका पूर्व उपाध्यक्ष आचार्यलाई

चेतना अनलाइन दाङ, ९ असोज । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले प्रदान गर्दै आएको ‘रोटरी जर्नाे अवार्ड’ पत्रकारिता पुरस्कार रोटरी वर्ष २०१९–२० नेपाल पत्रकार महासंघ…

सभापति घर्तीद्वारा स्वास्थ्य सामाग्री सहयोग

दाङ । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक के एल पीडितले संचालन गरेको संचारकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण अभियानलाई संघीय संसद शिक्षा तथा…